भूटानबाट आइपुग्यो तीन लाख अष्ट्राजेनिकाको खोप

स्वास्थ्यसमाचार/ भूटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनिकाको खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमन सिंहले भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।

भूटानले आफ्ना खोप लगाउन योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहका अनुसार २१ बाकस खोप आइपुगेको छ ।

भुटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकललाई दिइने खोप शाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक :