रुपन्देहीमा स्वास्थ्य बिमा सदस्यता दर्ता शुरु

नागरिकलाई स्वास्थ्यको पहुंचमा ल्याउन बीमा कार्यक्रम महत्वपुर्ण: मन्त्री बराल

स्वास्थ्यसमाचार /नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमको रुपन्देहीमा सदस्यता दर्ता कार्यक्रम शुरु भएको छ । ५९ औ जिल्लामा रुपन्देहीमा कार्यक्रम शुरु गरिएको हो ।

स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौंको आयोजनामा बुटवलमा एक कार्यक्रम गर्दै स्वास्थ्य बिमा सदस्यता दर्ता शुरु गरेको हो । ४ जना जेष्ठनागरिकलाई सदस्यता बितरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । बुटवल उपमहानगरपालिका ९ का जेष्ठ नागरिकहरु लक्षिमा नेपाल, आशादेबी खराल, जित राई र काशी श्रेष्ठलाई सदस्यता कार्ड उपलब्ध गराईएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश ५ सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ का स्वास्थ्य संस्थाहरुको स्तरउन्नतीको कार्य जारी रहेको बताएका छन् । उनले स्वास्थ्य बिमाको लागि सरकारी अस्पताल मुख्य प्राथमिकतामा राखेकोले सरकारी स्वास्थ्य क्षेत्रको स्तरउन्नतीको काम भईरहेको बताए ।

उनले अहिलेको अवस्थामा बिमाको कार्ड लिएर सरकारी अस्पताल बाट निजि स्वास्थ्य संस्थामा रिफर भईरहेको अवस्था रहेको बताउँदै त्यसको अन्त्यको लागि काम भईरहेको र छिट्टै अन्त्य हुने दाबी गरे । उनले सरकारी अस्पताल अब सबैको पहिलो प्राथमिकतामा रहने गरि स्तरउन्नती गरिने उनको तर्क छ ।
उनले भने –‘पालिकामा अस्पताल नभएकामा न्युनतम ५ शैया क्षमताका अस्पताल तथा जिल्ला अस्पतललाई न्युनतम ५० शैया भनिरहेका छौ ।

काम निरन्तर भईरहेको छ ।’ स्वास्थ्य बिमाले रुपन्देहीका स्थानीयलाई निकै मद्दत पुग्ने बताउँदै यसको सहजताको लागि स्थानीय सरकारले समन्वय गर्दै जानुपर्ने बताए ।बोर्डकि कार्यकारी निर्देशक राधिका नेपालले अत्यावश्यक परेमा मात्रै यो सेवा लिन आग्रह गरिन ।सरकार सङ ठूलो रकम नभएकोले अनावश्यक टेस्टहरु नगर्न उनको आग्रह छ ।

आधारभुत स्वास्थ्य निशुल्क हुने भनिएकोले थप प्रभावकारी भयो ।आवश्यकता परेको ब्यक्तिले सेवा पाओस भनेर यो कार्यक्रम चलिरहेको छ ।
भए सम्म सरकारी क्षेत्रबाट नै सेवा लिईनु पर्ने र यदि नभए मात्र प्राईभेट क्षेत्रमा जाने । सरकारी क्षेत्रले अलि समस्या दिएको छ ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक प्रदेश ५ डा बिनोद गिरि, रुपन्देही जिल्ला समन्वय प्रमुख एकराज बिश्वकर्मा, तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरे, सैनामैना नगरपालिका प्रमुख चित्र कार्की,सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख उपाशन्कर उमासंकर चौधरी, बोर्ड प्रदेश ५ प्रमुख मनोज पौडेल लगाएतले बोलेका थिए ।

सम्बन्धित शिर्षक :