पाल्पामा १७ हजार बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

स्वास्थ्यसमाचार /पाल्पामा दादुरा–रुबेला खोप लगाउने दुई चरणमा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय पाल्पाले १० पालिका मध्ये ५ पालिकामा पहिलो चरणमा फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछ ।

पहिलो चरणमा जिल्लाको तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले वताउनु भयो।

यस्तै, दोस्रो चरणअन्तर्गत फागुन २१ गतेदेखि २४ गतेसम्म रामपुर, रम्भा, पूर्व खोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुने डा गिरीले बताउनुभयो ।अभियान सुरु गर्नुअघि जिल्लास्तरीय सूक्ष्म रुपमा योजना बनाउने, स्वास्थ्यकर्मीहरूलाई तालिम गर्ने, विभिन्न सरोकारवालासँग अन्तरक्रिया र प्रचारप्रसारको कार्यक्रम गरिने डा गिरीले बताउनु भयो।

दादुरा–रुबेला खोप जिल्लाका २५० वटा खोप केन्द्रमा लगाइने स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले वताउनु भयो । दादुरा–रुबेला खोप लगाउने सबैभन्दा धेरै तानसेन र रामपुर नगरपालिकामा रहेको अधिकारीले बताउनु भयो।

स्वास्थ्य प्रमुख गिरीका अनुसार पाल्पाका १७ हजार ८ सय ४५ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी भैरहेको बताउनु भयो।
यो खोप तराईका जिल्लामा ९ महिनादेखि १५ वर्ष उमेर समुहका र पहाडी जिल्लामा ९ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरूमा दादुरा रुबेला खोप अभियान लगाइने ब्यबस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस अभियान अन्तरगत लुम्बिनी प्रदेशमा मात्र ११ लाख ६० हजार ६ सय ६६ जना बालबालिकाहरुका खोप लगाउने लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तो छ खोप तालिका

सम्बन्धित शिर्षक :