लुम्बिनी प्रादेशिक अस्पतालमा दोश्रो कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल

आमा र बच्चा को अबस्था समान्य

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ । अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाले शल्यक्रियावाट बच्चा जन्माएकि हुन ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बच्चा जन्मीएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यकृया भएको थियो । शल्यक्रिया आमाको र बच्चा को अबस्था समान्य रहेको डा विष्णु गौतमले बताए । आमा र बच्चाको पिसीआर नेगेटीभ आएपछि डिसर्चाज गर्ने डा सुचना अधिारी डा गौतमले बताए। बच्चाको तौल ४ केजी रहेको छ ।

यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षिय महिलाको शल्यक्रिया वाट गरी बच्चा जन्माइएको थियो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ।यो संगै लुम्बिनी प्रादेशिक अस्पतालमा २ जनाको गर्भबती महिलाको शल्यक्रिया गरिएको छ ।

सम्बन्धित शिर्षक :