लुम्बिनी प्रदेशमा १३ प्रतिशत आमा अस्पताल नदेखि घरमै सुत्केरी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वाथ्य क्षेत्रमा पहुँच विस्तार भएको दावि गरिएपनि अझै १३ प्रतिशत भन्दा बढि महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ । प्रदेशका केही पालिकाहरुले ‘घरमा सुत्केरी शुन्य पालिका’ अर्थात सुत्केरी हुँदा अनिवार्य रुपमा स्वाथ्य केन्द्र, चौकी वा अस्पतालमा गराउने गरी घोषणा गरेको भए पनि सरकारी तथ्यांकबाट नै अझै महिलाहरु स्वाथ्य चौकीको पहुँच सम्म पुग्न नसकेको प्रष्ट भएको हो । लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा दक्ष प्रसुतीकर्मीबाट सुत्केरी भएका महिलाहरुको संख्या जम्मा ८७ प्रतिशत रहेको छ ।आर्थात १३ प्रतिशत महिलाहरु अझै दक्ष…

‘उन्यूका डाक्टर’ले पत्ता लगाएको क्यान्सरको औषधि

रमेश लम्साल काठमाडौँ / भक्तपुर सूर्यविनायक–१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चाहरेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् ।घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो ।तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणका बारेमा जानकारी थियो । धेरै मानिसको नजर नपरेको बिरुवा खोज्दै हिँड्नेक्रम पनि जारी थियो । सुरुमा उहाँलाई सिस्नोले तानेको थियो ।पोल्ने सिस्नोसँग मितेरी साइनो गाँसेर त्यसका बारेमा पत्ता लगाउने सुरुआती प्रयास तथ्यहरुको खोजी गर्दै जाँदा अगाडि नबढ्ने सङ्केत मिल्यो । गुरुहरुले दिएको सुझावलाई आत्मसात्…

लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा साउन १देखि टिकट बेड निःशुल्क

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक दाडमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेपछि साउन १ गतेदेखि कार्यान्वयनमा आउन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन भएको छ । ‘टिकट शुल्क नलाग्ने भएपनि विरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’ लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भने ।…

साउन १ बाट कोभिड–१९ का लागि करारमा लिइएका सबै स्वास्थ्यकर्मी हटाइने

स्वास्थ्यसमाचार/ सरकारले कोभिड (१९ उपचार तथा व्यवस्थापनका लागि विगतका वर्षबाट सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड(१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार सचिवद्वय देवकुमारी गुरागाई र डा रोशन पोखरेलको उपस्थितिमा भएको छलफलले उक्त निर्णय गरेको हो। कोभिड(१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरुबाट सञ्चालनमा आएका ६४७ स्थानीय तहका कोभिड(१० अस्थायी अस्पतालमा कार्यरत जनशक्तिका लागि साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराइने सबै स्थानीय तहलाई जानकारी गराउने, निर्णयमा भनिएको छ। यस्तै काठमाडौं उपत्यकामा कोभिड(१९ को व्यवस्थापनका लागि डेडिकेटेड अस्पतालका रुपमा रहेका शुक्रराज ट्रपिकल…

जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषयक पत्रकारिता तालिम सम्पन्न

प्रेम सुनार स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका पत्रकारहरुको तालिम मंगलबार बुटवलमा सम्पन्न भएको छ । युएसएड, सुआहरा दोश्रो र युनिसेफको आयोजना र नेपाल सरकार, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्व्यमा दुई दिन सम्म सञ्चालि ‘ जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषायक पत्रकारिता तालिमको समापन गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिको अध्यक्षता र नेपाल सरकार , स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीको प्रमुखको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथीको आशनबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका…

एकै दिन १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र ११८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन्।

थप १०२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ६०५

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ५३९ पीसीआर र १ हजार ७६ जनाको एन्टीजेन परीक्षणका क्रममा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा ३१ जना संक्रमित निको भएका छन्। देशभर हाल ६०५ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्यमन्त्रालयद्धारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।मन्त्रालयको स्वास्थ्य आपत‍्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पताललाई निर्देशन दिएका छन् । अहिलेसम्म काठमाडौं उपत्यकामा हैजाका १७ बिरामी भेटिएका छन् । विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सतर्क रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शय्याको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उनले निर्देशन…

निजामती कर्मचारी संगठन लुम्बिनी अस्पताल अध्यक्षमा खनाल

स्वास्थ्यसमाचार/ नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सीता खनाल चयन भएकी छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुको भेलाले शुक्रबार भएको भेलाले खनाललाई अध्यक्षमा चयन गरेको हो । भेलाले संगठनको उपाध्यक्षमा विरोध पाण्डे, सचिवमा सुशिल ढकाल, सह सचिवमा भेषराज बन्जाडे, कोषाध्यक्षमा गुणकला खनाललाई चयन गरेको छ । त्यस्तै, संगठनको सदस्यहरुमा वसन्ती पाठक, दीपक थापा, नारायण रिमाल, दीपेन्द्र गिरी, माधविर सिंह कार्की, सुमिन्द्र अर्याल, कमल लामिछाने निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कमिटिका महासचिव नेत्र प्रसाद आचार्यले बताए । सम्पूर्ण निर्बाचितहरुलाई नेपाल निजामति कर्मचारी संगठनका…

लुम्बिनी प्रदेश भित्र चल्ने १२० एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र चल्ने १२० वटा एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिदिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आकस्मिक विरामीलाई समयमै एम्बुलेन्स उपलब्ध गराउन एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिएको मन्त्री ईन्द्रजित थारुले वताए। मन्त्रालयले बिहिबार बुटवलमा मन्त्रालयको वार्षिक प्रगति जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थारुले एम्बुलेन्स ट्रयाकिङका लागि ‘एम्बुलेन्स नेपाल’ नामको मोवाईल एप र निःशुल्क फोन कल मार्फत एम्बुलेन्स सेवा प्रदान गर्न १०२ नम्बरको फोन सहितको प्रादेशिक प्रेशण केन्द्र स्थापना गरिएको वताए। स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दिएको वार्षिक प्रगति विवरण अनुसार…