ज्वरो र रुघाखोकीले भरिनथाले लुम्बिनी प्रदेशका अस्पतालहरु

यसरी छुट्याउन सकिन्छ कोरोना कि भाईरल ?

स्वास्थ्यसमाचार/ रुपन्देही लगायत यस क्षेत्रका अस्पतालमा भाइरल बिरामीको चांप पनि बढ्ेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबल भिम अस्पताल अर्घाखाची गुल्मी लगायका अस्पतालमा भाइरल बिरामीको चांप बढेको अस्पतालको तथ्याक छ ।

यता अस्पतालमा भाइरल बिरामीको चांप पनि बढ्न थालेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सिनियर फिजिसियन कन्सल्टेन्ट डा सुदर्शन थापाले बताए ।उनले दैनिक ५० जनासम्म भाइरल भएका बिरामी आउने गरेको बताए । कोरोनाका बिरामी समेत खाली छैनन्, उनले भने, भाइरल थपियो अब झन खतरा बढ्न सक्छ ।’

डा थापाका अनुसार भाइरल र कोरोनामा गन्ध र स्वाद हराउने बाहेकका सबै लक्षण मिल्ने भएकाले सतर्कता अत्यन्तै जरुरी रहेको छ । भाइरल को लक्षण देखिएका बिरामीले एकपटक पिसिआर जांच गराउनु राम्रो हुने भन्दै उनले भाइरल भनेर बस्दा कोरोना हुन सक्ने बताए ।

भाइरल सरुवा रोग भएकाले कोरोनामा अपनाइने सबै सतर्कता यसमा समेत आवश्यक रहेको उनको भनाई छ । रुघा लागेका र ज्वरो आएका मानिस मेडिकलको भर नपरी अस्पतालमै जांच गराउन जानुपर्ने डा थापाले बताए ।

कोरोनाकै उपचार गरिरहेका बेला भाइरलको सुरुवातले अस्पतालमा भिडभाड बढ्न थालेको भिम अस्पताल भैरहवाका सुचना अधिकारी डा सिद्धार्थ पाण्डेले बताए । उनले कोरोनाका नयां बिरामी र भाइरल इन्फेक्सन भएका बिरामी दिनहुं बढ्दै गइरहेको बताए । यो भाइरल सिटामोलले निको हुने खालको छैन, उनले भने, अस्पतालका धेरै स्वास्थ्यकर्मीलाई समेत भाइरलकै कारण भर्ना गरेरै औषधी गर्नुपरेको छ ।’

उनले विगत केही दिनदेखि अनय संस्थाका कर्मचारी, नागरिक समुहगत नै बिरामी भएर आइरहेको भन्दै यसले कोरोना र सामान्य निको हुने ज्वरो भनी छुट्टाउन समेत समस्या बनाइरहेको बताए । डा पाण्डेले भाइरल भएका मानिस अलमलमा परी घरै बसे वा सामान्य औषधी खाए निको नभई झन स्थिती बिग्रन सक्ने जनाए । उनले भाइरल भएका बिरामीले झोलीलो खानेकुरा गेडागुडी , प्रोटिनयुक्त खनेकुरा खाने र चिसो कुरा नखान सुझाए ।

कसरी छुट्याउने ?

मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा फ्लुको लक्षण देखिन थालेको छ। तर कोरोना नै भन्ने भय मनमा पाल्न हुँदैन। मनमा के राख्नप¥यो भने रुघाखोकी या कोभिड जे भएपनि म सतर्क र सुरक्षित रहन्छु। त्यसैले सतर्क रहनुपर्छ। सावधानी अपनाउनुपर्छ। सामान्य ज्वरो आउनु, रुघाखोकी लाग्ने लक्षण अहिले मौसम परिवर्तन भएसँगै देखा परेको हो।

रुघाखोकीका लक्षणहरुसहित अरु थप लक्षण देखापरेमा ती व्यक्तिहरुलाई शंकाको घेरामा राख्न सक्छौं। यदि होइन भने रुघाखोकी लागेका मान्छेलाई परामर्श र घरेलु उपचारबाटै पनि ठीक हुन्छ।

खोकी लाग्नु, ज्वरो आउनु, घाँटी अलि कस्सिएको, भारी भएको, थकान महसुस हुने लक्षण कोरोना भाइरसको शंका गर्न सकिन्छ।
त्यसैगरी रुघाखोकी र फ्लु अलि फरक हुन सक्छन्। रुघाखोकी लागेमा त्यति कडा हुँदैन। नाकबाट पानी बग्ने, सामान्य हल्का ज्वरो आउने, हाँच्छ्यु आउने हुन्छ। अर्कोचाहिँ मौसमी फ्लु भने इन्फ्लुएन्जा भाइरसको कारणले हुन्छ।

यसमा अचानक ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने तथा खसखस हुने हुन्छ। अलि बढ्दै गयो भने सास फेर्न अप्ठ्यारो हुन सक्छ। कोरोना भाइरसमा पनि ज्वरो आउने र खोकी लाग्ने यी दुई कुरा मिल्न जान्छन्। तर यो छुट्याउनको लागि त्यो मान्छे कहाँ–कहाँ गयो, संक्रमण फैलिएको ठाउँबाट आएको–नआएको, क–कसको सम्पर्कमा आयो त्यो बुझ्नुपर्ने हुन्छ।

सुरुमा रुघा, खोकी, ज्वरो देखिएमा आफूलाई कोभिड भयो भनेर सोँच्नुपर्छ। अनि आफूलाई आइसोलेट गरिसक्नुपर्छ। त्यसको २–३ दिन पछि पिसिआर गर्नुपर्छ। कोरोना पोजेटिभ आयो भने छुट्टै बस्ने, नेगेटिभ आयो भने परिवारसँगै बसे भयो। ज्वरो आउँदा दुबै अवस्थामा झोलिलो पदार्थ र सिटामोलको प्रयोग गरौं। तर रुघाखोकी लाग्दैमा सुरुमा कोरोना नै सोच्नुपर्छ भन्ने जरुरी छैन। मौसम परिवर्तन भइरहेको छ। मनमा धेरै त्रास नलिऊँ। सावधानी अपनाइ राख्यौं, कसरी सर्छ भनेर जान्यौं भने बच्न सकिन्छ।

सुरक्षित रहौं, सतर्कता अपनाऔं, आतंकित नबनौं। मास्क लगाउन नछोडौं। अरु सावधानीका उपाय अपनाउन पनि नछाडौं। लापरबाही गर्दै नगरौं। सकेसम्म सुरक्षित बसौं। भीडभाड हुने ठाउँमा नजाउँ। भीडभाड हुने काम पनि नगरौं। कोरोना भाइरससँग मिल्दा लक्षण देखिएका छन् भने स्वास्थ्यकर्मीको परामर्श लिउँ। पीसीआर परीक्षण गराउँ।

सम्बन्धित शिर्षक :