लुम्बिनी प्रदेशका सभामुख र कानुनमन्त्री मन्त्री लाई कोरोना संक्रमण

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्ति र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। शुक्रबार बिहान स्वाब परीक्षण गराएका केसीलाई भर्खरै कोरोना पुष्टि भएको रिर्पोट आएको प्रदेश सांसद इन्द्र जित थारुले बताए। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।घर्ति र केसीलाई कोरोना भएपछि उनी क्याटरमै आइसोलेनमा बसेका छन्।

गत मँगलबार मात्रै प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमणको आसंका गरिएको छ । बैठकमा सहभागी मूख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत बैठकमा सहभागी थिए ।

सम्बन्धित शिर्षक :