कोभिड–१९ नेपालको स्वास्थ्य प्रणालीलाई चुनौती कि अवसर ?

डा. तुल्सी राम भन्डारी सन् २०१९ को डिसेम्वर अन्त्य तिर चीनको हुवेइ प्रान्तको वुहान शहरमा रुघाखोकीको जस्तै लक्षण र चिन्हहरु देखिने अज्ञात रोग देखियो । बिस्तारै यो रोग चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चितकारण निदान हुन सकेन र उपचार गर्दा पनि सफलता नमिले पश्चात चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्यो । उक्त रोग चीन लगायत अन्य मुलुकहरूमा पनि फैलिदै गयो । फेब्रुअरी ११, २०२० मा International Committee on Taxonomy of Viruses (ICTV) ले यस रोगको कारण सार्स कोरोना भाइरस–२ (SARS-COV-2) भएको विधिवत घोषणा ग¥यो । यो नयाँ प्रजातिको…

फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ

डा लुना भट्ट, भाइरोलोजिष्ट/ कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्।मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो। मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने त्यस्तो अवस्थामा मास्कले मात्रै संक्रमण रोकिँदैन। मास्क लगाएको भए पनि धेरै समय भीडभाडमा बस्न हुँदैन।जतिखेर पनि साबुन पानी उपलब्ध नहुने भएकाले स्यानिटाइजर गोजीमा राखेर हिँड्नुपर्छ। पैसा वा अन्य सामान चलाउँदा स्यानिटाइजर दल्नुपर्छ। कहीँ पनि बस्दा स्यानिटाइजर भएको टिस्यु पेपरले पुछेर बस्नुपर्छ। भीडभाडमा बसेर…

१५ दिन कडा लकडाउन वा कर्फ्युको बिकल्प छैन : डा पाण्डे

– डा: रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ काठमान्डौ १८ साउन/ सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ। संक्रमणको फैलाबटलाई अध्ययन गर्ने हो भने अहिले प्रदेश नम्बर २ कोरोना संक्रमणको तेस्रो चरणमा अर्थात सामुदायिक संक्रमणमा प्रवेश गरेको छ । त्यस्तै पश्चिम बङ्गाल र उत्तर प्रदेशसंग जोडिएका केहि जिल्लामा सामुदायिक संक्रमणको पूर्वरुप देखा परेको छ । बिराटनगर, इटहरी, कपिलबस्तु, कैलाली पहाडी…

कोरोना वाटआत्तिनु पर्दैन तर हाइ एलर्टमा बसौं : डा. रवीन्द्र पाण्डे

नेपाल कोरोना संक्रमणको अर्को फेजमा प्रवेश गरेको छ । लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं। भारतका बिहार, युपी तथा पश्चिम बङ्गालमा कोरोना संक्रमण समुदायमा फैलँदो क्रममा छ । भारतसंग हाम्रो १८०० किलोमिटर लामो खुला सिमानाको कारण हामी जोखिममा परेका छौं । राजविराज, बिराटनगर, बिरगंज लगायत संक्रमित क्षेत्रमा मात्र होइन काठमाडौं लगायतका ठाउँमा भेटिएका लक्षणयुक्त संक्रमितको लहरो खोज्ने हो भने अधिकांश भारतबाट आएका व्यक्तिमा देखिएको छ । कोरोना भाइरसको म्युटेसन भएर नयाँ प्रजातिको संक्रमण सुरु भएको हो कि पुरानै भाइरसको स्वरूप परिवर्तनले…

भारतमा फैलिएको कोरोनाको आँधीबेहरी तथा नेपालमा यसको प्रभाव – डा. रवीन्द्र पाण्डे

भारतमा कोरोना संक्रमण प्रतिदिन ५० हजारको आसपासमा बढिरहेको छ । अहिलेसम्म परीक्षण भएका संक्रमित १३ लाख ३६ हजारभन्दा धेरै छन् भने यसको धेरै गुणाको परीक्षण नभएका संक्रमित भएको विश्वास गरिएको छ। आजसाम्म ३१ हजार ३ सय ५८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ  । हिंजो भारतमा ४ लाख २० हजार व्यक्तिको कोरोना परीक्षण गरिएको छ भने आगामी दिनमा परीक्षणको दायरा बढाउनको लागि ठूला ठूला ल्याब बिभिन्न राज्यमा स्थापना गरिएको छ । सम्पूर्ण नीजी ल्याबलाई ३ हजारमा कोरोना परीक्षण गर्न अनुमति दिइएको छ। जो भारतमा ११ सय भन्दा धेरैको मृत्यु…

लकडाउन अन्त्य गर्ने अपरिपक्व निर्णय : डा रवीन्द्र पाण्डे

स्वास्थ्यसमाचार/सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ  ।कोरोना संक्रमणको समुदायमा ब्यापक परीक्षण गरेर बास्तबिक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ । ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनेछ । देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसंग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ । परीक्षण गर्दै चरणबद्ध रुपमा…

नेपालमा कोरोना विशेष अस्पताल बनाएर उपचार सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र प्रसाद खनालले नेपालमा कोरोना विशेष अस्पताल बनाएर संक्रमितको उपचार सुरु गर्ने पहिलो लुम्बिनी प्रादेशिक अस्पताल नै भएको वताए । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो तयारी सुरु गरेको थियो। कोरोना संक्रमण फैलिए कहाँ उपचार गर्ने भन्ने समस्या नआओस् भनेर अस्पतालले सुरुमै छुट्टै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको खनालले बताए । डा खनालले अहिले लुम्बिनी प्रादेशिक अस्पताल,९६ जना कोरोना संक्रमितको सफल उपचार गरिसकेको वताए। अस्पतालबाट ९८ जना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् भने २ जना कोरोना संक्रमित अझै उपचाररत छन्। हामीले कोरोना…

२ महिनासम्म अनुपस्थित डाक्टरलाई मन्त्रालयको ७ दिने अल्टिमेटम

स्वास्थ्यसमाचार / प्रदेश ५ समाजीक बिकास मन्त्रालयले रुपन्देहीको शुद्धोधन गाउँपालिका मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएको मेडिकल अधिकृत डा सीमा शर्मालाई ७ दिनभित्र जवाफसहित उपस्थित हुन अल्टिमेटम दिएको हो । बिना जानकारी दुई महिनासम्म काममा नगएको सूचना पाएपछि मन्त्रालयले ७ दिनभित्र जवाफसहित उपस्थित हुन अल्टिमेटम दिएको हो । कोरोना महामारीको संकटको घडीमा यसको रोकथाम, नियन्त्रण र उपचारमा थप जिम्मेवार भएर खटिनुपर्नेमा डा। शर्मा चैत १८ गतेदेखि हालसम्म विना जानकारी अनुपस्थित भएको मन्त्रालयले जनाएको छ । सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ को दफा २० को उपदफा ९५० वमोजिम…

डाक्टर माथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकद्धारा प्रर्दशन

स्वास्थ्यसमाचार/नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकहरुले प्रर्दशन गरेका छन । घटना भएको ६ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।बुटबलमा लुम्बिनी प्रादेशिक अस्पताल,आम्दा अस्पताल, तथा बुटबलका अन्य सरकारी निजी अस्पतालहरुका चिकित्सकले चिकित्सकले अस्पताल परिसरमै प्ले कार्ड सहित प्रदर्शन गरे । उनीहरुले जेल विथ आउनट बेलको माग समेत गरेका छन्। यस क्षेत्रका करिब ६० जना चिकित्सकहरुको सहभागीतामा भएको प्रर्दशनमा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले चिकित्सकमाथि भएको दुर्रब्यवाहर प्रति कडा आलोचना गर्दे घटनाको छानबिन गरि यथासिघ्र…

नेपालमा पहिलोपटक डाक्टरमा देखियो कोरोना

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका डाक्टरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलोपटक मन्त्रालयअन्तर्गतका डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको हो। सोमबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो। ललितपुर बस्दै आएका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ हुन्। उनी कुनै पनि अस्पतालमा कार्यरत छैनन्। यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि डाक्टरमा भने देखिएको थिएन। मन्त्रालयले उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी सुरु गरेको बताएको छ।