स्वास्थ्यसमाचार/सरकारले मिर्गौला, पक्षघात र क्यान्सरका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार संसदमा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । प्रतिस्थापन बजेटमा मिर्गौला प्रत्यारोपण गरेका बिरामी, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।
मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिइने

प्रतिकया दिनुहोस्