बैदेशिक रोजगारीका लागि बेलायत जान ४५ जना नेपाली नर्स छानिए

स्वास्थ्यसमाचार /रोजगारीका लागि बेलायत लैजाने सरकारी प्रक्रिया ४५ जना नेपाली नर्सले पार गरेका छन्। करीव चार महिना अवधी राखेर साउनको पहिलो साता बैदेशिक रोजगार बोर्डले मागेको आवेदनमा ८२ जनाको परेको थियो। ती मध्ये ७१ जना अन्तर्वार्ताका लागि योग्य देखिएका थिए। त्यसमध्ये ६० जनाले मात्रै प्रत्यक्ष उपस्थित भएर अन्तरवार्ता दिएको र त्यसमा ४५ जना मात्रै पास भएको बैदेशिक रोजगार विभागले जनाएको छ। उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो।त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल तथा नेशनल हेल्थ सर्भिस (एचएचएस) फाउण्डेशन ट्रष्ट इङ्गल्याण्डका प्रतिनधीले अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्ताबाट ४५ जना पास पास भएको…

लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ प्रमुख सहित ५ जनालाई सम्मान

स्वास्थ्यसमाचार/रोट्र्याक क्लब अफ बुटवल डाउन टानले हिन्दु नेपाली नारिहरुको महान पर्ब हरितालिका तिजको अबसरमा तिज मिलन तथा सम्मान गरेको छ । पछिल्लो समय तिज पर्व भड्किलो र तडक भडक बनिरहेको अवस्थामा सामान्य तरिकाले पनि तिज मनाउन सकिन्छ भन्ने सकारात्मक सुदेश प्रवाह गर्न र विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाइ सम्मान गर्ने उदेश्यले तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको क्लचले जनाएको छ । स्वास्थ क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताल कि नर्सिङ प्रमुख ज्योति पौडेल शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै बेबी स्टार मन्टेश्वरीकि प्रिन्सिपल गिता बन्जाडे , बैकिङ क्षेत्रमा नेपाल बैंक लिमिटेड बुटवल शाखाकी …

रोशनी लक्ष्मी तुइतुईलाई ५० हजार राशीको निजामती सेवा पुरस्कार

स्वास्थ्यसमाचार/यसवर्षको निजामती सेवा पुरस्कारबाट स्वास्थ्य संस्थामा कार्यरत दुई जना कर्मचारी पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासक डा रोशनी लक्ष्मी तुईतुई र भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत जवाहर लाल अहिर रहेका छन् । यो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ । सरकारले निजामती सेवा दिवस २०८० को अवसरमा यसवर्ष उत्कृष्ठ निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना गरी कुल ४० जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सर्बोत्कृष्ठ निजामती सेवा पुरस्कार भने यसवर्ष…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ५१जना स्टाफ नर्सलाई स्वागत

स्वास्थ्यसमाचार /प्रदेश लोकसेवा आयोगबाट लुम्बिनी प्रादेशिक अस्पतालमा आएका ५१ जना नर्सलाई स्वागत गरिएको छ। लामो समय देखी दरबन्दी रहेको तर नर्स अभाब भैरहेको बेला प्रदेश लोकसेवा आयोगले अस्पतालबाट मागको आधारमा नर्सहरुलाई अस्पतालमा पठाएको हो। स्थायी रुपमा सिफारिसलीइ नवनियुक्त (स्टाफ) नर्सलाई आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ। अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्री अस्पताल प्रशासकिय अधिकृत राजन केसी नर्सिङ्ग प्रमुख ज्योति पौडेल ले उनीहरुलाई स्वागत गर्नु भएको छ। स्वागत कार्यक्रमा बोल्दै मेसु डा थापाले नर्सिङ्ग पेसा सेवा भएकोले मुस्कान सहितको सेवा दिन नब प्रबेशीलाई आग्रह गर्नु भयो। अस्पतालका नर्सिङ्ग…

बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सेर सेवा नि:शुल्क

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गर्नुभयो। सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रमअन्तरगत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताउनुभयो। उहाँले बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताउनुभयो। उहाँले महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर…

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘समायोजन र मिलान भएका कर्मचारी फिर्ता गर्ने कानुनी आधार छैन’

  स्वास्थ समाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाहरुलाई  साबिक बमोजिम हाजिर गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ। सबै स्थानीय तहलाई पत्र लेख्दै मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्र अनुसार गर्न अनुरोध गरेको छ। समायोजन भएका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मूल परिपत्र समेतलाई ध्यानमा राखी प्रचलित कानूनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरूलाई कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्ने कानूनी आधार नभएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नुहुन मन्त्रीस्तरको  निर्णयानुसार अनुरोध छ।’ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ।

रिटायर्ड नर्स कमला बनिन रोटरी क्लब अफ बुटवल डाउन टाउनको अध्यक्ष

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालवाट रिटायर्ड भएको केहि महिनामा रोटरी क्लब अफ बुटवल डाउन टाउनको अध्यक्ष कमला हमालले निबाचित भएकी छन। क्लबको २२ औ तथा दोस्रो महिला अध्यक्षका रुपमा वर्ष २०२३/२०२४ का नवनिर्वाचित अध्यक्ष कमला हमालले निर्बाचित भएकी हुन। लुम्बिनी प्रादेशिक अस्पतालमा ४ दशक लामो नर्स सेवा दिएकी उनी रुपन्देहीका सामाजिक संघसंस्थामा आवद्ध छिन् । बुधबार कार्यक्रमको एक समारोहका बीच रोटरी ईन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले वर्ष २०२३/२०२४ का नवनिर्वाचित अध्यक्ष कमला हमाललाई पदस्थापन गराए । कार्यक्रमको उदघाटन गर्दै डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले रोटरीको मुलमन्त्र स्वार्थभन्दा माथि सेवाको…

सीटीईभीटीद्धारा नर्सिङ, एचए र फार्मेसीको शुल्क बृद्धि, कसको कति ?

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए)र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको छ । सीटीईभीटीले  सूचना प्रकाशित गर्दै शुल्क बृद्धि भएको जानकारी दिएको हो ।सीटीईभीटीले नर्सिङ तर्फ करीब डेढ लाख रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ । बढेको शुल्क अनुसार अब प्रमाणपत्र तह नर्सिङको तीन वर्षे अध्ययन् पुरा गर्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क लाग्ने भएको छ । यसअघि नर्सिङ अध्ययनका लागि ४ लाख ७५…

सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रले औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन सेवा संचालन गर्ने स्वास्थ्य संस्थाका स्टाफ नर्सहरुका लागि ५ दिने तालिम संचालन गरेको छ । नेपालगन्जको भेरी अस्पतालमा संचालित तालिमका सहभागीहरुलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा उर्मिला अर्याल, डा। नवीन बुढाथोकीले प्रशिक्षण दिएका थिए । तालिममा बाँके बर्दिया र दाङका विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरु सहभागी भएका छन् । नेपाल सरकारले सन् २००२ देखि सुरक्षित गर्भपतन सेवालाई कानुनी रुपमा मान्यता दिएको थियो । औषधिद्वारा गरिने गर्भपतन सेवा सन् २००९ देखि सुरू भएको हो । यो सेवा अहिले लुम्बिनी…

९ देखि १४ वर्षका किशोरीलाई लगाउन पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी )खोप आइपुग्यो

स्वास्थ्यसमाचार/सरकारले खरीद गरेको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप नेपाल आइपुगेको छ । भबिस्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप दिने भनेको थियो । सोही अनुसार यसपटक २० हजार भाइल खोप आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तका आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले केही बेर अघि २० हजार भाइल एचपीभी खोप आइपुगेको बताए । यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको…