स्वास्थ्यसमाचार/ रुपन्देहीमा स्वर्णविन्दु प्राशन सेवाप्रति अभिभावकहरूको आकर्षण बढ्दै जाँदा लुम्बिनी आयुर्वेद चिकित्सालय मा सञ्चालन गरिएको कार्यक्रममा अत्यधिक भिड देखिएको छ। जिल्लाका अन्य स्थानमा यो सेवा उपलब्ध नभएकाले चिकित्सालयमा सेवाग्राहीको चाप बढेको बताइएको छ।
असार ४ गते बिहीबार सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रममा २,०३५ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको चिकित्सालयले जनाएको छ। कार्यक्रममा उत्साहपूर्ण सहभागिता जनाउने सम्पूर्ण अभिभावकप्रति चिकित्सालयले आभार व्यक्त गरेको छ।
चिकित्सालयका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी गणेश सापकोटा का अनुसार कार्यक्रम सुरु भएदेखि हालसम्म करिब ३० हजारभन्दा बढी बालबालिकाले स्वर्णविन्दु प्राशन सेवा लिइसकेका छन्। यो सेवा २०८२ असोज २९ गतेबाट चिकित्सालयमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
स्वर्णविन्दु प्राशन कार्यक्रम १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाका लागि लक्षित रहेको छ। हरेक महिनाको पुष्य नक्षत्रको अवसरमा चिकित्सालयमा निःशुल्क रूपमा यो सेवा उपलब्ध गराइँदै आएको छ।
चिकित्सालयले आगामी स्वर्णविन्दु प्राशन कार्यक्रम २०८३ असार ३१ गते बिहीबार सञ्चालन हुने जानकारी दिएको छ। अभिभावकहरूलाई समयमै उपस्थित भई आफ्ना बालबालिकालाई सेवा दिलाउन आग्रह गरिएको छ।



प्रतिकया दिनुहोस्