नर्सहरूको नाइट ड्युटी भत्ता दोब्बर,स्वयंसेविकाको यातायात खर्च ५०% वृद्धि

स्वास्थ्यसमाचार/ सरकारले अस्पतालमा कार्यरत नर्सहरूको नाइट ड्युटी भत्ता दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले नर्सहरूको नाइट ड्युटी भत्ता बढाइएको जानकारी दिएका हुन्।

बजेटमार्फत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा समेत ५० प्रतिशत वृद्धि गरिएको सरकारले जनाएको छ। स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा रहेर सेवा दिँदै आएका नर्स तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताइएको छ।

सरकारको यो निर्णयपछि स्वास्थ्यकर्मीमा थप उत्साह आउने तथा सेवा प्रवाह प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण मानिन्छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :