लुम्बिनी सिटिअस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना बिमा

स्वास्थ्यसमाचार / विश्ववभर फैलीएको कोरोना  को महामारी र यसको बिषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका सम्पुर्ण कर्मचारीहरको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साहीत र उच्च मनोवलका साथ काम गर्ने हौसला प्रदान गर्न कोरोना बिमा गरिएको छ । अस्पतालमा कर्यरत सम्पुर्ण डाक्टर, स्वास्थ्यकर्मी , सरसफाइकर्मी ,सुरक्षा गार्ड, वार्ड वाय तथा प्रशासनीक कर्मचारीहरको COVID 19 Insurance कोराना रोग बीमा बुटवल स्थीत शाखा कार्यालय रहेको प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लिमिटेड सँग सहकार्य गरी अन्तरास्ट्रिय नर्सिङ दिवशको अवसर पारी बिमा कार्यक्रम गरिएको अस्पतालले  छ ।

भारतमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा

स्वास्थ्यसमाचार/ भारत सरकारले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा गराएको छ । भारत सरकारले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाको उपचारमा आफनो ज्यानको जोखिम मोलेर काम गरिरहेका उनीहरुको सम्मानमा हेलिकोप्टरबाट पुष्प वर्षा गरेको हो । भारतका तीन सेना थलसेना,वायुसेना र नौसेना ले आ आफनो तरिकाले आकाशबाट पुष्प वर्षा गरी चिकित्सक, स्वास्थ्यकर्मी , सुरक्षाकर्मी एवं अस्पतालमा खटिएका कर्मचारीका लागि सम्मान गरेको हो । कोरोना योद्धाका नाममा सरकारका तर्फबाट यो सम्मान गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । जहाँ जहाँ कोरोना संक्रमितको उपचार भइरहेको छ ती…

स्त्री तथा प्रशुती रोगका बिरामी ईर्मेजेन्सीमात्र आउनुस

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबल स्त्री तथा प्रशुती रोग बिभागले आपतकालीन अबस्थाका बाहेक अन्य कुनैपनि बिरामी चेक जाच नगर्ने जनाएको छ । आज एक बिज्ञेप्ती जारी गरि बिश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाईरस लाई थप फैलीन नदिन आफु पनि बच्न र अरुलाई पनि बचाउनको लागी बाट बच्न को लागी स्त्री तथा प्रशुती रोगका ईर्मेजेन्सी बिरामी बाहेक अरु चेक जाच नगर्ने बिज्ञेप्तीमार्फत जानकारी गराएका छन । अस्पतालमा अहिले पनि दैनीक ५० भन्दा बढी बिरामी आउने गरेका स्त्री तथा प्रशुती रोग बिषेशज्ञ डा अनुपा थापाले बताईन ।ओपीडि बन्दभएपछि ईर्मेजेन्सी नभएका समेत यता…

पिट्सबर्ग विश्वविद्यालय कोभिड-१९ को खोप परीक्षणमा सफल

स्वास्थ्यसमाचार/अमेरिकाको पेनसेलभेनिया राज्यको प्रसिद्ध शहर स्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड-१९ को खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा खुलाशा गरेका हुन । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरहरुमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका छन् । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरस कोभिड-१९ लाई निष्प्रभावित पार्ने रिपोर्ट( प्रतिबेदन) प्रस्तुत गरेका छन् । अनुसन्धानकर्ताहरूले आफ्नो निष्कर्ष ईबायोमेडिसिनमा आफ्नो शोधपत्र सार्वजनिक गरेका छन् जुन एक अग्रणी ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले प्रकाशित गरेको…

स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीको तलव काटिदैन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कर्मचारी तथा डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलव कट्टा नहुने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यसको जानकारी गराए । मन्त्रीपरिषद्को बैठकले ३ देखि ७ दिनसम्मको तलव काट्ने भनिएकोमा मन्त्रालयद्वारा डाक्टर सहित सम्पूर्ण स्वास्थ्यकर्मीको तलव काट्ने निर्णय नभएको प्रवक्ता देवकोटाले वताए । । कोरोना उपचार तथा रोकथाम नियन्त्रणका लागि स्थापना गरिएको कोषमा स्वेच्छिक सहयोग गर्न भने सकिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ। उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै…

चिकित्सक वर्खास्त गर्नुको कारण माग्यो चिकित्सक संघ लुम्बिनीले

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले लुम्बिनी प्रादेशीक अस्पतालका ५ जना चिकित्सक वर्खास्त गरिएको प्रति ध्यानकर्षण भएको जनाएको छ। चिकित्स लुम्बिनी शाखा अध्यक्ष डा ईन्द्र ढकाल र महासचिब डा सन्तोष पोखरेलद्धारा हस्ताक्षरीत उक्त बिज्ञप्तीमा बिश्व कोरोनाको महामारीको अबस्थामा राज्यले चिकित्सक लगायत स्वास्थ्यकर्मिको मनोवलवृद्धि गर्नुको सट्टा सेवारत निबृत र बिभिन्न निजी संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मिलाई सेवामा आउन आवाहन गर्नुपर्ने अवस्थामा यस्तो समाचार आउनु दुखद भएको उल्लेख गरेका छन । यस्तो बिषयमा परिस्थीतीमा चिकित्सक र स्वास्थ्यकर्मी मनोबल नघटाई सेवामा सर्मपति हुन आग्रह गरेको छ।  के कारणले उक्त घटना भएको सामाजीक बिकास…

कोरोना भाईरस संक्रमण र नियन्त्रणका उपायहरु

कोरोना भाईरस  SARS-CoV-2/ Novel Coronavirus/  COVID-19 जस्ता विभिन्न नामले चिनिने एक सामान्य किटाणु हो जस्ले कुनै पनि उमेर, लिङ्ग र जातीमा संक्रमण गर्दछ । एक प्रकारले यो रोगबाट तत्काल त्रसित भइहाल्नु पर्ने स्थिती छैन । किनकि यसबाट १०० जना व्यक्ति संक्रमित भए भने ति मध्ये ८० जनालाई सामान्य रूघा खोकी लागे जस्तो भएर निको हुने हुन्छ । अथवा कतिपयले त आफु बिरामी भएको थाहा पाउनै पनि नसक्लान् भने अर्काे करिव १५ प्रतिशतलाई ज्वरो आउने, सुख्खा खोकी लाग्ने र सास फेर्न केहि गाह्रो अनुभव भएर अस्पताल जानु पर्ने अवस्था पनि हुन…

रुपन्देही र बाकेमा फोनबाटै चिकित्सक परामर्श सेवा

स्वास्थ्यसमाचार /हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका छन। कोरोनाको जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि समस्यामा परेका बिरामीका लागि रुपन्देहीका चिकित्सकहरुले फोनमार्फत् स्वास्थ्य परामर्श दिन थालेका हुन । सार्वजनिक सवारी साधन र एम्बुलेन्स समेत सहजरुपमा नचल्दा स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीलाई नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका हुन् । हेल्थ असिस्टेन्ट संघ रुपन्देहीका अध्यक्ष राजेश ज्ञवालीका अनुसार संघले आग्रह गरे अनुसार बाल रोग विशेषज्ञ डा.सन्तोष पोख्रेल, डा.वसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा.प्रेम प्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा.…

चीनियाँ वैज्ञानिकको दावीः अबको ४ हप्तापछि कोरोना शून्यतिर झर्छ

चिन/चीनका वैज्ञानिकले अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने दावी गरेका छन् । चीनका वरिष्ठ वैज्ञानिक डा झाङ्ग न्यानसेनले कोरोना भाइरसलाई लिएर विश्वमा देखिएको संक्रमणको दर आउने ४ हप्तामा शून्यतिर झर्ने बताए । चीन सरकारले कोरोना भाइरसलाई लिएर बनाएको विशेष टिमका प्रमुख ८३ वर्षीय डा झाङ्गले चीनमा पनि अब कोरोना भाइरसले कुनै प्रभाव नपार्ने बताए । उनले भने, ‘भाइरसलाई लिएर गरिएको विभिन्न अध्ययन र अनुसन्धानले भाइरसले अझै केहिदिन प्रभाव पार्ने भएपनि ४ हप्तापछि यसको प्रभाव कम हुँदै जानेछ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेली मेल र रोयटर्सका अनुसार डा…

डाक्टरलाई घरबेटीले भने अब देखी बाहिरै बस्नुहोस

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशीक अस्पतालको इमरजेन्सिमा बिगत ९ महिनादेखी कार्यरत मेडीकल अफिसर डाक्टर बिनोद बढाइ छिमेकी जिल्ला कपिलबस्तुका हुन । उनी बुटवलमा जागीर गर्न थालेदेखी नै जानकीनगरमा फ्याल्ट नै लिएर बस्न थाले । अबिबाहित उनी एक्लै बस्छन र प्राय काममा नै खटिरहेका हुन्छन । तर आइतबार बुटवलमा कोरोनाको आशकामा उपचार गराइरहेका रुपन्देही सैनामैनामा बस्ने बाबुराम थापाको मुत्यु भएपछी उनलाइ घरबेटीले बाहिरै बस्न सुझाए । आफु बसीरहेको फ्याल्टमा सामान त्यही राखेर ताल्चा ठोकेर हिजोबाट उनी सिद्धार्थ कटेजमा बस्न पुगेका छन । जहा प्रादेशीक अस्पतालले निश्चित स्वास्थ्यकर्मीलाइ बस्ने ब्यबस्था मिलाएको छ । कोरोनाको…