लुम्विनी प्रदेशका ४ कोरोना अस्पतालमा विरामीको निशुल्क उपचार: मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेलले लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको वताएका छन। उनले आज आफनो सामाजीक संञ्जाल यस्तो लेखेका छन ।

संघिय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना परिक्षण संक्रमण उपचार खर्च आफै बेहोर्ने भनेपछि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री पोखरेलले यस्तो उल्लेख गरेका छन।उनको यस्तो प्रतिकृयापछि स्थानियले संघले यो सुझाब गहण गर्नुपर्ने बताएका छन ।

प्रदेश सरकारको यो निणर्य स्वागत योग्ग रहेको हरि ज्ञाबलीले बताए । लुम्बिनी प्रदेशमा अहिले कोरोना अस्पताल चारबटा रहेका छन भने बिरामीको चाप को कारण आईसियु र भेन्टीलेटर नपाएर ३ जनाले ज्यान गुमाईसकेका छन।लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा बिष्णुगौतमले बुटबलको धागो कारखानामा संञ्चालित कोरोना अस्पतालमा बेड खाली नभएको बिरामीको चाप बढी रहेको बताएका छन।

                                                                                               लुम्बिनी प्रदेशको अबस्था

अहिले लुम्बिनी प्रदेशका १२ जिल्ला १५७९५ जना कोरोना संक्रमितिमध्ये ११६३० पुरुष र४१६५ महिला रहेका छन। १सय २९ जनाको मृत्यु भएको छ ।  को कोरोना संक्रमणबाट मृत्यु भएको सामाजीक बिकास मन्त्रालय का प्रबक्ता डा पुष्पराज पौडेलले बताए ।नेपालमा संक्रमितको तुलनामा यस लुम्बिनी प्रदेशमा १२ प्रसतशत संक्रमितको उपचारवाट निको हुनेको ७२ प्रतिशत र मृत्युदर ०.६ प्रतिशत रहेको प्रबक्ता डा पौडेलले बताए ।

सम्बन्धित शिर्षक :