मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल नियुक्त

स्वास्थ्यसमाचार/नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा चोपलाल भुसाल नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राडा भुसाललाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका प्राडा भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशका राजदूत बनाएको थियो । त्यसअघि उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघको अध्यक्ष समेत भइसकेका छन् । यसअघि अध्यक्ष रहेका प्राडा भगवान कोइरालाको चार वर्षे पदावधी १८ कात्तिक देखि देखि सकिएको थियो ।प्रा डा भुसालले आफूले आज स्वास्थ्य मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेको…

मधुमेहका बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै क्लिनिक

स्वास्थ्य समाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मधुमेह क्लिनिक सञ्चालनमा ल्याएको छ। आईतवार बिहान एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्लिनिक शुभारम्भ गतेको हो। क्लिनिकको लुम्बिनी प्रादेशिक अस्पताल बिकास सामिति अध्यक्ष जीवन प्रसाद वझा, मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा लगायतले उद्घाटन गरेका हुन। अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए । अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिलेनै निवारण हुनेगरि सचेतना समेत फैलाउनुपर्नेमा जोड दिए । अस्पतालमा थप गरिएको सानो सेवाले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उनले बताए । यसैगरी अस्पतालका चिकित्सक तथा…

एचआईभी संक्रमितहरुले मागे ‘राज्यसंग अभिभावकत्व’

स्वास्थ्यसमाचार/३६ औ अन्तरष्ट्रिय एड्स दिवस ‘समुदायको नेतृत्वमा एचआईभी एड्स नियन्त्रण गरौ’ भन्ने नारा सहित मनाइदै छ । एचआइभी संक्रमितहरुको राष्ट्रिय महासंघ केन्द्रिय कार्यालको सहयोग र लुम्बिनी प्रदेशको सहकार्यका बुटवलमा भएको सरोकारवालाहरुको छलफलमा एचआईभी संकमितहरुले सरकारले संकमितहरुको अभिभावको रुपमा भूमिका खेल्नुपर्ने बताएका छन् । उनले एचआईभी संक्रमितहरुले समुदायमा अझै पनि अस्तित्व स्वीकर नगरेको अवस्थामा उनीहरले सरकार संग सहज रुपमा जिउने वातावारण सहित , शिक्षा, स्वाथ्य रोजगारको प्रबन्धनको माग गरेका हुन ।रुपन्देहीको ओमसतियाकी ५० वर्षकी मिनाकुमारी केवटले पहिलाका श्रीमान एचआईभीबाट निधन भएपछि दोस्रो श्रीमान संग जाँदा आफु र छोरा समेत संक्रमित भएको…

सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु डा. राजेन्द्र बस्यालमाथि कुटपिट, चिकित्सकहरु विरोधमा

स्वास्थ्यसमाचार/सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् र दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसंगै विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ । लुम्बिनी चिकित्सक संघका सचिव डा. सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सक माथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसंग आफुहरु उपचार रोकेर बिरोध गर्ने बताए ।कुटपिटबाट घाइते…

लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागी जस्तोसुकै चुनौतीको सामना गर्न तयार छु:अध्यक्ष वझा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले स्वास्थ्यकर्मी र कर्मचारीको साथ पाए जस्तोसुकै चुनौतीको पनि मतलब नगरी काम गर्ने उल्लेख गरे।     अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने बताए ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता गरे । अस्पताललाई बुटवलबासीको ठूलो गँहनाको रुपमा बिकास गर्न आफ्नो पहल रहने उनले बताए । अस्पतालमा आउने सेवाग्राहीलाई अपनत्व महशुस हुनेगरी व्यवहार गर्न सुझाब दिँदै उनले सम्पूर्ण स्वास्थ्यकर्मी…

खुला दिसामुक्त पाल्पाका शहर र राजमार्गमा पर्याप्त छैनन् शौचालय

स्वास्थ्यसमाचार/घर-घरमा शौचालय भएको विश्लेषण गर्दै पाल्पा जिल्लालाई २४ चैत्र २०७४ मा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको ६ वर्ष पुुग्न लाग्दा पनि यहाँका शहर र राजमार्गमा भने पर्याप्त शौचालय छैनन् । पर्याप्त सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ । भएका शौचालयहरू पनि प्रयोगलायक छैनन् ।घरदेखि बाहिर निस्कनसाथ हरेक मानिसले दैनिक सार्वजनिक शौचालयका कारण विविध समस्या भोग्न बाध्य छन् । शुक्रबार त्यस्तै समस्या भोग्न बाध्य हुनुभयो बुटवलबाट तानसेन घुम्न आउनुभएकी सम्झना पन्तले । तानसेनस्थित दरबार घुमेर सम्झना नारायणस्थानतर्फ लाग्नुभयो । तर, त्यहाँ…

त्रिपालमै १० भूकम्पपीडितको ज्यान गयो, चिसोको प्रत्यक्ष मारमा बालबालिका, सुत्केरी र बृद्धबृद्धा

स्वास्थ्यसमाचार/ भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमा सरेका भूकम्पपीडितलाई एकातिर चिसोले कष्टकर बनाएको छ । भने अर्कोतिर चिसोकै कारण धमाधम विरामी पर्ने र ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । १७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट विस्थापित भई त्रिपालमा कष्टकर जीवन विताइरहेका जाजरकोटका १० जनाको हालसम्म त्रिपालमै ज्यान गइसकेको छ । मृत्यु हुनेमा अधिकांश दीर्घ रोगी छन् । तर त्रिपालको कष्टकर बसाई र चिसोको प्रत्यक्ष मारमा भने बालबालिका, सुत्केरी, अशक्त तथा बृद्धबृद्धाहरु परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उपलब्ध गराएको विवरण अनुसार जाजरकोटको छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया…

लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल मृत्युदर ७ प्रदेशमध्येकै सर्वाधिक

स्वास्थ्यसमाचार/देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल मृत्युदर भने सातवटा प्रदेशमध्येकै सर्वाधिक रहेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) सन् २०२२ ले देशभरको समग्र बाल मृत्युदर ३.३ प्रतिशत देखाएको थियो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशस्तरमा बाल मृत्युदरको अवस्थाबारे गरेको अध्ययनमा लुम्बिनी प्रदेशको बाल मृत्युदर सातवटा प्रदेशमध्येकै सर्वाधिक (४ प्रतिशत) रहेको हो। अर्थात् लुम्बिनी प्रदेशमा हाल जीवित जन्मेका प्रति एक हजार बालबालिकामध्ये ४० जना बालबालिकाले आफ्नो पाँचौँ जन्मदिन मनाउन पाउँदैनन्। यसैगरी लुम्बिनी प्रदेशमा नवजात शिशुको मृत्यु पनि २.२ प्रतिशत रहेको छ। पाँच वर्षमुनिका…

लुम्बिनी प्रदेशका चार जिल्लामा सोमबार सार्वजनिक विदा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए । गृह मन्त्रालयका उप(सचिव खिमानन्द ज्ञवालीद्वारा जारी सूचनामा भनिएको छ, ‘माननीय गृहमन्त्रीस्तरीय प्रस्ताव बमोजिम लुम्बिनी प्रदेश सरकारबाट निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’  

भूकम्पमा परी घाइते भएका ४८ जना उपचारपछि घर फर्किए

स्वास्थ्यसमाचार/जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको…