ईन्द्रेणीद्वारा प्रजनन् स्वास्थ्य सम्वन्धि कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवलमा महिलाका लागि प्रजनन् स्वास्थ्य सम्वन्धि एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम भएको छ । बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६ आं स्थापना दिवसको अवसर पारेर  महिलाका लागि प्रजन्न स्वास्थ्य सम्वन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । तालिममा लुम्विनी प्रादेशिक अस्पतला बुटवलका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शिला अधिकारी क्षेत्रीले सहजिकरण गरेकि थिईन। ईन्द्रेणीका महिला शेयर सदस्यहरुलाई केन्द्रीत गरेर दिईएको तालिममा महिलाको प्रजन्न स्वास्थ्य अन्तरगत पाठेघरको तथा स्तनको क्यान्सर, आंग खस्ने समस्या, युटिआई लगायतका समस्या र यसको रोकथामका बारेमा डाक्टर क्षेत्रीले सहजिकरण गरेकि…

लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी हुन आएकी गुल्मी मदाने ३की महिलाको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । अस्पतालको लापर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित…

लुम्बिनी प्रादेशिक अस्पतालमा दोश्रो कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ । अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाले शल्यक्रियावाट बच्चा जन्माएकि हुन । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बच्चा जन्मीएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यकृया भएको थियो । शल्यक्रिया आमाको र बच्चा को अबस्था समान्य रहेको डा विष्णु गौतमले बताए । आमा र बच्चाको पिसीआर नेगेटीभ आएपछि डिसर्चाज गर्ने डा सुचना अधिारी डा गौतमले बताए। बच्चाको तौल ४ केजी रहेको छ । यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षिय महिलाको शल्यक्रिया…

कोरोना रोकथाममा सरकार र नागरिकको दायित्व

बिश्वभर बिगत १० महिना देखि कोभिड-१९ संक्रमणका प्रभावका कारण हरेक क्षेत्रलाई त्रसित बनाईरहेको छ। बिश्व प्रभावीत भैरहेको बेला नेपालका सातवटै प्रदेश समेत संक्रमणबाट अछुतो रहन सकेको छैन। त्यसबाट अलग हुनका लागि सरकारी तवरबाट र अग्रपंक्तिका कार्यकर्ता सुरक्षाकर्मी/स्वास्थ्यकर्मी लगायत सबैको तहबाट अनेकन प्रयत्न गर्दा पनि न्यूनीकरण र ब्यवस्थापन गर्न निकै हम्मे हम्मे परिरहेको अवस्था छ। विश्वका शक्तिशाली रास्ट्र देखि बिकासोन्मुख रुपमा रहेका सबै किसिमका मुलुकहरुको भिड-१९ को संक्रमणका कारण राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, औधोगिक लगायत समग्र क्षेत्रमै कल्पना गरेको भन्दा धेरै संकटको अवस्थामा पुगिरहेको छन। विश्वका हरेक देशमा यसले हुने खानेदेखि…

बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीले कोहलपुरमा शल्यक्रियावाट छोरी जन्माईन

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका –११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि उनले नेपालगञ्जमा बच्चा जन्माईकि छन । कोहलपुर मेडिकल कलेजका स्त्री रोग विशेषज्ञ सहितको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो ।आइसोशनमा राखेर निगरानी रहेकी उनको आज बिहान ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालीएको हो । शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी वताए ।अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ। भोलि कोरोना परीक्षण गर्छौँ त्यसपछि…

शिक्षित वर्गका महिलाहरुले नै गराउन पाउँदैनन् पुर्ण स्तनपान

“स्वच्छ र सुन्दर संसार स्तनपान एकमात्र आधार” भन्ने मुल नाराका साथ स्तनपान सप्ताह आज मिति २०२० अगष्ट १ बाट अगष्ट ७ सम्मका लागी सुरु भएको छ । यो स्तनपान सप्ताह विश्वभरि मनाउने गरिन्छ । जसको मुल उदेश्य स्तनपान प्रवर्धन तथा संरक्षण गर्नु हो । स्तनपान सप्ताह सन १९९२ देखि हरेक वर्ष विश्वब्यापी रुपमा विभिन्न क्रिर्याकलापका साथ मनाउने गरिन्छ । आमाको दुध शिशुको लागी अमृत समान भन्ने नारा जनस्वास्थ्य क्षेत्रमा सवैभन्दा वढि प्रचलित छ । तर के हाम्रो आजको आधुनिक समाजमा आधारभुत मापदण्ड पुरा गरेर अमृतको सेवन गराइन्छ त ? यसको…

बुटवलमा सुत्केरी र जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार /कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन बुटवल उपमहानगर पालिकाले गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा वितरण सुचारु गरेको छ । लकडाउन (बन्दाबन्दी) मा नियमित स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले विपन्न समुदायका गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर पोषण सामग्री प्रदान गरेको हो । बुटवलले आव ०७५/७६ देखि नै मुलुककै नमुना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेको थियो । बुटवलले मुलुकमै पहिलोपटक सुरु गरेका मेयर युवा इलम कार्यक्रम, महिला उद्यमशिलता विकास कार्यक्रम संगै उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम अर्को नमुना र…

महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर

स्वास्थ्यसमाचार /सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ।अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८ वर्षको बजेट सार्वजनिक गर्दै सो मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर गरेको जानकारी दिए। सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई ३ हजार रुपैयाँ यातायात भत्ता दिँदै आएको छ। सरकारले उनीहरुहरुलाई स्वास्थ्य बिमा समेत गराई दिएको छ ।

जनउत्थानले सुत्केरी र जेष्ठनागरीक शेयरसदस्यको कोरोना बीमा गर्ने

स्वास्थ्यसमाचार/   जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले ७० वर्ष कटेका र सुत्केरी भएका शेयर सदस्यलाई कोरोना बीमा गर्ने भएको छ । संस्थामा आबद्ध सदस्यहरुलाई कोरोना भाइरस संक्रमणको पुष्टी भए त्यसबाट हुने समस्याबाट केही राहत होस्भ न्ने उद्देश्यले एक लाखको कोरोना बीमा गरिने जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । “सुत्केरी भएको ४२ दिन भित्रका तथा ७० वर्ष कटेका शेयर सदस्यले कोरोना बीमा गर्न रु. ३ सय तिर्नुपर्नेछ र संस्थाले पनि रु. ३ सय बेहोर्नेछ, पौडयालले भनिन् ।”बीमाको लागि यही जेठ ११ गते…

रुपन्देहीमा १२ जना कोरोना संक्रमित थपिए ,९ जना एउटैपरिवारका

स्वास्थ्यसमाचार / रुपन्देहीका १२ संक्रमित लुकेर नेपाल प्रवेश गरेको खुलेको छ । आज पुष्टि भएकाहरूमध्ये १० जना गैडहवा गाउँपालिकाका हुन् । बाँकी २ जनाको भने ठेगाना खुल्न सकेको छैन । उनीरूहको भीम अस्पतालमा उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित सबै ५ देखि ७ दिनको बीचमा भारतबाट लुकेर नेपाल प्रवेश गरेको बताए । उनीहरूको बाँकी कन्ट्रयाक्ट ट्रेसिङ भइरहेको उनको भनाई छ । गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकाले तयार गरेको जोगडा माविको क्वारेन्टाइनमा रहेकामध्ये १० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । ४० जनाको परीक्षण पठाएकोमा…