भीम अस्पतालको अक्सिजन प्लान्ट स्वास्थ्यमन्त्री थारुद्धारा उद्घाटन

स्वास्थ्यसमाचार/ भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको एक कार्यक्रमकाबीच बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री थारुले कोरोना महामारीमा आवश्यक अक्सिजन उत्पादन हुन नसक्दा नागरिकस्तरबाटै हामी आफै अक्सिजन प्लान्ट स्थापना गर्छौं भन्ने भनाइ आएको बताए । उनले स्थानीय तहहबाट जनताको दबाबमा आवश्यकता अनुसार आफै प्लान्ट स्थापना गर्छौं भन्ने स्तरसम्म छलफल चलेको बताए । मन्त्री थारुले अहिले पनि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति…

रोहिणी गाउँपालिकामा स्वास्थ्य बीमा संयोजन समिति गठन

स्वास्थ्यसमाचार/  नागरिकको स्वास्थ्य बीमामा सहजीकरण गर्ने उद्देश्य सहित रोहिणी गाउँपालिकामा स्थानिय तह स्वास्थ्य बीमा संयोजन समिति गठन भएको छ । स्थानिय तह स्वास्थ्य बीमा संयोजन समिति सञ्चालन कार्यविधि २०७८ लागु भए पछि देशमै पहिलो समिति गठन गरिएको गाउँपालिकाको दावी छ । स्थानिय तहमा स्वास्थ्य बीमा सम्बन्धि कार्यक्रम कार्यान्वयन गर्न सहजीकरण गर्ने लगायतको कार्य गर्नको लागी समिति गठन गरिएको हो । कार्यविधिमा ब्यवस्था भए अनुसार रोहिण गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । समितिको सदस्यहरुमा वडा अध्यक्षहरुको तर्फबाट…

अमेरिकाबाट फाइजर खोपको एकलाख मात्रा नेपाल आइपुग्यो, कात्तिक २८ गतेपछि लगाउने

स्वास्थ्यसमाचार/ गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ। कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको हो। हालसम्म विकास भएका कोभिड खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण भनिएको फाइजर खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घरोगिहरूलाई उपलब्ध गराइने सरकारको भनाइ छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फाइजर खोप नेपालभरिका २४ वटा अस्पतालमा खोप केन्द्र राखेर वितरण अभियान थालिनेछ। खोपको दुवै मात्रा प्राप्ति सुनिश्चित गर्नका लागि उपलब्धमध्ये आधा खोप पहिलो चरणमा लगाइने र पहिलो मात्रा लगाएको २१ देखि २८ दिनको अन्तरालमा…

अर्घाखाँचीको शितगंगामा झाडापखलाको प्रकोप,५३ जना बिरामी

स्वास्थ्यसमाचार /अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–११ खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् । खयरवट्टी स्थानीयमा झाडापखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि शितगंगा नगरपालिकाको स्वास्थ टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको थियो । हालसम्म ५३ जना बिरामी परेको र गम्भीर बिरामी भएका पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरेर उपचार भइरहेको शितगंगा नगरपालकाको स्वास्थ शाखा सहसंयोजक दामोदर ढकालले वताए । प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरी लगायतको स्वास्थकर्मी टोली प्रभावित क्षेत्रमा पुगेर उपचार गरेका हुन् । दुषित पानीका कारण झाडापखला फैलिएको हुन सक्ने चिकित्सक चौधरीको अनुमान छ ।…

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह नियुक्त

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा। दीपेन्द्ररमण सिंह नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयमा रहेका डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। डा सिंहलाई आज महानिर्देशकको पत्र दिइएको मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।विभागका निमित्त महानिर्देशक डा। आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिएपछि डा। सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो। यसअघिका महानिर्देशक डा। बिच्छाले कार्तिक ६ गतेबाट अनिवार्य अवकाश पाएसँगै बिच्छाको अवकाशकै दिन पारेर डा। सिंहलाई विभागको महानिर्देशकमा पठाइएको हो। डा बिच्छाको सेवा अवधि सकिए पनि सरकारले उनको सेवा तीन वर्ष थप गरेको छ। यसरी सेवा अवधि थप भएका…

लुम्बिनी प्रादेशिक अस्पतालमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा डेंगु र स्क्रब टाइफसका बिरामी देखिएका छन ।कार्तिक महिना सुरुभएपछि डेंगु र स्क्रब टाइफसका बिरामी देखिएका हुन।कोरोना संक्रमणको जस्तै ज्वरो आउने लक्षण हुने यी दुवै रोगका बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बढेका छन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दैनिक ज्वरो आएर भर्ना हुने १० बालबालिकामध्ये ३ जनामा स्क्रब टाइफस देखा परेका छन । डेंगुका बिरामी पनि उपचारका लागि आउने गरेको चिकित्सकहरुले बताए । ठूला उमेरका बिरामीभन्दा बालबालिकामा स्क्रब टाइफस बढी देखिएको छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. नेत्र रानाले भने अस्पतालमा दैनिक भर्ना हुने…

पोलियो दिवसमा बुटवलमा रोटरीको जनचेतनामूलक र्‍याली

स्वास्थ्यमाचार /विश्व पोलियो दिवसका अबसरमा बुटवलमा जनचेतनामूलकर्‍याली निकालिएको छ । रुपन्देहीका १९ वटा रोटरी तथा रोट¥याक्ट क्लवहरुले संयुक्तरुपमा ¥यालीको आयोजना गरेका हुन् । ¥यालीको अगुवाई भने रोटरी क्लव अफ बुटवलले गरेको थियो । रोटरी इन्टरनेशनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । सन् २०१० को अगस्त १० मा नेपाल पोलियोमुक्त राष्ट्र घोषित भइसकेको छ । तर नेपाल…

तिलोत्तमा आँखा उपचार केन्द्र स्थापना नगरप्रमुख द्धारा उद्घाटन

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका –२शंकरनगरमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको व्यवस्थापन र तिलोत्तमा नगरपालिकाको सहयोगमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । आँखा उपचार केन्द्रको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । नगरप्रमुख घिमिरेले आँखा उपचार केन्द्र स्थापनाले यस क्षेत्रका आँखासम्बन्धि रोगका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले नेपाल नेत्र ज्योति संघ, श्री रण अम्बिका शाह आँखा अस्पताललाई धन्यवाद दिए । नगरप्रमुख घिमिरेले तिलोत्तमामा स्थापना गरिएको आँखा उपचार…

धुर्काेट गाउँपालिकामा ७ जना स्वास्थ्यकर्मीको माग, कुन पदमा कति?

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्काेट गाउँपालिकाले बिभिन्न तहका स्वास्थ्यकर्मी माग गरेको छ। धुर्काेट गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ७ जना स्वास्थ्यकर्मी माग गरेको हो। माग गरेका स्वास्थ्यकर्मीमा स्टाफ नर्स १ रेडियोग्राफर १ अहेब १ अनमी  चौथो तह २ जना माग गरेको छ भने ल्याब असिस्टेन्ट चौथो तहमा १ जना माग गरेको छ । विज्ञापन खुलाइएको १५ भित्र आवेदन दिनुपर्नेछ।

बालबालिकालाई कात्तिक ७ र ८ मा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

स्वास्थ्यसमाचार/सरकारले कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ।सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर यो वर्ष भने दसैंको बिदाले ४ दिन ढिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ।आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ। कोरोना संक्रमणको…