९० प्रतिशत नेपालीले लगाए कोराना बिरुद्धको पूर्णखोप :स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/ सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ। २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए। उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो। चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको उनले दाबी गरेका हुन्। अधिकारीले लगभग ९५ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेको र ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा…

पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए टाइफाइडको खोप

स्वास्थ्यसमाचार/पाल्पामा ६० हजार १ सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाएका छन्।  १५महिनादेखि १५ वर्षउमेर समुहका लागि २३चैत्रबाट संचालन गरिएको खोप अभियानमा ६० हजार १ सय ८२ जना अर्थात ८४/ ६६ प्रतिशतले खोप लगाएका हुन्। पाल्पामा कुल ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । जसमा सबैभन्दा बढी पूर्वखोला गाउँपालिकामा ९९।६३ प्रतिशत बालबालिकाले खोप लगाएका छन्। त्यसपछि निस्दी गाउँपालिकाकामा ९५ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । त्यस्तै, रम्भा गाउँपालिकाका ९० प्रतिशत, रामपुर नगरपालिकामा ८४ प्रतिशत, तानसेन नगरपालिकाका ८२ प्रतिशत, तिनाउ गाउँपालिकाका ७९ प्रतिशत बालबालिका, रिब्दीकोट…