शुद्धोधन गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

कोभिड–१९ विरुद्धको अभियानमा लागिपरेका स्वास्थ्यकर्मी स्वयसेविका र संघसंस्था सम्मानित

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्धोधन गाउँपालिका १२ वर्ष देखि माथिका सम्पूर्ण नागरिकको कोभिड– १९ विरुद्धको पुर्ण खोप सुनिश्चितता घोषणा भएको छ।

जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्मा प्रमुख अतिथिले शुद्धोधनलाई पूर्ण खोप सुनिश्चितता घोषणा समारोह सम्पन्न गरेकोमा धन्यवाद दिदै हाल सम्मको रुपन्देहीमा यो सातौं पालिका हो जसले पूर्ण खोप पालिका बनाएको बताए।अबको नवनिर्वाचित हरु लाई स्वास्थ्य कार्यक्रममा एउटा चुनौती थपिएको बताए ।

गाउँ पालिका भित्र रहेको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्र लाई १५ सैया अस्पताल छिटोभन्दा छिटो बनाई सेवासुविधा उपलब्ध गराउन पर्नेमा जोड दिए। शुद्धोधन गाउँ पालिका लाई एउटा स्वच्छ पालिका र स्वास्थ्य पालिका बने राम्रो पालिका र हाम्रो पालिका बन्ने बताए।

शुध्दोधन गाउँ पालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले कोभिड–१९ रोग विरुद्धमा आफू वडा अध्यक्षमा रहदै निवर्तमान गाउँ पालिका अध्यक्ष शीत सहकार्य गरि निवर्तमान जनप्रतिनिधि हरु स्वास्थ्यकर्मी हरु को सहयोगमा धेरै कार्य गरि आज कार्यक्रममा गर्न पाउदा सबैलाई धन्यवाद दिए।

अगामी दिनमा स्वास्थ्यमा धेरै भन्दा धेरै सुधार ल्याउने प्रतिबद्धता गर्दै स्वयसेविकाहरुको हितमा रहि कार्य गरिने अध्यक्ष बस्यालले बताए।सो कार्यक्रममा शुध्दोधन गाउँ पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली जिल्ला प्रशासन कार्यालय रुपन्देहीका उपप्रमुख धुर्व कुवर शुध्दोधन गाउँ पालिका पुर्व अध्यक्ष किसुनचन्द चौधरी गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झभिलाल भट्टराई लगायतले शुभकामना मन्तब्य दिएका थिए।

उक्त कार्यक्रममा कोभिड–१९ विरुद्धको अभियानमा लागिपरेका स्वास्थ्यकर्मी स्वयसेविका विभिन्न संघसंस्था लगायत हरलाई सम्मानपत्र सहित सम्मानित गरिएको थियो।

सम्बन्धित शिर्षक :