नेपालगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा सोनी विजयी

स्वास्थ्यसमाचार/ बाँकेस्थित नेपालगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अखिल क्रान्तिकारीकी दिपिका सोनी निर्वाचित भएकी छिन्। आइतबार भएको निर्वाचनमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सोनी विजयी भएकी हुन्। उनको ८१ मत आएको छ। उनकी प्रतिस्पर्धी निलिमा गिरीले ७८ मत ल्याएकी छिन्। उनी नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुकी उम्मेदवार हुन्। सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भएकी छ्न्।कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघकी रेलुसा खत्री विजयी भएकी छिन्। सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी निर्वाचित भएका छन्।क्याम्पसमा आइतबार भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ। क्याम्पसमा…

राप्ती स्वास्थ्य विज्ञानलाई नर्सिङ अध्यापन अनुमति

स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ। चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसका लागि २० र बिएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको हो । आयोगको फागुन १४ गते बसेको बैठकले पठनपाठनका लागि सिट निर्धारण गरेसँगै प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सुरू गर्न लागेको हो । योसँगै प्रतिष्ठानमा शैक्षिक कार्यक्रम पठनपाठनको ढोका खुला भएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले बताउनुभयो। प्रतिष्ठान स्थापना भएसँगै जिल्लामा शैक्षिक कार्यक्रम सञ्चालनका लागि पहल थालिएको थियो भने पटक–पटक दबाबमूलक कार्यक्रम पनि भएका थिए । लामो समयसम्म…

स्वास्थ्य सेवा विभागद्धारा १८३ जना नर्सिङ कर्मचारीको स्तरबृद्धि

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवा विभागले १८३ जना नर्सिङ कर्मचारीको छैटौ तहमा स्तरबृद्धि गरेको छ । विभागले गत २०७९ पुस महिना सम्ममा योग्गता पुगेका नर्सिङ पाँचौ देखि छैटौँ तहमा स्तरबृद्धि गरेको जनाएको छ । विभागले स्वास्थ्यमा हरेक बर्ष दुई पटक स्तरबृद्धिका लागि निवेदन माग्ने र त्यसको अध्ययन पछि स्तरबृद्धि गर्ने चलन छ । हेर्नुहोस स्तरबृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरु

प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्छु : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्ने बताउनु भएको छ। रुपन्देहीको देवदहमा स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम को उदघाटनमा बोल्दै मन्त्री पन्थीले प्रदेशको स्वास्थ्य निति सेवा अस्पतालका भौतिकपुर्वाधारका लागी मन्त्रालयले बिषेश काम गर्ने बताउनु भयो। उहाले खोपजस्तो संबेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मी सर्तक र सचेत रहेर काम गर्नुपर्ने बताउनु भयो। स्वस्थ्यकर्मीलाई तालिमले सेवामा थप दक्ष बनाउने बताउनु भयो। उहाले सबै स्वच्छ र निरोगी भए देशको अर्थतन्त्रमा समेत सुधार आउने भएकोले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन आफु लाग्ने समेत…

लुम्बिनी प्रादेशिक अस्पतालमा ६१ औं नेपाल नर्सिङ दिवस मनाईयो

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ बुटबल ईकाई र लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघको आयोजनामा बुटबलमा६१ औं नेपाल नर्सिङ दिवस मनाईएको छ।’जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ आज ६१ औं नेपाल नर्सिङ दिवस मनाईएको हो । नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले नर्सिङ क्षेत्रको समस्या समाधानको लागि अस्पताल लागी रहेको बताउनु भयो उहाले अस्पतालबाट पाउने सेवा सुबिधाका लागी तथा माग भए अनुसारका तालिमहरु दिईने बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईले नर्सहरु अझै परिस्कृत हुनुपर्ने…

स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी ४ दिने तालिम सम्पन्न

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम समापन भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका २३ जना स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो । तालिमको समापन कार्यक्रमका बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई…

स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि (बढुवा )भएको छ । बिहीबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ४ सय ५ जना नर्सिङ कर्मचारीहरुको सूची प्रकाशित गरेको हो । वि सं २०७९ असारमा महिनामा दर्ता भई कैफियतमा रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौं तहमा स्तरवृद्धि भएको विभागले जनाएको छ । हेर्नोस बढुवा भएका नर्सिङ कर्मचारीहरुको सूची स्वास्थ्य सेवाका कर्मचारी स्तरवृद्धि विवरण

लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढे ,२० वर्ष मुनिका १० प्रतिशत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्ष मुनिका महिला झण्डै दश प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाहरूको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या नौ दशमलव ६ प्रतिशत देखिएको छ ।प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४/ ०७५ मा ६ दशमलव दुई प्रतिशत रहेकोमा पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव ६ प्रतिशतमा पुगेको देखिएको छ । सूचीकृत…

समायोजन मिलानका कर्मचारी अपुग तलब स्वास्थ्य मन्त्रालयले पठाउने

स्वास्थ्यसमाचार/ समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले भकाभक फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ । ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत उल्लेख छ । मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै ७५३ स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरिसकेको छ । ‘समायोजन÷समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट…

अपाङ्गता मैत्री मातृत्व स्वास्थ्य सेवा सञ्चालन निर्देशिका सार्वजनिक

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ।  सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो। निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए। उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्‍याउने भन्ने…