बुटवलमा ५३ हजार बालवालिकालाई दादुरा-रुबेला खोप लगाइँदै

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाको आयोजनामा दादुरा रुवेला खोप अभियानको क्रममा नगरस्तरीय खोप सञ्चालक समिति, स्वाथ्य स्वयमसेवकहरुलाई तथा सञ्चारकर्मीहरुको वीचमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बुटवलमा आयोजना गरिएको अन्तरक्रिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय ले खोप अभियान ले बालबालिकाहरुलाई रोग लाग्नबाट जोगाउने भएकोले सबैले साथ दिनुपर्ने बताएका थिए ।

उनले यो अभियान राष्ट्रिय अभियान समेत भएको कारणले गर्दा यसलाई सफल बनाउनको लागि विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवाला निकाय सबैले साथ दिनुपर्ने बताएका थिए ।

बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले खोप अभियान आफैमा महत्वपूर्ण अभियान भएको कारण यो अभियानमा कुनै पनि बालवालिका छुट्न नहुने बताएकी थिइन ।

कार्यक्रममा सहजीकरण गर्दै स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले दादुरा रुवेला खोप राष्ट्रिय अभियान भएकोले जन्मिएको ९ महिना देखि १५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई अनिवार्य खोप लगाउनुपर्ने बताएका थिए । बुटवल उपमहानगरपालिकामा यहि फागुन महिनाको १३ गते देखि २० गते सम्म खोप अभियान चल्ने खोप अधिकृत शर्माले जानकारी दिए ।

बुटवल उपमहानगरपलिका स्वाथ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार नगरपालिका भित्र रहेका ५३ हजार ८ सय ७५ जना बालबालिकाहरु लाई यो खोप लगाइने छ  खोप १ सय ६७ खोप केन्द्र मार्फत अभियानको रुपमा खोप लगाउने कार्यक्रम रहेको जनाइएको छ ।

नगरपालिका जनस्वास्थ्य निरीक्षक कल्पना भुसालका अनुसार खोप केन्द्रमा जाने जो कोही बालबालिकाहरुले आफुले पहिला खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा लैजानेको लागि आग्रह गरिन् । जसबाट बालबालिकाहरुले खोप लगाएको या नलगाएको भन्ने विषयमा एकीन हुने उनको भनाई छ ।

सम्बन्धित शिर्षक :