बुटवलको आम्दामा फार्मेसी, पिसिएल नर्सिङ र एचएका लागि तयारी

स्वास्थ्यसमाचार/बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ। बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभीटीसँग अनुमति माग गरिएको हो। आम्दा अस्पताल सञ्चालक समितिको  बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययनका लागि अनुमति प्राप्त हुने प्रक्रियामा रहेकाले आवश्यक काम अगाडि बढाउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। नगरप्रमुख पाण्डेयको नेतृत्वमा जापान गएको टोलीले गत जेठमा आम्दा…

लुम्बिनी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले आव २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्यका १९ बुँदा परेको छ । त्यसमा “मेरो स्वास्थ्य स् मेरो जीवन” “पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश पूर्ण ज्योति प्रदेश ५० सैयाका जिल्ला अस्पतालमामा डाईलाइसिस सेवा विस्तार मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियत र गरिबीको रेखामुनि रहेका नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य…

तिलोत्तमाका स्वास्थ्यकर्मीले छ महिनादेखि पाएनन् तलबभत्ता

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले छ महिनायता तलबभत्ता पाएका छैनन् । मंसिरको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी ज्ञापन पत्र देखी कार्यलयमा कालो पट्टी बाँधेर काम सुरु गरेका छन। स्वास्थ्यकर्मीहरुले नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् । तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा अहिले ७८ जना कार्यरत छन् । दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि संघीय सरकारले दरबन्दी अनुसारको मात्रै तलव पठाएको छ । त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलव नपठाएको तिलोत्तमा–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख इश्वरी पौडेलले बताए । तत्कालीन स्वास्थ्यमन्त्री…

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बने राजु खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री राजु खनाल नियुक्त भएका छन । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । खनाल गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ –२ (१) बाट निर्वाचित भएका थिए ।  त्यस्तै, मुख्यमन्त्री चौधरीले रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्र केश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीकोे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराइएका छ।  

अन्तराष्ट्रिय नर्सिङ दिवस:नर्सिङ पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर

स्वास्थ्यसमाचार /अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ पेशा अवसर चुनौति र समाधान विषयमा वक्तृत्व प्रतियोगिता सम्पन्न भएको छ। अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले नर्स पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर भएको बताए । नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा रहेको बताउदै लुम्बिनीका नर्सहरुले विचलित नहुन आग्रह गरेका छन् । नर्स विना स्वास्थ्य उपचार असम्भव भएको बताउदै नर्सहरुले अब अस्पतालसंगै नर्सहरुको आवश्यकता सामुदायले समेत खोज्दा दायरा फराकिलो बनेको बताए । अहिले अस्पतालसंगै कलेज, सामुदायिक संस्थाहरुले समेत नर्स राख्न थालेको र रोजगारीको क्षेत्र बढ्दै गएको…

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विद्यालय, नर्स’ कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/ पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ‘एक मध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको छ । विद्यालयमा बालबालिकाको नियमित उपस्थिति र स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट करारमा नर्स नियुक्ति गरेको हो । गाउँपालिकाले वडा-४ स्थित भैरव नवदिप माध्यमिक विद्यालयबाट गत भदौ महिनादेखी यो कार्यक्रमको सुरुवात गरेको छ । स्टाफ नर्स श्रृष्टि कार्कीलाई नर्स शिक्षकको रुपमा जिम्मेवारी दिइएको विद्यालयले जनाएको छ । विद्यालयमा नर्स शिक्षक राखेपछि नियमित पठन-पाठनमा धेरै सुधार आएको विद्यालयका प्रधानाध्यापक झलकबहादुर रायमाझीले बताउनुभयो । ‘पहिले दिनमा ५/७ जना बिरामी भई राख्थे, अभिभावकलाई बोलाएर घर पठाउनुपथ्यो’, उहाँले भन्नुभयो, ‘तर अहिले विद्यालयमै उपचार…

विवाह गर्न नमानेको भन्दैं डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या

स्वास्थ्यसमाचार/वीर अस्पतालमा कार्यरत एक जना नर्सिङ अधिकृतले प्रेमीले विवाह गर्न नमानेको भन्दैं आत्महत्या गरेकी छन् । बालाजु प्रहरीकाअनुसार विवाह प्रेमीले विवाह गर्न नमानेको भन्दैं वीर अस्पतालमा कार्यरत नर्सिङ अधिकृत अनुमा श्रेष्ठले शनिबार दिउँसो ३ः५५ बजे बालाजु बोहोराटास्थित प्रेमीकै कोठामा पुगेर आत्महत्या गरेकी हुन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालकाअनुसार उनले बालाजु बोहोराटारस्थित तीन तले घरको दोस्रो तलामा पंखामा सलले पासो लगाएको अवस्थामा फेला पारेको थियो । ‘हामीलाई अपरान्ह ४ बजे घटना खबर आएपछि प्रहरी पुग्दा उनले घरको दोस्रो तलाको डा सुजन ढकाल कोठामा पंखामा पासो लगाएको अवस्थामा पाइएको हो,’…

नेपाली नर्स तथा नर्सिङ संस्थालाई ३० हजार डलरको अवार्ड’ खुल्यो

स्वास्थ्यसमाचार/ थाइल्याण्डको प्रिन्सेस श्रीनगरिन्द्र अवार्डका लागि आवेदन खुल्ला भएको छ।प्रिन्सेस श्रीनगरिन्द्र फाउण्डेशनले प्रदान गर्ने उक्त अवार्ड नेपालको नर्सिङ क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई दिइने सूचनामा उल्लेख गरिएको हो। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले फाउण्डेसनबाट प्राप्त पत्र अनुसार बैषाख ११ गते एक सुचना जारी गर्दै नर्स तथा नर्सिङ संस्थाहरुलाई ७ दिनभित्र मन्त्रालयको आन्तरिक शाखामा आवेदन दिन भनेको छ। नर्सिङ तथा मिडवाइफरी विषयमा अध्ययन गरेकी थाइल्याण्डकी राजकुमारी सांगभल्यको सम्झनामा सन् २००० अक्टुवर २१ मा श्रीनगरिन्द्र अवार्ड फाउण्डेशनको स्थापना गरिएको थियो। अवार्डको राशी ३० हजार अमेरिकी डलर रहेको छ।

स्वास्थ्यमा ४ हजार ६सय ६६ दरबन्दी रिक्त ,२०९ कर्मचारी फाजिलमा

स्वास्थ्यसमाचार/ संघीयतापछि भएको कर्मचारी समायोजन व्यवस्थित नहुँदा स्वास्थ्य क्षेत्रका कर्मचारी कहीँ बढी र कहीँ घटी रहेको पाइएको छ। महालेखा परीक्षणकको ६० औं वार्षिक प्रतिवेदनले समायोजनपश्चात कतिपय कार्यालयमा बढी र कतिपयमा घटी कर्मचारी रहेका अवस्था अझै यथावन् रहेको जनाएको हो। स्वास्थ्य सेवा ऐनमा कुनै पनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिना भन्दा बढी अवधिसम्म कार्यालयमा राख्न नहुने उल्लेख भएपनि स्वास्थ्य तर्फका २०९ कर्मचारी फाजिलमा रहेको महालेखाले जनाएको छ। स्वास्थ्य तर्फ ३१ हजार ५९२ दरबन्दी रहेकोमा संघ, प्रदेश र स्थानीय तहमा २६ हजार ७१७ जना कर्मचारी समायोजन भएको र ४ हजार ६६६…

श्रृगा स्वास्थ्य केन्द्र गुल्मी :स्वास्थ्यकर्मि २४ करार २३तालिम प्राप्त सुन्य

स्वास्थ्यसमाचार/गुल्मीको श्रृगा प्राथमिक स्वास्थ्यकेन्द्रमा बर्थिङ सेन्टरमा एसबीए तालिमप्राप्त स्वास्थ्यकर्मी छैनन्। “स्वास्थ्यकेन्द्रमा एसबीए र अन्य सुविधा भएपनि तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा जोखिम मोलेर सुत्केरी गराउने वा जिल्ला अस्पताल तम्घासमा जान बाध्य छन।” प्रसूति सेवाकै लागि सरकारले तालिम दिएर तयार पारेका स्वास्थ्यकर्मीहरू ग्रामीण क्षेत्रका बर्थिङ सेन्टरहरूमा बस्न नमान्दा यस्तोे स्थीति श्रृजना भएको हो । जिल्ला सदरमुकाम तम्घास भन्दा करिब ३५ किलोमिट टाढा रहेको श्रृगा प्राथामिक स्वास्थ्यकेन्द्रमा सुबिधा सम्पन्न भबन छ।डिजीटल एक्सरे बाहेक अरु उपकरण छन। स्वास्थ्यकर्मि पनि २४ जना रहेका छन।तर नेपाल सरकारको १ जना अहेब रहेको त्योपनि सरुवा भएर अनेत्र जान लागेको…