प्रतिमान–नीमा प्रतिष्ठानद्धारा ७प्रदेशमा ८ करोडको स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्यसमाचार/ भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई एककरोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानले कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतको उपस्थितिमा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । फाउण्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक…

पुतलीबाट लाग्ने ’सापु’ रोगबाट सुरक्षित रहन गुल्मी प्रशासनको आग्रह

स्वास्थ्यसमाचार/ पुतलीबाट लाग्ने ’सापु’ रोगको संक्रमबाट सुरक्षित रहन गुल्मी जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीलाई आग्रह गरेको छ ।शुक्रबार जिल्ला प्रशासन गुल्मीले पहाडी भेगका विभिन्न स्थानहरूमा आँखामा हुने एक प्रकारको डरलाग्दो ’सापु’ रोग सर्ने भएकाले सेतो पुतलीको प्रकोप बढदो क्रममा रहेकोले सबैलाई सचेत रहन सूचना जारी गरेको छ । सेतो पुतलीको प्रकोपबाट आँखामा गम्भीर रोगहरू फैलने सूचनामा उल्लेख छ । ’पूर्ण रुपमा आँखाको ज्योति गुम्नेसमेत खतरा हुन सक्छ, यस्ता खालका पुतलीबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन आवश्यक सतर्कता अपनाउनुहुन सम्पूर्ण जिल्लाबासीलाई अनुरोध छ,’ सूचनामा भनिएको छ । सापु कस्तो रोग हो?…

कोरोना खोपलाई ५ अर्ब,बैठक र भ्रमण भत्ताको बजेट कटौती

स्वास्थ्यसमाचार/सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ । यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा…

मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिइने

स्वास्थ्यसमाचार/सरकारले मिर्गौला, पक्षघात र क्यान्सरका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार संसदमा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । प्रतिस्थापन बजेटमा मिर्गौला प्रत्यारोपण गरेका बिरामी, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।

कोरोना सङ्क्रमण दर ११ प्रतिशतभन्दा तल झर्‍यो

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घन्टामा थप एक हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार आठ हजार आठ सय ९८ पिसिआर विधि र तीन हजार ४६ एन्टिजेन विधिबाट परीक्षण गर्दा थप एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एक हजार आठ सय ४५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ७४ हजार पाँच सय ८७ जना पुगेको छ…

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक ५० सिलिण्डर उत्पादन हुने

स्वास्थ्यसमाचार/पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको १  करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ । तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छ । जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका…

जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर अस्पतालभित्रै कुटिए

स्वास्थ्यसमाचार/  भदौ ११ गते दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्टेन्ट डा विनोद सिंह माथि केही युवा समूहले कालोमोसो दलेर भागे। त्यसको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीहरुले आन्दोलन पनि गरे। यो घटना भएको एक साता बित्न नपाउँदै जनकपुर प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ। बिहीबार दिउँसो साढे तीन बजे केही अज्ञात समूहले अहेव देवेन्द्र ठाकुर माथि कुटपिट गरेका हुन्। अपरिचित समूहले अस्पतालमा कार्यरत अहेब देवेन्द्रकुमार ठाकुरलाई कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले वताए ।दिउँसो साढे तीन बजेतिर अस्पतालमा काम गरिरहेका ठाकुरलाई बाहिर बोलाएर ग्राउण्डमा कुटपिट गरिएको थियो ।डा यादवकाअनुसार…

COVID-19 संक्रमणबाट शैक्षिक क्षेत्रमा सृजित चुनौती र अवसरहरू

सन् २०१९ को डिसेम्बरमा चीनको हुवान सहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण क्रमसः विश्वका सबै महादेश र प्रयास राष्ट्रहरूमा फैलियो | २०२१ को अगस्टको अन्त्यसम्म आइपुग्दा विश्वका २१६२२४३५१ मानिसहरू संक्रमित हुन् पुगे भने ४४९९१९१ (२.०८%) मानिसहरूले ज्यान गुमाई सकेका छन | यो रोगको संक्रमणलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य संघ लगायत अन्य संघ-संस्थाहरू र सरकारहरूको आहवानमा विश्वका अधिकांश देशहरूले पूर्ण तथा आंशिक निषेधाज्ञा तथा यात्रा प्रतिवन्ध लगाउने कार्य गर्दै आइरहेका छन् जसबाट स्वास्थ्य, शिक्षा, यातायात, पर्यटन, कृषि, उद्ध्योग लगायत सबैजसो क्षेत्रहरू प्रभावित भैरहेका छन | सरकारी तथा नीजि शैक्षिक संस्थाहररूबाट भौतिक…

नेपालले छोटो समयमा १५ प्रतिशत जनसंख्यालाई खोप लगाएको भन्दै डब्लूएचओले दियो बधाई

स्वास्थ्यसमाचार/सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद्  बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ६४ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल,…

सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्यसमाचार/ भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सुदूरपश्चिम प्रदेश सरकारलाई झण्डै १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । अमेरिकास्थित विभिन्न संस्थाहरुसंग पहल गरी प्रतिष्ठानलाई प्राप्त भएको स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिन् । प्रतिष्ठानले गाउन आइसोलेसन, फेस शिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तेस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरिरहेको र महामारीमा सहयोगी हातहरुले सहयोग गर्दा महामारीसंग जुध्न सकिने बताए…