सियारी गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

स्वास्थ्यसमाचार/सियारी गाउँपालिकाले समुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि पालिका भित्र रहेका २५ ओटा समुदायिक विद्यालयहरुलाई दुई हजार तीन सय पचास ओटा सेनेटरी प्याड वितरण गरेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सेनेटारी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।महिलाहरुमा महिनावारी हुनु प्राकृतिक प्रकृया भएकोले यस सम्बन्धि भएका अन्धविश्वासलाई समाजबाट हटाउनु पर्ने बताए । ठाउँठाउँमा अझै पनि रजश्वाला सम्बन्धि गलत धराणले गर्दा महिलाहरु जोखिममा पर्ने र अकलमा ज्यानै गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष थारुको भनाई थियो । विभेद रहित समाज निर्माणका…

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बिरामीलाई फलफुल बितरण

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाइ निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत आज अस्पतालका भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण गरिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । उनले अस्पतालमा भर्ना भएका करिव ३ सय बिरामीलाई फलफुल बितरण गरिएको बताए । सप्ताहव्यापी कार्यक्रमको सुरुमा अस्पताल परिसमा सरसफाई, दोश्रो दिन फुटबल र तेश्रो दिन अस्पतालमा फलफुल वितरण गरि सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिएको पनि अस्पतालका नर्सिड…

शिवजीको मन्दिर गएनौ बिरामीको सेवागर्ने मन्दिर सरसफाईमा छौ

स्वास्थ्यसमाचार/ घाटीमा एथेस्कोप उनि सेतो एप्रोनमा बिरामीको सेवामा खटीने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा नर्सहरु आज भने हातमा पंञ्जा झाडु समातेर सरसफाई गरिरहेको थिए । पुर्वपश्चिम राजमार्गको छेउमै रहेको अस्पताल परिवरि हातमा झाडु बोकेर सरसफाई गरेको देख्दा सडको छेउछाउमा हिडने गाडिमा गुडने सबैको ध्यान उनीहरु तर्फ देखिन्न्यो ।अस्पतालका मेसु डा राजेन्द्र खनाल भन्दै थिए आज शिबरात्री भएपनि मन्दिरमा नगएर बिरामीको सेवागर्ने मन्दिर सफागर्न लागेको बताए । लेखा अधिकृत अबदुल गफफार खाँ भन्दै थिए सधै बिरामीकोमात्र उपचार गर्ने अस्पताल परिसमा आज अस्पतालको उपचार भैरहेको बताए । अस्पताल सफारहे अस्पतालमा आउने बिरामीलाई…

दादुरा रुबेला खोप अभियानः मेयरद्धारा खोप दिएर शुभारम्भ

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ । अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे । उनले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९…

बुटबल उपमहानगरद्धारा सुत्केरीलाई पोषणसंगै भत्ता

स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ संस्थामा सुत्केरी हुन आएका महिलालाई भत्तासहित पोषण सामग्री प्रदान गरेको छ । उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत बुटवलले मुलुकमै नौलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही क्रममा आइतबार बुटवल(१४, सेमलारको स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका महिलाहरुलाई भत्तासहित पोषण सामग्री प्रदान गरिएको हो । उपप्रमुख गुमादेवी आचार्यले चालु आवको पहिलो चरणमा त्यस क्षेत्रका १७ जना सुत्केरीलाई पोषण सामग्री प्रदान गरिन । गत मंसिरदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका ती महिलालाई आइतबार संयुक्तरूपमा उक्त सामग्री प्रदान गरिएको थियो । त्यसअवसरमा उपप्रमुख आचार्यले शिसु र…

बुटवल उपमहानगर द्धारा जेष्ठ नागरिक र सुत्केरीलाई घरमै गएर सेवा

स्वास्थ्यसमाचार/ बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालन भएपछि सेवाग्राहीको आकर्षण बढेको छ । सरकारी तबरका स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवाप्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेका बेलामा बुटवल उपमहानगरपालिकामा भने सरकारीमै सेवा लिनेको संख्या उल्लेख्य छ । बुटवल उपमहानगरका १९ वटै वडाहरुमा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेका छन् । साना–साना स्वास्थ्य समस्यालाई लिएर पनि उनीहरु स्वास्थ्य संस्थामा जान थालेका छन् । उपमहानगरमा रहेको विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत ५५ जना स्वास्थ्यकर्मीहरुले नियमित सेवाप्रवाह गर्दै आएका छन्…

बसन्तपुर प्रथामिक स्वास्थ्य केन्द्रमा निशुल्क बन्ध्याकरण शिबिर

स्वास्थ्य समाचार /रुपन्देहीका ओमसत्तिया गाउँपालिकामा रहेको बसन्तपुर प्रथामिक स्वास्थ्य केन्द्रमा निशुल्क परिवार नियोजन महिला तथा पुरुष बन्ध्याकरण शिबिर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको संयोजन ओम सतिया गाउँ पालिका, बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र र परिवार नियोजन संघ बुटवलको संयुक्त आयोजनामा निशुल्क शिबिर सम्पन्न भएको हो। शिविरबाट ओमसतिया गाउँ पालिकाका वडा नं ३,४,५ र ६ का ३२ जना महिलाले सेवा लिएका छन ।तिमध्ये २४जना महिलाले स्थायी परिवार नियोजन मिनिल्याप गराएका छन। शिविरमा सेवा लिन आउने सेवाग्राही तथा आफन्तहरुलाई स्वास्थ्य सस्था सम्म ल्याउन लैजाने ब्यबस्था मिलाएको बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र सुचना…

हिमचुली सहकारीको सुत्केरीलाई ५ हजार सहित पोषण राहत

स्वास्थ्यसमाचार/ हिमचुली बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुमा सुत्केरी हुने सदस्यलाई ५ हजार सहित पोषण सामाग्री बितरण गर्ने निणर्य गरेको छ। संस्थामा आवद्ध शेयर सदस्यहरुलाई २ पटक सम्म सुत्केरी राहत प्रदान गरिने निर्णय भएको संस्थाका उपाध्यक्ष बेचन प्रसाद गुप्ताले बताए । सुत्केरी राहत मात्र नभई प्रत्येक शेयर सदस्यहरुको जिवन बीमा, मेडिकल बीमा, दुर्घटना बीमा समेत गराइएको अध्यक्ष गुप्ताले बताए । बिहिबार एक कार्यक्रमको बिच संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले शेयर सदस्य स्वस्तिका भण्डारीलाई सुत्केरी राहत उपलब्ध गराएको छ। सुत्केरी भण्डारीलाई ५ हजारको चेक सहित आमालाई पोषण युक्त सामाग्री…

कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजना तथा एसएस बिएच र आम्दा नेपालको सहकार्यमा बुटबलमा ८ दिने कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु भएको छ । तालिमको एक समारोहका बिच स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५का निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले परिबार नियोजन तथा परामर्स कार्यक्रम लाई गाउँ गाउँमा पुराउन आबश्यक रहेको बताए। चेतनाको कमिको कारण परिबार नियोजनका साधान प्रयोग गर्ने समन्धमा महिला र पुरुषमा अहिले पनि बिभेद रहेको बताए । श्रेष्ठले केन्द्रिय तथ्याक अनुासार प्रदेश ५पछि रहेपनि यि र यस्तै तालिमको माध्यमबाट…

बर्दघाट नगरपालिकाको अभियान : संस्थागत सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा, नगद पाँचहजार

नवलपरासी, २२ पुष । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरुप पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियानलाई तिब्रता दिएको छ । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गर्न नगरपालिले वडास्तरबाटै अभियान संचालन गरेको हो । नगरपालिकाले तिनवटा वडा ८, ९ र १४ लाई पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिसकेको र अन्य सबै वडालाई पनि क्रमश: घोषणा गरिने नगर प्रमुख धिरजराज बस्यालले बताए ।   अभियानलाई सफल बनाउन नगरपालिकाले नगरका १८ वडामा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई रु पाँच हजार प्रोत्साहन रकम…