बुटबलमा एकद्वार संकट व्यवस्थापन सम्वन्धि दुईदिने तालिम सुरु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको समन्वय सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र युनिसेफको सहयोगमा बुटवलमा एकद्वार संकट व्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ २ दिने तालिममा सुरु भएको छ ।

लैंगिक हिंसा पीडित वा प्रभावितहरुलाई एकिकृत रुपमा स्वाथ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालिन आश्रय, कानूनी उपचार आवश्यकता अनुसार सुरक्षा ब्यवस्था र परिवार तथा जिविकोपार्जनमा सहयोग गर्ने सम्वन्धि जानकारी दिने उद्देस्यले क्षमता अभिबृद्धि तालिम सुरु गरिएको हो ।

तालिममा वोल्ने अधिकासं सरोकारवालाहरुले स्थानिय सरकार सबैभन्दा नजिकको सरकार भएकोले निति नियम बनाउने र कडाईका साथ लागु गर्न सके लैंगिक हिंसा कमिहुने बताएका छन।घर परिबार बिद्यालयमा लैंगिक हिंसा समन्धि जनचेतनाका कार्यक्रम समेत चलाउनु पर्ने बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका बुटबल उपमहानगरपालिका सैनामैना नगरपालिका संञ्चारकर्मि स्थानिय सरोकारवालाहरुको सहभागीतामा आयोजना गरिएको तालिममा लुम्बिनी प्रादेशिक अस्पताल एकद्वार संकट ब्यवस्थापन केन्द्रले गरेको काम समस्या उनीहरुको उपचार तथा कानुनी अधिकार ,अभिभाबकहरुले वालबालिकालाई गर्नुपर्ने ब्यवाहरु लगायतका बिषयमा जानकारी गराईएको थियो ।

उक्त तालिममा पछिल्लो समय महिला भन्दा बालबालिकाहरु बढी हिंसामा परिरहेको वताउदै सरोकारवालाहरुको ध्यान जानुपर्ने बताईएको छ । क्षमता अभिबृद्धि तालिममा युनिसेफका प्रकाश कैनीले समग्रमा हिंसापिडित महिला र बालबालिकालाई ओसीएमसी मार्फत सेवा दिन सकिने भएपनि बालबालिकाहरु ओसीएमसीसम्म कम मात्रामा पुग्ने गरेकोे बताए । ओसीएमसीसँगै काम गर्ने सरोकार निकायमा आबद्धहरु सहभागी तालिममा ओसीएमसीको सेवा अझ प्रभावकारी र हिंसा पीडितहरुलाई उचित परामर्श दिन सकिने उपायबारे वताएका थिए ।

तालिममा मनोसामाजीक परामर्श समन्धी शान्ति पन्डितले मानसिक स्वास्थ्यको अबस्था कस्तो अबस्थामा कसरी परामर्श उपचार गर्ने भन्नेबारे जानकारी गराईकि थिईन । उनले ०७६-०७७ मा प्रहरीको तथ्यांक अनुसार ६२.४ प्रतिशत बालबालिका हिंसा पीडित रहेको बताए । ति बालबालिकाहरु परिवार, विद्यालय र समाजबाट नै हिंसा पीडित भैईरहेको वताईन ।लुम्बिनी प्रदेशमा १४सय ८ जनाले आत्महत्या गरेका मध्ये १२७ जना वालबालिका र १६ बर्ष भन्दा माथिका १२८१ जना रहेको र ८०३ महिला र ६०५ पुरुषले आत्महत्या गरेको बताईन ।

लुम्बिनी प्रादेशिक अस्पताल एकद्वार संकट ब्यवस्थापन केन्द्रका प्रमुख डा आहाना श्रेष्ठले आमाबुवालाई लैंगिक हिंसा र मनोसामाजिक विमर्श, समन्धी जनचेतना तालिम आबश्यक भएको बताईन ।उनले एक संस्थालेमात्र पहल गरेर सम्भब नहुने बताउदै सबैको सामुहीक प्रयास आबश्यक रहेको वताउदै सबै एक भए लैंगिक हिंसा अन्त्य गर्न सकिने बताईन ।

तालिममा सहभागीहरुले ओसीएमसीमा गईसकेपछि पनि हिंसा पीडितले झन्झटिलो कानूनका कारण छिटोछरितो न्याय पाउन नसको बताएका थिए । पीडितले एकद्वार प्रणलीबाट स्वाथ्य उपचार र न्याय पाउन नसकेको सहभागीहरुको भनाई थियो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका कोषध्यक्ष सोभा आचार्यको अध्यक्षतामा भएको तालिममा सूर्यप्रसाद पौडेले,लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा एकद्वार संकट ब्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिरहेको वताए ।नेपालका सबै जिल्ला सदरमुकाममा रहेका अस्पताल तथा निजी अस्पतालमा स्थापना गरिएका ८८ वटा ओसीएमसी काम गरिरहेको छन ।

सम्बन्धित शिर्षक :