नुनबाहेक यी चिजको सेवनले पनि बढ्न सक्छ ब्लड प्रेसर

काठमाडौँ । ब्लड प्रेसर बढ्नु स्वास्थ्यका लागि कयौँ प्रकारले हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ ।

नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ । तर ब्लड प्रेसरमा नुन मात्रै हानिकारक हो भनेर सोच्नु हुन्छ भने तपाई गलत सोचिरहनु भएको छ । अधिक मात्रामा क्याफिन ९कफी वा चिया०को सेवन गर्दा पनि ब्लड प्रेसर बढ्न सक्छ । तपाईँले रक्सी धेरै नै पिउने गर्नु भएको छ भने यसका कारण पनि ब्लड प्रेसर बढ्न सक्छ ।

उच्च रक्तचाप भएका बिरामीलाई डाक्टरहरुले पनि रक्सीको सेवन घटाउन भनिरहेका हुन्छन् । हाइपरटेन्सन नभएका व्यक्तिले रक्सीको सेवनलाई सीमित बनाउँदा उच्च रक्तचाप हुने जोखिम न्यूनीकरणमा मद्दत मिल्ने सन् २०१७ मा भएको एउटा अनुसन्धानले देखाएको थियो । अत्यधिक मात्रामा चिल्लो र तारेको भुटेको खानेकुराको सेवन गर्नेहरुमा हाई ब्लड प्रेसरको समस्या बढी हुन्छ ।

नुन मात्रै होइन चाहिनेभन्दा बढी चिनीको सेवनले पनि मुटुसम्बन्धी रोगहरु निम्त्याउँछ नै ब्लड प्रेसर पनि बढाउन सक्छ । ब्लड प्रेसरका रोगीले सके सम्म खान नहुने चिजमा प्रशोधित मासु पनि पर्छ । यस्ता मासुलाई प्रिजर्भ गरेर राख्न नुनको प्रयोग गरिएको हुन्छ । गालेको अचार, बट्टामा पाइने सुपहरु पनि सकेसम्म खानु हुन्न ।

 

सम्बन्धित शिर्षक :