लुम्बिनी प्रदेशमा भाद्र २१ गते शुक्रबार सार्वजनिक बिदा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । हरितालिका तीजको ब्रत बस्ने दिनको अवसरमा लुम्बिनी प्रदेशभर बिदा दिईएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले एक विज्ञप्ती सार्वजनिक गर्दै बिदा दिईएको जानकारी गराउनु भयो । लुम्बिनी प्रदेश सरकारको २०८० चैत २० गतेको बैठकको निणर्य बमोजिम यहि भदौ २१ गते सार्वजनिक बिदा दिईएको जानकारी गराउनु भयो । बिज्ञप्तीमा लेखिएको छ – लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/१२/२० गतेको निणर्यानुसार मिति २०८१/०५/२१ गते शुक्रवारका दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा…

निजामति कर्मचारी युनियनको स्थापना दिबशको पूर्वसन्ध्यामा रक्तदान

स्वास्थ्यसमाचार/ नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको छ। नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल परिसमा रक्तदान गरेको हो। संघका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डेको अध्यक्षता बुटबल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता नेपाली काग्रेस रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति प्रजापाल गिरीको बिशिष्ठतामा रक्तदान भएको थियो । उक्त अबसरमा ७० युनिट रगत जम्मा भएको कार्यक्रमका संयोजक भिम ज्ञवालीले बताउनु भयो। रक्तदान कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य नबिन पन्थी ,केन्द्रिय सदस्य हरि ज्ञवाली स्वास्थ्यकर्मी संघका प्रदेश अध्यक्ष नमनारायण बेलबासे नेपाल टेड युनियनका जिल्ला…

सार्वजनिक विदाको दिन अस्पतालको ओपिडी चलाउ सकिदैन : चिकित्सक संघ

स्वास्थ्यसमाचार/चिकित्सकहरूले सार्वजनिक बिदाका दिन पनि अस्पताल पुगेर बहिरंग सेवा लगायतका सेवा दिन नसकिने बताएका छन्। नेपाल चिकित्सक संघले हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूको बहिरंग सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति आफूहरूको आपत्ति रहेको जनाएको हो। संघले हालकै अवस्थामा चिकित्सकहरूले अन्ताराष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि ९काम गर्ने समय हप्ताको ४० घण्टा तोके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको र सार्वजनिक बिदाको दिन पनि सेवा दिनुपर्ने अवस्था आए चिकित्सकहरूलाई पर्याप्त आरामको कमी हुँदा गुणस्तरीय स्वास्थ्य सेवामै असर…

नरैनापुर अपडेटः झाडापखालाका कारण शरीरमा पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

स्वास्थ्यसमाचार/शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए । ‘मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो’, फोकल पर्सन श्रेष्ठले भने । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भने, ‘हामीले मृतकको…

पाल्पा अस्पताल औषधीमा कमिसनको चक्करः सम्झौता एउटासँग, खरिद अर्कोसँग

स्वास्थ्यसमाचार/ पाल्पा जिल्लामा रहेको जिल्ला अस्पतालले बिमा बापत सहुलियतमा बिरामीहरूलाई उपलब्ध गराउँदै आएको औषधी एउटा सप्लासर्यसँग सम्झौता गरी अर्को सप्लायर्स संग खरिद गरी दिँदै आएको प्रमाण भेटिएको छ । औषधी सप्लायर्सको लागि अस्पतालले खुल्ला टेण्डर आह्वान गरेको थियो । बोल कबोलको आधारमा २०८० मंसिर १ गते बुटवलको एवान फार्मेसी संग सम्झौता गरेर विभिन्न प्रकारका औषधीको सप्लाई गर्ने गरी सम्झौता गरेको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बहादुर जिसीले एवान फार्मेसी बुटवलका प्रोपाईटर कृष्ण बहादुर जिसीसंग सम्झौता गरेका थिए । सम्झौता गरेको केही समय सम्म पाल्पा जिल्ला अस्पतालले तोकीएबमोजिम औषधी खरिद गर्ने गरेको…

पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही

नबलपरासी/पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो । अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत…

बाँकेको नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी

स्वास्थ्यसमाचार/बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ ।  नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए । भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने, ‘आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।’ झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय…

स्वास्थ्य विमा प्रभावकारी वन्दै :समन्वय अभावले विमा वोर्ड चिन्दैन प्रदेश सरकार

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम २५ मा स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश सरकारले तोके बमोजिमको एक प्रदेश स्वास्थ्य बीमा संयोजक समिति रहने छ भन्ने ब्यबस्था छ । तर पनि यो ब्यवस्थालाई हाल सम्म लुम्बिनी प्रदेशमा कार्यान्वयन हुन सकेको छैन । यसको कार्यान्वयन प्रभाबकारी स्वास्थ्य सेवा बिमा मार्फत उपभोग गर्ने वातावरणका लागि संवाद समुहले नीति संवाद गरेको छ । यस प्रतिको चासो,अबस्था,चुनौति र समाधानको खोजीका लागि भालुबाङ दाङमा नीति संवादको आयोजना गरिएको छ । संवाद समुहले आयोजना गरेको स्वास्थ्य बिमाको प्रभावकारीता बिषयक नीति संवादमा राष्ट्रिय बिमा बोर्ड…

लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शय्याको भवन अर्थमन्त्री पौडेलले द्धारा शिलान्यास

स्वास्थ्यसमाचार/ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा बन्न लागेको १२ सय शैय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणकोे शिलान्यास गर्नु भएको छ । छ अर्ब १८ करोड बढि को लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयोजनाको रुपमा रहेको छ । लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीका स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो ।रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका अर्थमन्त्री पौडेलले…

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको भोलि शिलान्यास हुने

स्वास्थ्यसमाचार/ प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट…