लुम्बिनी प्रदेशका ७ अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने [सूची]

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि निःशुल्क उपचार हुने लुम्बिनी प्रदेशमा ७ वटा अस्पताल को सूची सार्वजनिक गरेको छ ।मन्त्रालयले लुम्बिनी प्रदेशका ७ वटा अस्पतालाई सूचीकृत गरेको छ्।मन्त्रालयले यी अस्पतालमा उपचार भएको बिरामीको संख्याका आधारमा रकम उपलब्ध गराउने छ। मन्त्रालयले समान्य लक्षण भई अस्पताल भर्ना भएका बिरामीको उपचार गरेवापत ३ हजार ५००, मध्यम जटिल बिरामीको उपचार गरेवापत ७ हजार र जटिल र क्रिटिकल बिरामीको उपचार गरेवापत १५ हजार उपचार शुल्क उपलब्ध गराउने गरेको छ।संक्रमितको निःशुल्क उपचार गरेबापत सरकारले ती अस्पताललाई मासिक रूपमा शोधभर्ना रकम उपलब्ध गराउने गरेको छ…

डेंगुले लग्यो पाल्पामा वडा सदस्यको ज्यान

स्वास्थ्यसमाचार /रम्भा गाउँपालिका–१ पाल्पाका वडा सदस्य हुमबहादुर सिंजालीको डेंगुको कारण मृत्यु भएको छ ।रम्भा–१ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । ५७ वर्षीय सिंजालीको उपचारका क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । डाइलासिस गर्नुपर्ने अवस्था सिर्जना भएको र अन्तिम अवस्थामा रोग पहिचान भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । हात दुख्ने समस्या देखिएर स्याङ्जाको गल्याङ सामुदायिक अस्पताल पुगेका सिंजालीलाइ पट्टी बाँधेर अस्पतालले घर फर्काएको थियो । पछि पुनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाई तानसेनको युनाइटेड मिसन…

कोभिड खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनुपर्छ : अर्थमन्त्री शर्मा

स्वास्थ्यसमाचार /अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा वताएका छन। आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको मन्त्री स्तरीय बैठकलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो वताएका हुन । अति कम विकसि देशहरुको लागि कोभिड १९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ ।अति कम विकसित देशहरुको आपूर्ति व्यवस्था, कमजोर उत्पादक क्षमता, अपर्याप्त लगानी तथा डिजिटल डिभाइड (अर्थात…

लुम्बिनीको स्वास्थ्य मन्त्री इन्द्रजित थारु राज्यमन्त्री विमला वली

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारकल्याण मन्त्री इन्द्रजित थारु र राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली भएका छन । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । स्वास्थ्य जनसंख्या तथा परिवारकल्याण मन्त्री इन्द्रजित थारु दाङ क्षेत्र नं. १ वाट निर्वाचित सांसद हुन् । तत्कालिन मुख्य मन्त्री शंखर पोखे्रलले बैसाख ६ गते पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गरेका थिए । बैसाख ६ गते पहिलो पटक स्वास्थ्य मन्त्रालय स्थापना गरीएपछि लुम्बिनी प्रदेशमा दुई साता मै तीन मन्त्री…

राष्ट्रिय स्वास्थ्यकर्मी संघ तिलोत्तमा नगर अध्यक्षमा केशव भट्टराई

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी संघ तिलोत्तमा नगरस्तरीय नगर भेला तथा कार्यसमिति गठन भएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी संघरुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पोखरेलको अध्यक्षता एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही ईन्र्चाज दधिराम न्यौपानकोे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै न्यौपानेले स्वास्थ्य क्षेत्रमा भएका बिकृति र बिसंगतीहरुलाई हटाउन संगठनको भुमिका महत्वपुर्ण हुने र सबै स्वास्थ्यकर्मिहरु त्यहि अनुसार लाग्नु पर्ने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिका नगरप्रमुख वासुदेब घिमिरेले नगर उपप्रमुख जागेश्वरी देबी चौधरी तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल नेपाल नेपाल स्वास्थ्य प्राबिधिक संघका महासचिब भास्कर आत्रेय राष्ट्रिय स्वास्थ्यकर्मी संघ का केन्दीय सदस्य चिन्तामणि ज्ञवाली र…

भारतबाट आज १० लाख डोज कोभिसिल्ड खोप आउँदै

स्वास्थ्यसमाचार/ सरकारले गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आइपुग्ने भएको छ। खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप नेपाल आउन लागेको हो। सरकारले गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिदका लागि रकम पठाएको थियो। जसमध्ये १० लाख डोज खोप मात्र नेपाल आएको छ। स्वास्थ्य सेवा विभागका अनुसार बाँकी १० लाख डोज खोप आज आउन लागेको हो।‘आज २ बजेपछि खोप एयरपोर्ट आइपुग्ने जानकारी पाएका छौँ ,’ व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बढेबाबु थापाले भने। भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा…

नेपाललाई कोरोना मुक्त बनाउन ध्यान केन्द्रित गर्छु : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्यसमाचार/नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने बताए। नवनियुक्त मन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरूलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गरे। शुक्रबार साँझ सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरूलाई समयमै सम्पन्न गर्ने काममा पनि आफ्नो ध्यान केन्द्रित हुने बताए। ‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबभन्दा बढी ध्यान केन्द्रित गर्छौँ। र, यस मन्त्रालयसँग गाँसिएका सबै काम बजेटले देखाएका र गर्नुपर्ने कामहरूलाई समयमै सम्पन्न गर्ने र बाहिर चर्चामा आउने गरेका अनियमितता,…

स्वास्थ्यमन्त्री विरोध खतिवडा,राज्यमन्त्रीमा भवानी प्रसाद खापुङ

स्वास्थ्यसमाचार/ बिरोध खतिवडा स्वास्थ्य मन्त्री नियुक्त भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार खतिवडालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेकि हुन । भने स्वास्थ्यराज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन । दुबैनेकपा(एकीकृत समाजवादी) पार्टीकै नेता हुन । स्वास्थ्यमा समाजवादीका मन्त्री र राज्यमन्त्री नियुक्त भएसँगै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ। बिहीबार राति नेता रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको थियो। तर, राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुने खापुङले स्वास्थ्य मन्त्रालयमा नै जान नचाहेको हेरफेर गरिएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी…

कपिलवस्तुमा झाडापखालाका बिरामी ४सय ६१ पुगे , नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको टोली पखालाग्रस्त क्षेत्रमा

विपना पौडेल कपिलबस्तु / असोज १८ गतेदेखी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलीएको झाडापखालाका बिरामी ४ सय ६१ पुगेका छन । कृष्णनगर नगरपालिका वडा नं ७, ८, ९ मा १८ गते रातिदेखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको ह्वातै बढेको छ । चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताव शाहाले वताए । साथै प्रकोप फैलियको ठाउँमा चेतना कार्यक्रम सुरु गरेको बताउदै के कारणले झाडापखाला फैलियो भन्ने रिर्पाट शुक्रबार शाझ सम्म आउने मेयर शाहले बताए । शिवराज अस्पतालका निमित्त प्रमुख डाक्टर मुकेश चौधरीले…

रुपन्देहीमा १८ वर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार/रुपन्देहीमा दशै अघिनै १८ वर्षमाथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाउने भएका छन । जिल्ला स्वास्थ्य स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीमा १८ बर्षमाथिका सबैलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाउन थालिएको बताए । डा गिरीले भने जिल्लाका १६बटै पालिकामा असोज २२ र २३ १८ बर्षमाथि उमेर समूहका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिइसकेको छ ।जिल्लामा कुल जनसंख्या १ लाख ८१ हजार मध्ये वालवालिका हरु १लाख २५ हजार र वाकी २ लाखले दुईमात्रा लगाई सकेका र २लाख ५० हजारले पहिलो डोज खोप लगाएको र वाकी ४ लाखलाई दशै अघि…