स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ज्येष्ठ नागरिक दिवसका अबसरमा ज्येष्ठ नागरिकलाई फलफुल बितरण गरिएको छ। अस्पतालमा आज उपचाररत बिरामी तथा बिरामीका आफन्तलाई फलफुल बितरण गरिएको हो । अस्पतालका भर्ना भएका ज्येष्ठ नागरिकलाई फलफुल र जुस बितरण गरिएको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेलले बताईन। फलफुल बितरण कार्यक्रम अस्पतालका तपसी चौधरी,चेतनारायण न्यौपाने ,श्रीराम पान्डे ,ज्योती पौडेल, नेत्र आर्चाय,राम प्रसाद अर्याल ,रुपलाल पन्थी ,नेत्रलाल पान्डे ,सुनिल खत्री ,गिता ज्ञाबली, माधुरी ज्ञाबली लगायतको सहभागी रहेको थियो। सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको…
महिला स्वास्थ्य
स्वास्थ्य सम्बन्धि गतिविधिमा उत्कृष्ट बन्यो मायादेवी गाउँपालिका
स्वास्थ्यसमाचार /आर्थिक वर्ष २०७७/०७८ मा रुपन्देहीका पालिका र अन्र्तगतका संस्थाहरुबाट सञ्चालित स्वास्थ्य सम्बन्धि गतिविधिहरु उत्कृष्ट रुपमा सम्पन्न गरे बापत स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लाका उत्कृष्ट पालिकालाई सम्मान गरेको छ । सबै गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने मायादेवी गाउँपालिका प्रथम घोषित भएको छ ।बुधबार भैरहवामा स्वास्थ्य कार्यालय भैरहवाद्वारा आयोजित एक कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मायादेवी गाउँपालिकालाई सम्मानित गरेका छन् । ३० वटा सूचकहरु मध्ये मूख्य मूख्य सूचकहरुको आधारमा मूल्याङन गर्दा र प्राप्ताङ्कको आधारमा समेत उत्कृष्ट देखिएको मायादेवी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका दोश्रो र देवदह…
लुम्बिनी प्रादेशिक अस्पतालमा ६ सयले लिए सुरक्षित गर्भपतन सेवा
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा १ बर्षमा ६सयले सुरक्षित गर्भपतन सेवा लिएका छन । सातौ सुरक्षित गर्भपतन दिवसको अबसरमा आयोजित कार्यक्रममा “सुरक्षित गर्भपतन अधिकारःमौलिक हक सुनिश्चितताको आधार“ भन्ने मुल नाराका अन्तकृर्या कार्यक्रम गरिएको छ । अन्तकृर्या कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग बिभाग प्रमुख श्रीधर आर्चायले अहिले अस्पताललमा ६सय बढीलाई सुरक्षित गर्भपतन सेवा दिएको र अझै बढी सेवा आबश्यक भएपनि दिन तयार रहेको बताए । अस्पतालका अर्काे स्त्री रोग विशेषज्ञ डा भक्त वत्सल राउतले अस्पताल भित्र आउनेलाई कानुनी आधारमा सेवा दिन कुनै समस्या नभएको बताए । अस्पतालका मेसु डा राजेन्द्र खनालले…
गुल्मीमा एम्बुलेन्स चालक कुटिए : पाण्डेयको अवस्था गम्भिर
स्वास्थ्यसमाचार/ गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालक माथि स्थानीय युवाले कुटपीट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ बर्षीय दान बहादुर पाण्डेयलाई स्थानीय लिल बहादुर अछामीले गम्भिर घाइते हुने गरेर कुटपीट गरेका हुन् । पाण्डेयको कुटपीटबाट आँखामा निल डाम छ । भने आँखा माथिको हड्डी फुटेको छ । दाँत झरेको, खुट्टा र शरिर सुन्निएको पीडितले बताए ।राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा कोभिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए । बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट…
मालिका जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा
स्वास्थ्यसमाचार/गुल्मीको मालिका गाउँ पािलकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरिएको छ । संघीय सरकारको स्थानीय तह स्वास्थ्य कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिमका मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरिएको हो । बिहीबार जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषणा गरे । उनले स्थानीय तहले नागरिकको पक्षमा थुप्रै काम गरेको बताए । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा स्थानीय तहहरूले सञ्चालन गरेका योजना र बजेट निकै महत्वपूर्ण र समाजवादउन्मुख भएको पराजुलीले बताए । मालिका गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर छन् । वडा नम्बर ६ अर्जैबाट…
आठौं राष्ट्रिय परिवार नियोजन दिवस,बुटवलमा पत्रकारसँग अन्तरक्रिया
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आठौं राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । कोभिड १९ को माहामारी ः परिवार योजना सेवामा सवैको पहुँच बराबरी भन्ने मुल नारा सहित पत्रकारहरुसँग शनिबार बुटवलमा अन्तरक्रिया गरि मनाएको हो । प्रदेश सरकारले परिवार नियोजन सम्बन्धमा विद्यालय तह, विभिन्न स्वास्थ्य संस्थाहरु मार्फत काम गर्दै आएको निर्देशक विनोद गिरीले बताए । उनले परिवार नियोजनले परिवारलाई व्यवस्थित बनाउने भन्दै यसबारे पत्रकारिता क्षेत्रले नागरिकहरुलाई सचेत बनाउनुपर्ने बताए । उक्त अवसरमा परिवार नियोजना विद डा. राजेन्द्र गुरुङले परिवारले धान्न सक्ने गरि बच्चाको संख्या र व्यवस्थापन गर्ने विधिलाई परिवार नियोजन…
आठौ राष्ट्रिय परिवार नियोजन दिवस :किन परिवार नियोजन बिकासको मुद्दा हो ?
किन परिवार नियोजन बिकासको मुद्दा हो ? “कोभिड १९ को माहामारी:परिवार योजना सेवामा सवैको पहुँच बराबरी” भम्ने मुल नाराका साथ नेपाल सरकारले यस बर्ष यहि असोज २ गते आठौ परिवार नियोजन दिवश मनाउन लागिरहेको छ। विश्वव्यापि कोरोना भाईरसको महामारिका कारण परिवार नियोजन सेवाको पहुँचमा सहजता नभएको कारण उपभोगमा ह्रास आएको हुन सक्ने केहि तथ्याङक र अध्ययनले देखाएका छन् । तर नेपाल सरकारले लकडाउनभित्रै परिवार नियोजनसम्बन्धी सेवा पनि अत्यावश्यक सेवा भनी निणर्य गरे सँगै सेवाको उपलब्धतामा बृदि भए पनि पहुँच र प्रयोगको कठिनाई एथावत नै छ। यहि बिषयलाई मध्य नजर गर्दै…
COVID-19 संक्रमणबाट शैक्षिक क्षेत्रमा सृजित चुनौती र अवसरहरू
सन् २०१९ को डिसेम्बरमा चीनको हुवान सहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण क्रमसः विश्वका सबै महादेश र प्रयास राष्ट्रहरूमा फैलियो | २०२१ को अगस्टको अन्त्यसम्म आइपुग्दा विश्वका २१६२२४३५१ मानिसहरू संक्रमित हुन् पुगे भने ४४९९१९१ (२.०८%) मानिसहरूले ज्यान गुमाई सकेका छन | यो रोगको संक्रमणलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य संघ लगायत अन्य संघ-संस्थाहरू र सरकारहरूको आहवानमा विश्वका अधिकांश देशहरूले पूर्ण तथा आंशिक निषेधाज्ञा तथा यात्रा प्रतिवन्ध लगाउने कार्य गर्दै आइरहेका छन् जसबाट स्वास्थ्य, शिक्षा, यातायात, पर्यटन, कृषि, उद्ध्योग लगायत सबैजसो क्षेत्रहरू प्रभावित भैरहेका छन | सरकारी तथा नीजि शैक्षिक संस्थाहररूबाट भौतिक…
नेपालले छोटो समयमा १५ प्रतिशत जनसंख्यालाई खोप लगाएको भन्दै डब्लूएचओले दियो बधाई
स्वास्थ्यसमाचार/सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ६४ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल,…
अफगानिस्तानबाट नेपाल फर्केका नेपालीलाई पोलियो थोपा अनिवार्य
स्वास्थ्यसमाचार /अफगानिस्तानबाट नेपाल फिरेका सबै नेपालीहरुलाई पोलियो थोपा खुवाइने भएको छ।स्वास्थ्य सेवा विभाग अन्र्तगत परिवार कल्याण महाशाखाले पोलियो विरुद्धको खोप लगाउने निर्णय गरेको हो। विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर इन्टरनेशनल हेल्थ रेगुलसनले अफगानिस्तानबाट फर्किएका सबै मानिसलाई खोप लगाउन सिफारिस गरेको हो।बालस्वास्थ्यका प्रमुख डा झलक शर्मा गौतमका अनुसार पोलियो थोपा कार्यक्रम आजैबाट शुरु गर्ने जानकारी दिए। आज अफगानिस्ताबाट आइपुग्ने सबैलाई पोलियो थोपा खुवाइने छ भने केही समय पहिले आउने नागरिकहरुलाई आफ्नो नजिकको स्वास्थ्य संस्थामा गएर खोप लिन निर्देशन दिएका छौं,’ उनले भने।महाशाखाले स्वास्थ्यकर्मीहरुलाई अफगानिस्तानबाट फर्केर आएका नागरिकको खोजी गरी पोलियोको खोप…