स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार /प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्य मन्त्री नियुक्त गरेका छन । प्रधानमन्त्री देउवाले आईतबार सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसंग रहनेगरी राज्यमन्त्री नियुक्त गरेका हुन । सत्ता गठबन्धनमा रहेका दलहरु बिच मन्त्रालयको भागवण्डा नमिलिरहेको बेला प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरे ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आईतबार साँझै सपथ लिएका हुन । उनलाई प्रधानमन्त्री देउवाले सपथग्रहण गराएका हुन।

सम्बन्धित शिर्षक :