विश्व रक्तदाता दिवसमा रुपन्देहीका रक्तदाता सम्मानित

स्वर्णपदबाट ८ जना, रजत पदकबाट २७ र ५३ जनालाई प्रशंसापत्रबाट सम्मानित

स्वास्थ्यसमाचार/ विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, रुपन्देहीले आइतबार बुटवलमा रक्तदातालाई सम्मान गरेको छ ।

नियमित रक्तदान गरेर विरामीलाई मृत्युबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेका झण्डै सय जना रक्तदातालाई तीन समूहमा विभाजन गरी सम्मान गरिहेको हो । २ महिलासहित स्वर्णपदबाट ८ जना, २ महिलासहित २७ जना रजत पदकबाट र ५३ जनालाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रगत संकलन र विरामीको सेवामा रक्तसञ्चार केन्द्र बुटवलले उत्कृष्ट कार्य गरेको बताए । रगत नपाए बुटवल जानु भन्ने रक्तदाताको अभियानले सार्थकता पाएको बताउदै मेयर पाण्डेयले रेडक्रसका लागि उपमहानगरपालिकाले आगामी वर्ष बजेट पनि सुनिश्चित गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरीटेन्डन डा.विष्णु गौतमले निरोगी व्यक्तिले हरेक तीन/तीन महिनामा नियमित रक्तदान गर्न अवश्यक रहेको बताए । प्रादेशिक अस्पताल संघीय अस्पतालमा रुपान्तरण हुन सक्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर–६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति लालप्रसाद पंगेनी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, रुपन्देही सभापति रामचन्द्र उपाध्याय, रक्तसञ्चार केन्द्र बुटवलका बेनबहादुर पौडेल क्षेत्री प्राध्यापक सुदर्शन नेपाल,राधा शर्मा, रक्तदाताहरु महेश खनाल लगायतले बोलेका थिए ।

सम्बन्धित शिर्षक :