रोहिणी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य प्रशिक्षण

स्वास्थ्यसमाचार/ प्रतिमान निमा फाउन्डेसनले रुपन्देहीको रोहिणी गाँउपालिका भित्रका स्वास्थयकर्मीहरुलाई फ्रन्टलाईन कामदारको लागि उपचार, शिक्षा, लचिलोपन र अवसरमा मानसिक स्वास्थ्य प्रशिक्षण दिएको छ । जिल्लाका ४ बटा पालिकाका स्वास्थयकर्मीलाई तालिम दिने गरी शुरु गरिएको कार्यक्रम अन्तरगत पहिलो चरणमा रोहिणि गाँउपालिकाका ७० जना स्वास्थयकर्मीलाई तालिम दिन लागिएको फाउन्डेसनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिईन । रोहिणीमा बुधबार ३७ जना र बिहिबार ३५ जना गरी ७० जनालाई तालिम दिन लागिएको उनले जानकाी दिईन ।४ बटा पालिकाका २८० जनालाई दिएपछि तालिम लिएका स्वास्थ्यकर्मीले थप १४०० जनालाई तालिम दिने उनको भनाई छ । रोहिणी पछि…

कपिलबस्तुमा झोले डाक्टरको भर पर्दा १४ बर्षिय बालकको मृत्यु

कपिलबस्तु / कपिलवस्तुका ग्रामिण भेगमा नक्कली (झोले) डाक्टरको विगविगी छ । अनुमति तथा प्रमाण विना जो सुकैले क्लिनिक खोलेर बस्छन् । प्रशासनले यस विषयमा कहिले चासो देखाएन भने जिल्ला स्वास्थ्य कार्यालय पनि कहिल्यै गम्भीर बनेन । त्यहि झोले डाक्टरको भर पर्दा शनिबार राती एक बच्चाको ज्यान गएको छ । शुद्धोधन गाउँपालिका ५ हथिहवा शिवलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो । नजिकै रहेको सहानी मेडिकल लगेर देखाए । आफुलाई डाक्टर भन्ने विनय कुमार मल्लाहले मोनसेक नामक सुइ पाखुरामा लगाइदिए । त्यसको १० मिनेटमै १४ बर्षिय छोरा दुर्गेश राजभर वेहोश भए ।…

स्वास्थ्यका सहायक देखी प्रमुख विशेषज्ञ कर्मचारीको नयाँ तलब

स्वास्थ्यसमाचार/सरकारले सरकारी सेवाका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थमन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको हो। आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने उल्लेख थियो। अर्थ मन्त्रालयले कर्मचारीको तह र ग्रेड अनुसार नयाँ तलबमान सार्वजनिक गरेको हो। अर्थले निजामती, सेना, प्रहरीसँगै स्वास्थ्य सेवाका कर्मचारीको पनि नयाँ तलबमान सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ तलब अनुसार स्वास्थ्य सेवा तर्फ अधिकृत १२औं तहका कर्मचारीको सुरु तलब ७२ हजार ८२ रुपैयाँ कायम गरिएको छ। १२ औं तहका कर्मचारीको ग्रेड संख्या र ग्रेड दर सहित…

स्वास्थ्यमा मुख्यमन्त्री केसी नेतृत्वको सरकारका ९ बुँदे उपलब्धि सार्वजनिक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले १ वर्षको अवधिमा गरेका प्रगति विवरण सार्वजनिक गरेको छ ।विभिन्न ५२ बुँदामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा स्वास्थ्य क्षेत्रमा ९ बुँदेप्रगति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकार बनेपछि एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा भएका प्रगति बारे आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण काम गरेको बताए।                                के भए स्वास्थ्यमा काम? १लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश गौरवका आयोजनाको रुपमा घोषणा। २ राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य…

हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्या बन्दै हेलचेक्र्याईं नगर्न चिकित्सकको सुझाव

स्वास्थ्यसमाचार / रोटरी क्लव अफ बुटवलको १४ सय २७ औं नियमित एवं वर्ष २०२२-२३ को सातौं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । बैठकमा गेष्ट स्पिकरको रुपमा राष्ट्रिय न्यूरो सेन्टरका निर्देशक एवं नेपाल स्ट्रोक एशोसिएशनका संस्थापक अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा उपस्थित थिए ।त्यस अवसरमा उनले हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्याको रुपमा देखा परिरहेको भन्दै समयमै स्वास्थ्य सचेतना अपनाउन र हेलचेक्र्याईं नगर्न आग्रह गरे । ब्रेन हेम्रेज अर्थात मस्तिष्कघातको जोखिममा सबै व्यक्तिहरु रहेको र यसको उपचार…

रुपन्देही पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ । गृहमन्त्री वालकृष्ण खाँणले १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरे । कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउदै उनिहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए । स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनिहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।कोभिडको महामारीमा काम गरेका स्वास्थ्यकर्मि, सरसफाईकर्मि, स्वयमसेवका, सुरक्षाकर्मिहरुलाई…

बुटबलमा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु

स्वास्थ्यसमाचार /कोरोना संक्रमितको ग्राफमा डेंगु पनि सामेल भएपछि बुटबल उपमहानगरपालिकाले लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरेको छ।बुटबल नगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पान्डेका अनुसार आज बुटबलका वडा नं ४ र६मा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरिएको बताए । अभियानमा जनप्रतिनिधि स्वास्थ्य शाखाका कर्मचारीहरु र स्थानिय हरुको सहभागी रहेको थियो।यो अभियान बुटबलका सबै वडामा संञ्चालन गरिने पान्डेले बताए ।बुटबलमा १सय १५ जना डेंगु संक्रमित रहेको पान्डेले बताए। जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)…

नवीन औद्योगिक माबिमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम

स्वास्थ्यसमाचार/  नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा व्यवस्थापन समुहमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनापुर्वक डेंगु, यसका लक्षणहरु,डेंगु भाइरस, यसको रोकथाम, सावधानीका सम्बन्धमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले प्रशिक्षण दिनु भएको थियो । व्यवस्थापन समुहका शिक्षक केशव भण्डारीको नेतृत्वमा विद्यालय परिशर र विद्यालय परिशर नजिक डेंगु बस्ने स्थानहरुको पहिचान नियन्त्रण गर्ने कार्य गरेका थिए उक्त कार्यक्रममा जुनियर इन्जिनियर विशाल रावतले सहजीकरण गर्नु भएको थियो ।

चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिमा ३ वर्षमा डेढ अर्ब खर्च

स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगले २०७७ देखि ०७९ सम्म चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस, नर्सिङलगायत) मा छात्रवृत्तिबापत डेढ अर्ब रुपैयाँ अनुदान दिएको छ । शैक्षिक सत्र २०७६/२०७७ देखि ०७९/८० सम्मका लागि १८ वटा शिक्षण संस्थाहरुलाई चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति दिन एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ रकम एकमुष्ट उपलब्ध गराएको आयोगले जनाएको छ । आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा छात्रवृत्तिको बजेट बजेट विवरण सार्वजनिक गरेको हो ।आयोगको विवरण अनुसार सबैभन्दा बढी अनुदान पाउनेमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । छात्रवृत्तिवापत प्रतिष्ठानले ४६ करोड…

असमान तलववृद्धी तत्काल सच्चाउ :राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल

स्वास्थ्यसमाचार /  सरकारले आर्थिक वर्ष ०७९र८० को वजेट वक्तव्य विपरित असमान तरिकाले तलब बृद्धी गरेको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विरोध जनाएको छ । सोमवार प्रेसविज्ञप्ती जारी गर्दै कुनै पनि बहानामा असमान किसिमले गरिने तलव वृद्धि स्वीकार्य नहुने उल्लेख गरेहको छ । महासंघले पक्षपातपूर्ण र असमान किसिमले तलब बृद्धी गरिएमा त्यसबाट सृजना हुने बिरोध र आन्दोलनका कार्यक्रमबाट निस्कने परिणामको जवाफदेही सरकार हुनुपर्ने चेतावनी दिएको छ । महासंघका महासचिव डा सन्तोष पौडेलद्धारा जारी विज्ञप्तीमा सार्वजानीक भएको नया तलवमान प्रस्तावले आम कर्मचारी र स्वास्थ्यकर्मीमा अन्यौलता छाएको उल्लेख छ ।