तिलोत्तमाका स्वास्थ्यकर्मीले छ महिनादेखि पाएनन् तलबभत्ता

स्वास्थ्यकर्मीद्धारा ज्ञापन पत्र देखी कार्यलयमा कालो पट्टी बाँधेर काम सुरु

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले छ महिनायता तलबभत्ता पाएका छैनन् । मंसिरको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी ज्ञापन पत्र देखी कार्यलयमा कालो पट्टी बाँधेर काम सुरु गरेका छन।

स्वास्थ्यकर्मीहरुले नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् । तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा अहिले ७८ जना कार्यरत छन् ।

दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि संघीय सरकारले दरबन्दी अनुसारको मात्रै तलव पठाएको छ । त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलव नपठाएको तिलोत्तमा–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख इश्वरी पौडेलले बताए ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्नेगरी ल्याएको योजना अनुसार तिलोत्तमाका १७ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएका थिए । ७ वटा स्वास्थ्य चौकीको मात्रै दरबन्दी रहेको तिलोत्तमामा १७ वटा स्वास्थ्य संस्था पुग्दा कार्यरत कर्मचारी ७८ जना पुगे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले स्वास्थ्य मन्त्रालयले दरबन्दी बाहेकका कर्मचारीको तलव नपठाउँदा समस्या भएको बताए ।

यता स्वास्थ्यकर्मीहरुले भने आफुहरु स्थानीयमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालय नजान्ने बताए । “हामीले स्थानीय सरकार जान्ने हो, स्वास्थ्य मन्त्रालय हामीले जान्दैनौं, हामीले तत्काल छ महिनादेखिको तलव पाउनुपर्छ”–स्वास्थ्यकर्मी गणेश गौतमले भने ।

स्वास्थ्यकर्मीहरुले दरबन्दी भन्दा बढी भएका पालिकाहरुमा तलव नपाएको देशभर हो। स्वास्थ्यकर्मिले आन्दोलन सरुप आज कार्यलयमा कालोपट्टी बाधेर बिरोध गरेका छन।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :