नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

स्वास्थ्यसमाचार/ नेपाल कम्युनिस्ट पार्टी ( नेकपाका)संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० अस्पताल भर्ना भएका छन् । प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा जाँच गरेपछि चिकित्सकहरुले निमोनियाको शङ्का गरेका छन् ।

निमोनिया भएको चिकित्सकहरूको सल्लाहमा उनलाई मेडिसिटीमै भर्ना गरिएको मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी भएका थिएनन् ।

 

 

सम्बन्धित शिर्षक :