स्वास्थ्यसमाचार/भैरहवास्थित भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले पदभार ग्रहण गरेकी छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा सरुवा भएकी डा. गुप्ताले सोमबार पदभार ग्रहण गरेकी हुन् । सोमबार एक कार्यक्रमकाबीच उनलाई अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वागत तथा सम्मान गरेका हुन् । सोही कार्यक्रममा परासीस्थित पृथ्वी चन्द अस्पतालमा सरुवा भएका भीम अस्पतालका मेसु डा. मोहम्मद नुरुल होदालाई विदाई गरिएको थियो ।कार्यक्रममा बोल्दै डा. गुप्ताले आफूले यसअघि भीम अस्पतालमा मेसुको जिम्मेवारी निर्वाह गरिसकेको र पुनः यहाँ आएको बताइन् ।…
समाचार
एचआईभी संक्रमित बालबालिकालाई मासिक सहायता भत्ता
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाको एक विद्यालयमा अध्यनरत छिन् १७ बर्षिय कल्पना (नाम परिर्वतन) । उनको पढाईको स्तर पनि राम्रै छ । आफ्नो पिडा भुलेर पढाईमा निरन्तरता दिदै आएकी उनले लामो समय देखि एचआईभी संक्रमित छिन् । उनी एचआईभी संक्रमित हुनुको उनको कुनै पनि दोष छैन । यो विषयमा कहाँबाट कसरी एचआईभी संक्रमित भयो भन्ने विषयमा उनि पनि अनविज्ञ छिन् । उनी जस्तै पालीकाकै एक विद्यालयमा कक्षा ३ मा अध्ययनरत ७ बर्षका बालक किशोर(नामपरिर्वतन) पनि एचआईभी संक्रमित छिन् । उनी यो संक्रमणको कारण को हो, कसरी संक्रमित भए भन्ने विषयमा समेत अनविज्ञ छन्…
राष्ट्रिय स्वाथ्यकर्मी महासंघद्वारा रक्तदान, राष्ट्रिय चिकित्सक संघ नेपाल गठन
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका जिल्ला समिति रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।आफ्नो ७५ औ स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ४६ युनिट ब्लड संकलन भएको थियो । यस्तै डा. विनिता भट्टराईको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय चिकित्सक संघ नेपाल जिल्ला शाखा गठन गरिएको छ ।जसको उपाध्यक्षमा डा.सुरज अधिकारी, सचिव डा. आरिफ हुसेन, कोषाध्यक्ष डा. प्रसुमा मल्ल सदस्य डा. प्रकाश तिमिल्सेन, डा. सवाज खान डा.असिम रेग्मी चयन भएका हुन । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ईन्द्र ढकाल, राष्ट्रिय स्वाथ्यकर्मी महासंघका केन्द्रीयता सदस्य तथा रुपन्देही ईन्चार्ज डा.…
भैरहवामा निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी जनचेतनामूलक कार्यक्रम
रुपन्देहीको भैरहवामा निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको आयोजना तथा सामाजिक सेवा एकाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नमुना एकीकृत बिकास परिषद रुपन्देहीको सहकार्यमा सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै सहभागीहरुले सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवाका बारेमा लक्षित वर्गलाई जानकारी नहुँदा उनीहरु सेवाबाट वञ्चित हुनुपरेको बताए । कार्यक्रममा प्रमुख अतिथि भीम अस्पताल भैरहवाकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवाका बारेमा नागरिकलाई जानकारी हुनु आवश्यक रहेको बताइन् । उनले…
स्वास्थ्यकर्मी संघ र कर्मचारी युनियनद्वारा नयाँ मेसु ढकाललाई स्वागत
स्वास्थ्यसमाचार/निजामती कर्मचारी युनियन र स्वास्थ्यकर्मी संघ रुपन्देही द्वारा लुम्बिनी प्रादेशिक अस्पतालका नब नियुक्त मेसु डा ईन्द्र ढकाललाई स्वागत गरिएको छ। नेपाल स्वास्थ्यकर्मी संघ अस्पताल ईकाई समितिका अध्यक्ष भिम ज्ञवालीको अध्यक्षता डा ईन्द्र ढकालको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रम सम्पन्न भएको हो। स्वागत कार्यक्रममा बोल्दै अतिथीहरुले अस्पतालमा आउनु भएको नयाँ मेसु डा ईन्द्र ढकाललाई काम गर्नको लाई आबश्यक साथ र सहयोग दिने वचनबद्धता ब्यक्त गर्नु भएको छ ।उहाले दुबै पक्षहरुको सहकार्य आबश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका प्रदेश संयोजक नमनारायण बेलबासे,नेपाल निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष चक्रपाणि पाण्डे,…
अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस : वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया
काठमाडौं/ वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरको बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिए । उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरको बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एक देखि तीन लाख रुपैयाँसम्म पर्छ । शरीरका कोशीकाहरू असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए । ‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरू कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको…
मेलानको स्थापना दिवसमा बृद्धाश्रममा खाद्यान्न तथा फलफूल बितरण
स्वास्थ्यसमाचार/ मेडिकल ल्याबोरेटरी एशोसियसन अफ नेपाल (मेलान) को स्थापना दिवसमा वृद्धाश्रममा खाद्यान्न तथा फलफूल प्रदान गरिएको छ । मेलानको १९ औं स्थापना दिवसको अवसरमा शनिबार मेलानका रुपन्देही मा रहेका केन्द्रिय समिति लुम्बिनी प्रदेश समिति तथा रुपन्देही जिल्लाको समुक्त आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रममा चामल, दाल, तेल लगायतका खाद्यान्न, साबुन, सरफ, हर्पिक लगातका सरसफाईका सामान तथा फलफूल वितरण गरिएको हो । त्यस अवसरमा बोल्दै आश्रमका अध्यक्ष महेश्वर श्रेष्ठले बृद्धबृद्धा लाई सम्झेर आश्रमका गरेको सहयोग प्रति मेलानलाई आभार व्यक्त गर्नुभयो । उहाँले बृद्धबृद्धाले…
सेवाको आपसी मूल्यांकनका लागी पूर्व खोलाका स्वास्थ्यकर्मीलाई अवलोकन भ्रमण
स्वास्थ्यसमाचार / स्वास्थ्य चौकीहरू दिने सेवाका बारेमा राज्यले न्युनतम मापदण्ड तोकेको छ । त्यहि मापदण्डको कार्यान्वयन संग जोडिएको हुन्छ त्यहाँको सेवाको गुणस्तर । अनि, गुणस्तरीय स्वास्थ्य सेवाका लागि चाहिन्छ आवश्यक जनशक्ति तथा उपकरणहरु । संगसंगै चाहिन्छ नेतृत्व तहबाट गरिने व्यवस्थापन । स्वास्थ्य कार्यालय पाल्पाले पूर्व खोला गाउँपालिकाका स्वास्थ्यकर्मीलाई यहि विषयमा केन्द्रीत रहेर पारस्परिक अवलोकन भ्रमण गरायो । गाउँ पालिकाको वडा नं ५ स्थित वीरकोट स्वास्थ्य चौकीमा पालिका भरिका स्वास्थ्य चौकीका प्रतिनिधिहरुलाई बोलाई आफ्नो स्वास्थ्य चौकीबाट उपलव्ध सेवा र त्यहाँको स्वास्थ्य चौकीले दिएको सेवाबारे तुलना गर्न लगायो । वडा नं १…
ओमसतिया सप्ताहव्यापी सिकल सेलको निदान तथा निशुल्क परीक्षण
स्वास्थ्यसमाचार /रुपन्देहीको ओमसतिया गाउँपालिकामा सिकल सेल रोगको निशुल्क परिक्षण तथा रोग निदान सम्बन्धी सप्ताहव्यापी सञ्चालन भएको छ। थारु समुदायमा सिकल सेल रोगबाट प्रभावित व्यक्तिहरूको पहिचान, उपचार र रोगको रोकथाममा सहयोग पुर्याउनु मुख्य उदेश्य रहेको पालिकाले जनाएको छ। कार्यक्रमको उद्घाटन गर्दे गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले “सिकल सेल रोग जस्तो गम्भीर रोगको प्रारम्भिक पहिचान र निदान अत्यन्त महत्वपूर्ण छ। यस कार्यक्रमले गाउँपालिका भरि रहेका थारु समुदायका व्यक्तिहरूलाई सजिलै परीक्षण गराउने मौका प्रदान गर्नेछ।“सबै यसमा सहभागी बनौ उहाले भन्नु भयो। त्यस्तै उपाध्यक्ष सुनिता चौधरी थारुहरु मा हुने वंशाणुगत रोग भएकोले यसको पहिचाहन…
भिम अस्पताल भैरहवाको मेडिकल सुपरिटेन्डेन्ट पून डा. शकुन्तला गुप्ता
स्वास्थ्यसमाचार /भैरहवाको भिम अस्पतालमा पुन डा. शकुन्तला गुप्ता आउनु भएको छ। लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले डा गुप्तालाई भिम अस्पतालको मेसुमा नियुक्त गरेको हो । उहा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहनु भएको थियो । गुप्ता गत बर्ष सोही अस्पतालमा मेसु रहनु भएको थियो । अघिल्लो सरकारले गुप्तालाई मेसुबाट हटाई अस्पतालमा नयाँ मेसु ल्याएको थियो। अस्पतालमा पदबहाली गर्नु भएको छ । उहाँलाई बिकास समितिका अध्यक्ष अस्पतालका कर्मचारी लगायतले स्वागत गरेका थिए । उक्त अबसरमा बोल्दै डा गुप्ताले आफुले पहिले सुधार गरेको र अब पनि आफुले पहिले सुरु गरेका कामहरुलाई निरन्तरता…