स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले नागरिकको स्वास्थ्य राज्यको पहिलो प्राथमिकता बन्नुपर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा “प्रदेश को स्वास्थ्य क्षेत्र सुधारको लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग समन्वय र सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो विचार राख्नु भएको हो । उहाँले सडक, भवन, पुल भन्दा पहिलो नागरिकको स्वास्थ्य हो भन्ने बिषय राज्यले बुझ्नु पर्दछ। मानिसको स्वास्थ्य राम्रो नभएमा, भौतिक बस्तुको सम्पन्नता भएपनि कसले प्रयोग गर्ने? भन्दै प्रश्न समेत गर्नुभएको छ । अब राज्यको पहिलो ध्यान नागरिकको स्वास्थ्य निर्माण गर्न हुनुपर्दछ । जवसम्म स्वास्थ्य राज्यको…
समाचार
९० प्रतिशत जनस्वाथ्यकर्मीको समस्या सामाधान गर्न पहल गर्छु :सरोज रिमाल अध्यक्ष पदका उम्मेदबार
नेपाल जनस्वास्थ्य संघ प्रदेशको अधिवेशन असार १ गते हुँदै छ । प्रदेशको दुई स्थानमा अध्यक्ष सहितका पदाधिकारीहरुको लागि निर्वाचन हुँदै छ । यो भन्दा पहिला पनि अध्यक्ष रहेका हेमराज पाण्डे र सरोज रिमाल यो पटक अध्यक्षको लागि चुनावी मैदानमा रहेका छन् । यही विषयमा अध्यक्षका उम्मेदबार सरोज रिमाल संग गरिएको कुराकानी । तपाईंको उम्मेदबारी के को लागि ? प्रदेशको भित्रका जनस्वाथ्य कर्मीहरुको हक हित स्थापनाको गठन भएको संगठन हो । हामी प्रदेशका स्वाथ्य क्षेत्रका हक हितको लागि काम गर्नको लागि हक हितको लागि हामी का गर्ने छौ । हक हितको…
नेफा लुम्बिनी स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सवालहरूलाई प्रदेश कानुनहरूमार्फत सम्बोधन गर्न पैरवी गर्छु :हेमराज पाण्डे अध्यक्ष पदका उम्मेदबार
नेपाल जनस्वास्थ्य संघ प्रदेशको अधिवेशन असार १ गते हुँदै छ । प्रदेशको दुई स्थानमा अध्यक्ष सहितका पदाधिकारीहरुको लागि निर्वाचन हुँदै छ । यो भन्दा पहिला पनि अध्यक्ष रहेका हेमराज पाण्डे र सागर रिमाल यो पटक अध्यक्षको लागि चुनावी मैदानमा रहेका छन् । यही विषयमा अध्यक्षका उम्मेदबार संग स्वास्थ्यसमाचारको टीमद्धारा पाण्डेसंग गरिएको कुराकानी । तपाईंको उम्मेदबारी के को लागि ? यो भन्दा पहिला नेफा लुम्बिनी २ वर्ष भन्दा बढी अध्यक्ष भएर काम गरेका छु । सर्वसम्मत रुपमा नेतृत्वको लागि पहल भएको थियो । तर यसमा साथीहरुले मान्नु भएन । चुनाव हुँदा…
लुम्बिनी प्रादेशिक अस्पतालले असार १ वाट अनलाइन टिकट सुरु गर्ने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्यमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिक काट्न सक्ने व्यवस्था गरिएको छ । यो सेवालाई केही समयका लागि परीक्षण कालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका…
पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा
स्वास्थ्यसमाचार / पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप प्रदान गरेसँगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुरलाई घोषणा गरे संगै जिल्लाका १० वटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, समितिका सदस्य सचिव डा .राजेन्द्र कुमार गिरीले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप…
चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा आगामी १ भदौ देखि सुरु
स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन भने बुधबारदेखि भर्न सकिने जनाएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सकिने जानकारी दिनुभयो । उहाँले आयोगले एमबिबिएस, बिडिएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बिएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने जानकारी दिनुभयो । प्राडा झाका अनुसार आयोगले…
सबैका प्रिय डाक्टर :डा .शम्भु खनाल
कथा आजभन्दा दश वर्ष पुरानो हो । तर यो कथा अझैपनि बेलाबखत देख्न पाइन्छ । भोग्न पाइन्छ ।त्यो बेलाको सलामी पानीको कथा आज Whole body check up को आग्रहमा मा देख्न पाइन्छ हरेक दिन । दश वर्ष अगाडिको म : मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ । बेखुसी ब्याप्त देखिन्छ । हिँडाइमा सुस्तपन छ । अनुहार मात्रै देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्यौराले सजाएर कुर्सीमा बस्छिन् एक अन्दाजी ३० बर्षिय महिला । पटुकाले पूरै पेट बेरेको छ । श्वास नै फेर्न गाह्रो भए…
नेपाल जनस्वास्थ्य संघ लुम्बिनीको अध्यक्षमा हेमराज र सरोज भिड्दै
स्वास्थ्यसमाचार/ नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षको लागि दुई जनाको उम्मेदबारी दर्ता भएको छ । लुम्बिनी प्रदेश अध्यक्षको लागि निर्वतमान अध्यक्ष समेत रहेका हेमराज पाण्डे र सरोज रिमालको उम्मेदबारी परेको निर्वाचन समिति संयोजक धर्मराज भट्राईले जानकारी दिए । जनस्वाथ्य विषयमा पब्लिक हेल्थ अध्ययनपुरा गरेका स्वास्थ्यकर्मीहरुको साझा संगठनको रुपमा रहेको नेपाल जनस्वाथ्य संघको लागि केन्द्रीय समिति भने सर्वसम्मत भैसकेको छ ।प्रदेशको उपाध्यक्ष पदमा अर्जुन पोखरेलको एकल उम्मेदबारी परेपछि निर्विरोध भएका छन् भने सचिव पदको लागि नरेश बाबु श्रेष्ठ र माधव खनालको उम्मेदबारी परेको छ । कोषाध्यक्ष पदमा किरण श्रेष्ठ निर्विरोध निर्वाचित भएका…
चिकित्सा शिक्षा स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षाको फारम भोलि देखि खुल्ने परीक्षा १ भदौ देखि सुरु
स्वास्थ्यसमाचार/चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१ ०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन फारम बुधबार (भोलि)बाट खोलिने जानकारी गराएको छ । आयोगले परीक्षाका लागि योग्यता पुगेका ईच्छुक व्यक्तिले बुधबार विहान १० बजे देखि आगामी १८ असार अपरान्ह ५ बजेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।आयोगले १८ देखि २५ असार अपरान्ह ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन गर्न सकिने उल्लेख गरेको छ । आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएमएस, बी फार्मा लगायतका स्नातक तहका विषयमा आवेदन…
जनस्वास्थ्य संघ लुम्बिनीमा काग्रेस र एमालेको संयुक्त प्यानल अध्यक्षमा: रिमाल
स्वास्थ्यसमाचार /नेपाल जनस्वास्थ्य संघ लुम्बिनीको असार १ गते हुने निर्वाचनमा नेपाली काग्रेस र एमाले निकट जनस्वास्थ्यकर्मीको संयुक्त प्यानल भएको छ। ११ जनाको कार्यसमिति हुनेमा २ जना नेपाली काग्रेस निकट जन स्वास्थ्यकर्मी संघका उपाध्यक्ष र कोषाध्यक्ष निर्बिरोध भएका छन भने अन्य पदमा चुनाब हुने भएको अध्यक्षका उम्मेदवार सरोज रिमालले बताउनु भयो। उहाँले भन्नु भयो हामी सबै मिलेर जाऔँ भनेको हो तर मिलेन हामी दुई संगठनका मिलेर चुनावमा आएका छौ । माओवादी निकट जनस्वास्थ्य संघ एक्लै चुनावमा उत्रेको उहाँले बताउनु भयो। अध्यक्षका उम्मेदवार भएका रिमालले भन्नुभयो हाम्रो समस्याहरु अब हामी समाधान गर्छौ।…