अर्घाखाँचीमा १२हजार बढी वालवालिका दादुरा रुवेला खोप लगाइने

स्वास्थ्यसमाचार /अर्घाखाँचीमा जिल्लामा १२ हजार ८ सय १० जना वालवालिका लाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य कार्यलय अर्घाखाँचीका अनुसार ९ महिनादेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिइने हो स्वास्थ्य कार्यलयका प्रमुख शिव नेपालीले भन्नु भयो जिल्लामा ९ महिना देखी ५ बर्ष मुनिका १२ हजार ८ सय १० जना वालवालिका लाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइने तयारी भएको बताउनु भयो। उहाले अभियान सञ्चालनको लागि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी समेत गरिएको बताउनु भयो। फागुन १३ गते देखि १७ गतेसम्म जिल्लाका ६१…

बुटवलमा ५३ हजार बालवालिकालाई दादुरा-रुबेला खोप लगाइँदै

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाको आयोजनामा दादुरा रुवेला खोप अभियानको क्रममा नगरस्तरीय खोप सञ्चालक समिति, स्वाथ्य स्वयमसेवकहरुलाई तथा सञ्चारकर्मीहरुको वीचमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको अन्तरक्रिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय ले खोप अभियान ले बालबालिकाहरुलाई रोग लाग्नबाट जोगाउने भएकोले सबैले साथ दिनुपर्ने बताएका थिए । उनले यो अभियान राष्ट्रिय अभियान समेत भएको कारणले गर्दा यसलाई सफल बनाउनको लागि विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवाला निकाय सबैले साथ दिनुपर्ने बताएका थिए । बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले खोप अभियान आफैमा महत्वपूर्ण अभियान भएको कारण यो…

पाल्पामा १७ हजार बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

स्वास्थ्यसमाचार /पाल्पामा दादुरा–रुबेला खोप लगाउने दुई चरणमा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय पाल्पाले १० पालिका मध्ये ५ पालिकामा पहिलो चरणमा फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा जिल्लाको तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले वताउनु भयो। यस्तै, दोस्रो चरणअन्तर्गत फागुन २१ गतेदेखि २४ गतेसम्म रामपुर, रम्भा, पूर्व खोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुने डा गिरीले बताउनुभयो ।अभियान सुरु गर्नुअघि जिल्लास्तरीय सूक्ष्म रुपमा योजना बनाउने, स्वास्थ्यकर्मीहरूलाई तालिम…

फागुन १३ वाट लगाईने दादुरा-रुबेलाविरुद्धको ६० लाख खोप ल्याइयो

स्वास्थ्यसमाचार/सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए। उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए। अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ । उनका अनुसार भारतीय सेरम इस्सिच्युटले उत्पादन गरेको उक्त खोप गाभीको अनुदानमा उपलब्ध भएको हो । सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप…

 दादुरा–रुवेला विरुद्धको खोप फागुन १३ देखि चैत ७ गतेसम्म लगाउने

स्वास्थ्यसमाचार/सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ । “बाँकी ५१ जिल्लाका…

रुकुमपश्चिमा एक लाख बढीले लगाए टाइफाइड विरुद्ध खोप

स्वास्थ्यसमाचार/भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका एक लाख बढी व्यक्तिले दादुरा–रुवेला र टाइफाइडविरुद्धको ‘टिसिभी’ खोप लगाएका छन् । जिल्लामा विशेष अभियान चलाएर खोप सञ्चालन गरिएकामा एक लाख चार हजार छ सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । खोपको लक्ष्य भने जिल्लामा एक लाख २४ हजार लिइए पनि पूरा भएन । यही पुस ५ गतेदेखि सञ्चालन भएको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान पुस १५ गतेसम्म सञ्चालन भएको थियो । भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिएको खोप अभियान जिल्लाका छवटै स्थानीय तहका वडाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य चौकी…

रुपन्देही जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार/रुपन्देहीलाई ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम पूर्ण खोप दिगोपना सुनिश्चित घोषणसभामा उक्त घोषणा गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।पूर्ण खोप जिल्ला सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०७९/८० मा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित…

पाल्पा पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

स्वास्थ्यसमाचार/ पाल्पा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ ।पाल्पाका १० वटै स्थानीय तहहरु पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा सम्पन्न भएपछि जिल्लालाई घोषणा गरिएको हो । हरेक बर्षको जेठ महिनामा पालिकाहरुलाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिन्छ । जिल्ला खोप समन्वय समितिले सबै स्थानीय तहको सबै वडामा पुगी लक्षित बालबालिका भएका घरमा सुलभ सर्वेक्षण गरेपछि घोषणा गरिएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले पुर्णखोप दिगोपना सुनिश्चितता घोषणा प्रतिवेदन २०८० प्रस्तुत गर्नुभयो ।पाल्पा जिल्लाका १६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पर्ने…

प्युठान जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार /प्युठान जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थमन्त्री राजु खनालले प्युठान जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्नु भएको हो। पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले सर्ने रोगबाट बचाउन खोप अनिवार्य भए जस्तै नसर्ने रोग लाग्न नदिन सचेतना अभियान चलाउन पनि आबश्यक रहेको बताउनु भयो । यसका लागि प्रदेश सरकारले भान्सा सुधार कार्यक्रम ल्याएको बताउनु भयो । जिल्लाका नौ वटा स्थानीय तहका ६४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय प्युठानका प्रमुख हेमराज…

रुपन्देहीलाई असार २९गते पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गर्ने

स्वास्थ्यसमाचार / रुपन्देहीलाई यहि असार २९गते पूर्णखोप सुनिश्चिता हुने भएको छ। जिल्लामा रहेका १६ वटापालिका मध्ये २ वटा पालिकाले पनि पुर्ण खोप घोषणा गर्दैछन् ।सोमबार रुपन्देहीको कोटईमाई गाउँपालिका र सम्मरी माई गाउँपालिकाले पालिका पूर्ण खोप घोषणा गरेसगै जिल्ला पुर्ण खोप सुनिश्चिता जिल्ला हुने भएको हो। जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार सोमबार सम्मरी माई र कोटहीमाई गाउँपालिका पुर्ण खोप घोषणा भएसंगै पुर्ण खोप जिल्ला घोषणाका लागि प्रदेशमा पत्राचार गरिएको बताउनु भयो । पत्राचार पश्चात अनुगमन टोलीले प्रतिवेदन दिए अनुसार यहि असार २९ गते रुपन्देही जिल्ला पुर्ण खोपयुक्त…