नेपालमा ७ हजार ८ सय ५८ पुगे अस्पताल तथा स्वास्थ्य संस्था

स्वास्थ्यसमाचार/ आर्थिक सर्वेक्षण २०७९/८० को तथ्यांक अनुसार गत फागुण मसान्त सम्म मुलुकभर अस्पताल तथा स्वास्थ्य संस्था हरुको संख्या ७ हजार ८ सय अन्ठाउन्न पुगेको छ। २०७९ असार मसान्त ७ हजार ५ सय अन्ठानब्बे रहेकोमा २०७९ फागुण मसान्त सम्म २६० स्वास्थ्य संस्था थपिएर ७ हजार ८ सय अन्ठाउन्न पुगेको हो। जसमा अस्पताल २ सय १५, प्राथमिक स्वास्थ्य केन्द्र २ सय १, स्वास्थ्य चौकी ३ हजार ८ सय २०, आयुर्वेद औषधालय ४ सय २६ तथा उपस्वास्थ्य चौकी÷आधारभुत स्वास्थ्य सेवा केन्द्र ३ हजार १ सय ९६ गरी कुल ७ हजार ८ सय अन्ठाउन्न…

तिलोत्तमाका स्वास्थ्यकर्मीको आन्दोलन असार सम्मको लागि स्थगित

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा हाल चलिरहेको स्वास्थ्यकर्मी हरुको आन्दोलन २०८० असार सम्मको लागि स्थगित भएको छ । प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले स्वास्थ्यकर्मिहरुले पाउनु पर्ने तलब सहित अन्य मागहरु कार्यपालिकामा छलफल गरि नगर सभामा लैजाने र नगरसभा बाट पारीत गराइ खुवाउने लिखित प्रतिबद्धता स्वास्थ्यकर्मीहरु सहितको बैठकमा जनाएपछि हाललाई यो आन्दोलन २०८० असार सम्मको लागि स्थगन गरिएको आन्दोलन ब्यवस्थापन तथा परिचालन समितिका प्रवक्ता ठानेश्वर बस्यालले बताउनुभयो । यदि माग सम्बोधन नभए असार ११ गते देखि पुन यो भन्दा कडा आन्दोलनमा उत्रने सबै स्वास्थ्यकर्मीहरुको भनाइ छ।

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान

स्वास्थ्यसमाचार/ बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरवृद्धिसम्बन्धि आम्दा ईन्टरन्याशनल जापानसँग समझदारी गर्न बुटवलबाट एक टोली आईतबार जापान गएको छ । आम्दा अस्पताल बुटवलका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा गएको टोलीले आम्दा अस्पतालको स्तरवृद्धि गरि ३ सय शैयामा पुर्याउने गरि समझदारी गर्नेछ । आम्दा ईन्टरन्याशनलका अध्यक्ष डा शिगेरू सुगानामीको निमन्त्रणामा जापान गएको टोलीले आम्दा अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य सुविधालगायतका विषयमा छलफल गरी आपसी सहकार्यका बारेमा समझदारी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । पाण्डेय नेतृत्वको टोलीमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, अस्पतालका…

प्रेस युनियनको ३२औं स्थापना दिवसः रुपन्देहीमा रक्तदान

गोकर्ण ज्ञवाली ‘प्रकास’ । जेठ १२, बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले युनियनको ३२औं स्थापना दिवस रक्तदान कार्यक्रमसंगै मनाउन लागेको छ । रक्तदान कार्यक्रम जेठ १३ गते शनिवार रक्तसंचार सेवा केन्द्र(ब्लडबैंक) बुटवलमा आयोजना गरेको युनियन सभापति कविन्द्र नेपालले जानकारी गराउनू भएको छ । रक्तदान विहान आठबजेदेखि शुरु हुने कार्यक्रम संयोजक कल्पना शर्माले जानकारी गराउनूभएको छ । उहाँले रक्तदान कार्यक्रममा युनियनक्रमीसंगै शुभेच्छुक, सबैलाई सहभागीताको लागी अनूरोध पनि गर्नूभएको छ । नेपाल प्रेस युनियन केन्द्रिय समितिले जेठ १२ देखि १४ गतेसम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउनका लागि सबै जिल्ला तथा प्रतिष्ठान…

स्वास्थ्यकर्मीको आन्दोलनमा जनस्वास्थ्य संघ लुम्बिनीको साथ

स्वास्थ्यसमाचार/ तिलोत्तमा लगाएका देशभर भैरहेको स्वास्थ्यकर्मीको आन्दोलन प्रति नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल जनस्वास्थ्य संघ लुम्बिनीका अध्यक्ष हेमराज पान्डेले एक बिज्ञेप्ती जारी गरि “हामी सबै स्वास्थ्यकर्मीहरु सेवामा प्रतिबद्ध छौं। तर भोक भोकै काम गर्न सक्दैनौं ।“ भन्दै तलबको माग सँगै, विभिन्न माग राख्दै आन्दोलनमा उत्रिनु भएका तिलोत्तमा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुको माग प्रति नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। कोभिड–१९ विरुद्दको लडाईमा दिन रात नभनि खटिएका र जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा जोडिनुहुने स्वास्थ्यकर्मीले काम गरेको तलब पनि लामो समयदेखि नपाउनु आफैमा लज्जाको…

स्वास्थ्यकर्मिका शान्तिपूर्ण आन्दोलनमा हाम्रो ऐक्यवद्धता: राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ लुम्बिनी

स्वास्थ्यसमाचार /केहीदिन यता देशका विभिन्न स्वास्थ्य संस्थामा नर्स तथा स्वास्थ्यकर्मी माथि दुर्वयवहार भएका घटनाहरु सार्वजनिक भएका छन् ।यी घटनाहरुप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिकोे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष चिन्तामणि ज्ञाबलीले एक विज्ञप्ति निकालेर विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि अपमानित र दुर्व्यवहार गरि स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा बाधा उत्पन्न गर्ने कार्यप्रति आपत्ति जनाउनुभएको छ । तिलोत्तमाका स्वास्थ्यको भोक आन्दोलन तथा देशका बिभिन्न ठाउमा भएका स्वास्थ्यका कर्मचारीलाइ अपमानित गर्ने काम गरेको तलब समयमा नदिने सामाजीक संञ्जालमा अनाबस्यक भिडीयो बनाई राख्ने जस्ता…

रुकुम पश्चिम जीप दुर्घटना अपडेटः सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ । आज बिहान बाँफिकोट गाउँपालिका(८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि हिडेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उहाँको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १०…

पाँच महिनादेखि तलब पाएनन् तिलोत्तमाका स्वास्थ्यकर्मीले

स्वास्थ्यसमाचार  तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन्। तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन्। नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन्। स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलब प्राप्तिका लागि नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग पटकपटक मौखिक र लिखित माग…

कारागार अस्पताल प्रभाबकारी बनाउन अन्तर मन्त्रालय समन्वय बैठक

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यकर्मी कार्यरत गृह मन्त्रालय अन्र्तगत रहेको केन्द्रिय कारागार अस्पतालको सेवा विस्तार,परिष्कृत र प्रभावकारी बनाऊन अस्पतालको अन्तरमन्त्रालय समन्वय बैठकद्धारा भएको छ। पटक पटकको भेटघाट र निरन्तरको पहलले पहिलोपटक २०७९ फागुन २१ गते गृह र स्वास्थयका सचिवहरुको बैठक बसेको थियो । सचिवस्तरको बैठकले गठन गरेको कार्यदल समितीमा कारागार ब्यवस्थापन बिभागको महानिर्देशकको संयोजकत्वमा गृह र स्वास्थ्य मन्त्रालयका नीती,योजना तथा अनुगमनका महाशाखा प्रमुख,स्वास्थ्य सेवा बिभागको उपचारात्मक महाशाखाका निर्देशक र केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सदस्य सचिव रहेका छन। स्वास्थ्यको एघारौ तह अर्थात सहसचिवको नेतृत्वमा रहेको अस्पतालमा दिनहु बढेका…

शुद्धाेधनमा क्षयरोग सम्बन्धि कार्यक्रमको समिक्षा तथा गोष्ठी

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्दोधन गाउँपालिकामा क्षयरोग सम्बन्धि कार्यक्रमको स्थानीय तह सगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी बुधबार एक कार्यक्रमका बीच सम्पन्न भयो। शुद्दोधन गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय र KIDS को सहयोगमा उक्त गोष्ठी सम्पन्न भएको हो। गोष्ठीमा शुद्दोधन गाउँपालिकाको क्षयरोगी विरामीहरुको अवस्था एवं क्षयरोग निवारण सम्बन्धि हालसम्म गरिएको प्रगति विवरणको समिक्षा तथा आगामी दिनमा क्षयरोगीको संख्या घटाउने वारेमा प्रशिक्षण गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाका स्वास्थ्य शाखा प्रमुखहरु ,जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेकोे थियो ।   शुद्दोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको अध्यक्षतामा सम्पन्न समिक्षा…