कोरोनाबिरुद्धको खोप नलगाउँदा ज्यान जाने खतरा

स्वास्थ्यसमाचार/ सरकारले कोभिडबिरुद्धको खोप अनिवार्य रुपमा लगाउन आम सर्वसाधारणसंग अपिल गरेको छ । उसले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर डोज लिन समेत अनुरोध गरेको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठनको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखा ९इडीसीडी०का महामारी व्यवस्थापन शाखा प्रमुख डा। खगेश्वर गेलालले पछिल्लो पटक कोभिड संक्रमणमा परी ज्यान गुमाउने मध्ये ७६ प्रतिशतले कोभिडबिरुद्धको खोप नलगाएको पाइएको बताए । ‘पछिल्ला केही सातामा १७ जनाको ज्यान गएको छ । त्यसमध्ये १३ जनाले कोभिडबिरुद्धको खोप लगाएका थिएनन्…

नेपालमा थप ६६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ४४४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

संक्रमणको चौथो लहरको संकेत , मृत्तकमध्ये अधिकांश खोप नलगाएका

स्वास्थ्यसमाचार/  नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ । नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि…

सीमित जनशक्तिका बिच सेवामा सुधार गर्दै भिम अस्पताल

स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा सिकलसेलका बिरामीहरुलाई लक्षित गर्दै परिक्षण सेवा सुरु भएको छ । यस अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्र रहेको यो सेवालाई भिम अस्पतालले पनि निशुल्क रुपमा सुरु गरेको छ । बिशेष गरि थारु समुदायमा हुने यो रोगको परिक्षण भैरहवामै सुरु भए पछि भैरहवा तथा यस आसपास बसोबास गर्ने विपन्न थारु समुदायको रोग निदानमा राहत हुने छ। अस्पतालका मेसु डा शकुन्तला गुप्ताका अनुसार भिम अस्पतालमै अहिले अत्याधुनिक सिटी स्क्यान मेशीन आई पुगेको छ । केही दिनमै जडान हुने तयारीमा रहेको यो सेवाले पनि अस्पतालको सेवामा सुरु हुने बताईन।…

एकै दिन थपिए ९ सय १५ कोरोना संक्रमित, संक्रमणदर १५ प्रतिशत पुग्यो

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार २ जनामा परीक्षण गर्दा ९ सय १५ जनामा संक्रमण देखिएको हो। ३ हजार ९१ पीसीआर परीक्षण गरिएकोमध्ये ५९० जनामा र २ हजार ९११ एन्टीजेन वरीक्षण गरिएकोमा ३२५ जनामा संक्रमण देखिएको हो। संक्रमणदर १५ प्रतिशत पुगेको छ। त्यस्तै, सोही अवधिमा ३ सय १ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३३ रहेको छ।आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ४२२ जना रहेका…

स्तनपान सप्ताह-२०७९को सन्दर्भमा यौटा कविता

शिशुको लागि स्तनपान हो अमृतसमान । यो कुरामा हामी सबैले दिनुपर्छ ध्यान ।। जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र । छ महिनासम्म क्यै चाहिन्न स्तनपान मात्र।। दुई बर्षसम्म निरन्तर स्तनपानको खाँचो। बच्चाको बृद्धि विकासमा यो कुरा हो साँचो।। शिशुलाई हो पहिलो खोप आमाको दूध नै। रोगसँग लड्ने शक्ति पाइन्छ यसमा है।। बच्चाको लागि स्वस्थकर सर्बोत्तम खाना। पौष्टिक तत्व भरिपूर्ण असल सोह्रै आना।। स्तनपानले मद्दत पुग्छ जन्मान्तर कायम राख्न। अमृतसरि आमाको दूध हुँदै हुन्न खेर फाल्न ।। आमा र बच्चाको बीचमा आत्मीयता बढाउँछ। जति चुसायो शिशुलाई त्यति नै दूध आउँछ।। स्तनपायी आमालाई…

लुम्विनीमा कोरोनाको निशुल्क उपचार, लुम्विनी र भेरी अस्पताल तोकिए

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि लुम्बिनी प्रदेशका २ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल तोकिएका छन् । संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । कोभिडका बिरामीको निशुल्क उपचार गर्नेछ ।   केही दिनयता नेपालमा दैनिक १४ प्रतिशतभन्दा बढीका दरले कोरोना संक्रमण बढेपछि सरकारले निःशुल्क उपचारका लागि…

कोरोना संक्रमण बढेसँगै संसदमा मास्क अनिवार्य

काठमाडौं । दिनप्रतिदिन कोरोनाको बढ्दो संक्रमणले सबैतिर चिन्ता प्रकट हुन थालेको छ । आमसर्वसाधारण मात्र नभई संसद्मा पनि यो चिन्ता प्रकट हुन थालेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको हो । बैठकमा सभामुखले भन्नुभयो, ‘कोभिड-१९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ । तसर्थ संसद्का बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’ यसअघिका कोरोना लहरहरूमा…

लुम्बिनीको नवलपरासी कोभिडविरूद्ध पूर्ण खोप लगाउने पहिलो जिल्ला

स्वास्थ्यसमाचार/ परासी( नवलपरासी९बर्दघाट सुस्ता पश्चिम)  जिल्ला कोभिड(१९ विरूद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ। नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड-१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन्। बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरूद्धको खोप लगाएकाले कोभिड(१९ विरूद्धको खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०लाई नेपालकै पहिलो कोभिड(१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। ‘यस जिल्लाका नागरिक आज बधाईका पात्र हुनुहुन्छ, सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर आजबाटै पश्चिम…

कोरोनाका कारण २ जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए

स्वास्थ्यसमाचार/ कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल ३ हजार ८८८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ लाख २५ हजार ११४ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ ।…