अर्घाखाँचीमा १२हजार बढी वालवालिका दादुरा रुवेला खोप लगाइने

स्वास्थ्यसमाचार /अर्घाखाँचीमा जिल्लामा १२ हजार ८ सय १० जना वालवालिका लाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइने भएको छ।

स्वास्थ्य कार्यलय अर्घाखाँचीका अनुसार ९ महिनादेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिइने हो
स्वास्थ्य कार्यलयका प्रमुख शिव नेपालीले भन्नु भयो जिल्लामा ९ महिना देखी ५ बर्ष मुनिका १२ हजार ८ सय १० जना वालवालिका लाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइने तयारी भएको बताउनु भयो।

उहाले अभियान सञ्चालनको लागि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी समेत गरिएको बताउनु भयो। फागुन १३ गते देखि १७ गतेसम्म जिल्लाका ६१ वटा वडामा खोप अभियान सञ्चालन गरिने उहाँको भनाई छ।

अभिमुखीकरणमा गुणस्तर अनुगमन अधिकृत वाटर एड स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका मनोज नेपाल खोप अभियानको औचित्य, कार्यनीति र खोपमा जिल्लाको अवस्थाको बारेमा स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विजय बराल अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा. अशोक शाह, सहजकर्ता मनोज नेपाल, सुपरभाइजर विजय बरालको स्वागत र कोल्ड चेन सुपरभाइजर सुदनराज गौतम स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित शिर्षक :