नेपालमा पहिलो कोरोना संक्रमित डाक्टरको मृत्यु

स्वास्थ्यसमाचार/ कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। भेरी अस्पताल नेपालगञ्जको कोभिड आइसोलेसन वार्डमा उपचाररत उनको आज बिहीबार  दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा. प्रकाश थापाले पुष्टि गरे ।

उनी प्रादेशिक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । उनलाई सुर्खेतमै भाइरस संक्रमण भएको थियो ।

शुरुमा उनलाई त्यही उपचार गरिएको थियो । तर अवस्था सुधार नभएपछि असोज २ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो । ५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

 

 

सम्बन्धित शिर्षक :