स्वास्थ्य सेवा बिभागद्धारा ९सय २८ स्वास्थ्यकर्मीको स्तरवृद्धि

स्वास्थ्यसमाचार/  स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाको चौथो र पाँचौं तहका ९ सय २८ जना कर्मचारीको बढुवा गरेको छ।विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो। अहेव, ल्याब टेक्निसियनलगायतका सहायकस्तरका कर्मचारीहरुको स्तरवृद्धि भएको हो। बढुवाको सुची हेरौ । स्वास्थ्य विभागले गर्यो ९ सय २८ कर्मचारीको स्तरवृद्धि

निक साइमन्स अवार्डका लागि आवेदन खुल्यो मंसिर भित्र दिन सकिने

स्वास्थ्यसमाचार/ निक साइमन्स अवार्डुका लागि आवेदन खुलेको छ। ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अवार्ड प्रदान गरिने छ। सेवाको गुणस्तरमा सुधार गर्न गरिएका कार्यहरु, संस्थाको पूर्वाधार विकासको लागि गरिएका कार्यहरु, अन्य सामाजिक कार्यहरु र सरोकार वालाहरुसँग मिलेर विकास लागि गरिएका कार्यहरु सामाजिक स्वास्थ्य सेवाको टेवा पुऱ्याउन गरेको कार्यहरु आवेदनमा उल्लेख गर्नुपर्ने छ। निक साइमन्स अवार्ड छनौटको लागि मंसीर मसान्त भित्र आवेदन दिनुपर्नेछ। यस्तो छ आवेदनको ढाँचा

स्वास्थ्य सेवा विभागद्धारा ४सय ९० नर्सको छैठौ तहमा बढुवा (सूचीसहित)

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ४सय ९० जना नर्सको स्तरवृद्धि गरको छ। स्वास्थ्य सेवा बिभागले २०७९ आषाढमा दर्ता भै पाँचौबाट छैठौ तह लगायतमा स्तरवृद्धि गरेको हो । ४९० नर्सको सरुवा (सूचीसहित)नर्सिङ स्तरवृद्धि पाँचौबाट छैटौं..

स्वास्थ्य सेवा विभागद्धारा १२ सय २४ अनमी पाँचौ तहमा बढुवा

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले एकै पटक १२ सय २४ अनमी नर्सिङ सहायक चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि गरेको छ । बिहिबार विभागले सार्वजनिक गरेको विवरणमा चौथो तहका अनमिहरुलाई पाँचौ तहको सिनियर अनमिमा स्तरवृद्धि गरेको हो । हाल स्तरवृद्धि गरिएका अनमीहरुको गत असारमा स्तरवृद्धि फारम भराइएको थियो । बढुवा सूची यो लिंकबाट हेर्नूहोस्.. २०७९-आषाढमा-दर्ता-भै-स्तरवृद्धि-गर…-नर्सिङ-चौथोबाट-पाँचौ-अनमी-तर्फका-कर्मचारीको-विवरण

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५० जना कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५० जना कर्मचारीको सरुवा गरेको छ। स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक अहेब अनमी स्टाफ नर्स आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको काजसरुवा/सरुवा गरिएको हो। काजसरुवा÷सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरिएको छ। लुम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्य सेवाका विभिन्न सेवा,समुह,तहका कर्मचारीहरुको सरुवा तथा कामकाज विवरण  सरुवा विवरण हेर्न यहाँ क्लिक गर्नूहोस्

प्रजनन स्वास्थ्य र अधिकारमा पहुँच पुर्याउन प्रदेश सरकार प्रतिवद्ध :मन्त्री थारु

स्वास्थ्यसमाचार/ परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सबैको पहुँच पुर्याउन लुम्बिनी प्रदेश सरकारले प्रतिवद्धता व्यक्त गरेको छ । साथै स्थानीय सरकारले पनि प्रदेश सरकार सगँ सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल परिवार नियोजन संघ नेपालको आयोजना तथा जिल्ला शाखा दाङको समन्वयमा आज घोराहीमा आयोजित प्रदेश स्तरीय परिवार योजना, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि प्रदेश स्तरीय पैरवी कार्यशाला गोष्ठी समपन्न भएको छ । उक्त कार्यक्रममा प्रदेशका मन्त्रीदेखि स्थानीय सरकारका जनप्रतिनिधिहरुले प्रजनन स्वास्थ्य र अधिकारमा नागरिकको पहुँच पुर्याउने कुरामा जोड दिदै यसलाई सहजीकरण गर्ने…

स्वास्थ्य मन्त्री थारुद्धारा प्रोटेवल अल्ट्रसाउण्ड मेसिन हस्तान्तरण

स्वास्थ्यसमाचार / प्रदेशका ग्रामीण क्षेत्रका महिलाहरुले आफ्नो गर्भावस्थाको बारेको जानकारी नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारले पालिका स्तरमा अल्ट्रासाउण्ड कार्यक्रम लागू गरेको छ । मङ्गलवार गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकिले आयोजना गरेको एकिकृत स्वास्थ्य तथा सरसफाई कार्यक्रमअन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड उद्धघाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले बाल मृत्यु दर र मातृ मृत्यु दर घटाउन र अनिवार्य स्वास्थ्य सेवाको रुपमा रहेको सुरक्षित मातृत्व कार्यक्रमलाई लुम्बिनी प्रदेशमा प्रभावकारी बनाउनका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम लागू गरिएको बताए । उनले यो प्रविधिको प्रयोग गरेर ग्रामीण क्षेत्रका गर्भवती…

लुम्बिनी प्रादेशिक अस्पताल संयुक्त ट्रेड युनियन कर्मचारीद्धारा संघीय निजामती सेवा ऐन जारी गर्न माग

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत संयुक्त ट्रेड युनियन आवद्ध स्वास्थ्यकर्मीहरुले निजामती ऐन छिटो ल्याउनुपर्ने माग गरेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीहरुले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी दवाव दिने उदेस्यले कालोपट्टी बाँधेर बिरोध जनाएका हुन। नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशीक अस्पताल प्रारम्भिक कमिटीकी अध्यक्ष सिता खनालले निजामती सेवा ऐनविहीन अवस्थामा मुलुकको स्थानीय संरचना क्रियाशील रहेकाले जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने वताईन । नेपाल स्वास्थ्यकर्मि संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई कमिटीका अध्यक्ष भिम प्रसाद ज्ञवालीले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी गर्नु पर्ने बताए।उनले सरकारले…

लुम्बिनीका ५ जिल्लामा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व सरकारले आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाईने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो। मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ। बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ। यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो।

स्वास्थ्य क्षेत्रको सेवालाई सुधार गर्न मुख्यमन्त्री केसीको निर्देशन

स्वास्थ्यसमाचार /मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य क्षेत्रको सेवालाई सुधार गर्नका लागि निर्देशन दिएका छन। मुख्यमन्त्री केसीले मन्त्री र सचिवहरुलाई निर्देशन दिदैँ स्वास्थ्य क्षेत्रको सेवालाई सुधार गर्नका लागी लाग्नु पर्ने वताएका हुन। मुख्यमन्त्री केसीले भने जनताको उपचारलाई सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागी सबै अस्पतालहरुलाई निर्देशन दिनका लागि मन्त्रालयलाई निर्देशन गरे । उनले स्वास्थ्यमन्त्री स्वास्थ्य सचिबलाई निर्देशनदिदै भने प्रदेशमा जनताको जीवनलाई समृद्ध बनाउनको लागि कार्य विधि अप्ठ्यारो हुने गरी भन्दा पनि सेवा प्रवाह र कार्यन्वयको हकमा सहज बनाउनको लागि सबै लाग्नु पर्ने बताए। उनले भने कार्य विधि सबै मन्त्री परिषद्को बैठकमा नलिनुहोस…