स्वास्थ्यसमाचार /बुटवल उद्योग बाणिज्य संघमा औषधि बस्तुगत समिति गठन गरिएको छ । बुधबार बसेको व्यबसायी सदस्यहरुको बैठकले एकदेव बस्यालको सभापतित्वमा समिति गठन गरेको हो । समितिको उपसभापतिमा दीपक भट्टराई, सचिवमा ध्रुवकुमार शर्मा, कोषाध्यक्षमा दीपक अधिकारी तथा सदस्यहरुमा सुरज खत्री, नारायण तिवारी, रमेशप्रसाद पाण्डे, लक्ष्मण मण्डारी र किशोर पोखरेललाई चयन गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले गठित बस्तुगत समितिलाई औषधि व्यबसायीका समस्या पहिचान गर्न आग्रह गर्दै पहिचान गरेका समस्या समाधानको लागि संघले पहल पैरवी गर्ने प्रतिवद्धता व्यक्त गरे । । उहाँले संघको बारेमा जानकारी गराउँदै संघको गरिमा र साख…
औषधीका-कुरा
लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री माओबादीका तुलराम घर्ती मगर बन्ने संभाबना
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा ३ दिनभित्र सरकारले पूर्णता पाउने भएको छ । गठबन्धनका नेताहरुले अब ३ दिनमा लुम्बिनी प्रदेश सरकारलेको मन्त्रीमन्डलले पुर्णता पाउने वताएका छन ।मन्त्रालय वाडफाडमा केहि ढिला भएकोकारणले मन्त्री मन्डल बिस्तारमा ढिलाभएको नेताहरुले बताएका छन । माओबादीका सभाषद तुलराम घर्ती मगरका अनुसार अब ३ दिन भित्र मन्त्रीमन्डल बिस्तार हुने बताएका छन । कोरोनामहामारी को बिषम परिस्थीतिमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिगत १८ दिन देखी मन्त्री बिहीन अबस्थामा छ ।कहिले कस्ले पाउला स्वास्थ्यमन्त्री भन्ने प्रश्नमा सभाषद तुलराम घर्ती मगर भन्दछन माओबादीको भागमा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय परेको बताएका…
कोभिड १९ संक्रमण रोकथाममा खोपको प्रभावकारिता यस सम्बन्धी भ्रमहरू
सन् २०१९ को डिसेम्बरमा चीनको हुवान सहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण क्रमसः विश्वका सबै महादेश र प्रायस राष्ट्रहरूमा फैलियो | सन् २०२१, अगस्टको अन्त्यसम्म आइपुग्दा विश्वका २१७८७७९९३ मानिसहरू संक्रमित हुन पुगे भने ४५२३१७२ (२.०८%) मानिसहरूले ज्यान गुमाई सकेका छन | यसको संबेदनशीलतालाई मध्यनजर यससंग सरोकार राख्ने वैज्ञानिकहरू COVID-19 विरुद्धको खोप सम्भव छ छैन ? खोपबाट व्यक्तिको जीवनभरको क्षमता वृद्धि हुन्छ कि छोटो अवधिको लागि मात्र? खोप सम्भव भए कहिलेसम्म प्रयोगमा ल्याउन सकिन्छ ? खोपको एक मात्रा मात्र पर्याप्त हुन्छ वा बहुमात्रा आवश्यक पर्छ ? यसको मूल्य, भण्डारण, वितरण जस्ता…
पूर्ण मात्रा खोप प्राप्त गरेका ९० प्रतिशत नागरिकमा पाइयो एन्टीबडी: स्वास्थ्य मन्त्रालय
स्वास्थ्यसमाचार /नेपालमा पूर्ण मात्रा कोभिड(१९ खोप प्राप्त गरेका ९० प्रतिशत व्यक्तिमा एन्टीबडी देखिएको छ। स्वास्थ्य तथा मन्त्रालयले गरेको ६ महिनाको सर्वेक्षणको नतिजा अनुसार पूर्ण मात्रा खोप प्राप्त गरेका ९० प्रतिशतमा एन्टीबडी देखिएको मन्त्रालयले जनाएको हो। मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सातै प्रदेशका गरेर पहिलो खोप लगाउने ८० प्रतिशत व्यक्तिहरुमा र पूर्ण खोप प्राप्त गरेका ९० प्रतिशतमा एन्टीबडी देखिएको हो। कोभिड(१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणले नागरिकले लगाइरहेको खोपहरु अत्यन्त प्रभावकारी देखिएको मन्त्रालयले निष्कर्ष निकालेको छ।
आम्दा अस्पताललाई संजालद्वारा प्यासन मोनिटर हस्तान्तरण
स्वास्थ्यसमाचार /रुपन्देही सामाजिक संजाल अष्टे«लियाले बुटवलको शिद्धार्थ महिला तथा वाल अस्पताल( आम्दा अस्पताल)मा प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आईसियु कक्षमा भर्ना भई उपचार गरिरहेका विरामीको उपचारमा यसले सहजता ल्याउने संजालले विश्वास लिएको छ । संजालले ७ लाख ४६ हजार ५० रुपैया वरावरको मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य तथा सांस्कृतीक संयोजक मुक्तिराम पोख्रेलले जानकारी दिए । आईतवार एक कार्यक्रम विच संजालका प्रतिनिधि काशीनाथ पोख्रेलले अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद वस्याललाई मोनिटर हस्तान्तरण गरे । सो अवसरमा अस्पतालका मेसु डा राजेन्द्र प्रसाद वस्यालले जापानी जनताको सहयोगमा निर्माण…
पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित भइसकेको छ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । ‘खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ’, उनले भने । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए । ‘हालसम्म ४० लाख १३ हजार ८८० जना ९१३ प्रतिशत०ले खोपको पूरा मात्रा लगाएका छन्’, उनले भने, ‘खोपको पहिलो मात्रा लगाउनेको संख्या १८ प्रतिशत तथा दोस्रो…
अफगानिस्तानबाट नेपाल फर्केका नेपालीलाई पोलियो थोपा अनिवार्य
स्वास्थ्यसमाचार /अफगानिस्तानबाट नेपाल फिरेका सबै नेपालीहरुलाई पोलियो थोपा खुवाइने भएको छ।स्वास्थ्य सेवा विभाग अन्र्तगत परिवार कल्याण महाशाखाले पोलियो विरुद्धको खोप लगाउने निर्णय गरेको हो। विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर इन्टरनेशनल हेल्थ रेगुलसनले अफगानिस्तानबाट फर्किएका सबै मानिसलाई खोप लगाउन सिफारिस गरेको हो।बालस्वास्थ्यका प्रमुख डा झलक शर्मा गौतमका अनुसार पोलियो थोपा कार्यक्रम आजैबाट शुरु गर्ने जानकारी दिए। आज अफगानिस्ताबाट आइपुग्ने सबैलाई पोलियो थोपा खुवाइने छ भने केही समय पहिले आउने नागरिकहरुलाई आफ्नो नजिकको स्वास्थ्य संस्थामा गएर खोप लिन निर्देशन दिएका छौं,’ उनले भने।महाशाखाले स्वास्थ्यकर्मीहरुलाई अफगानिस्तानबाट फर्केर आएका नागरिकको खोजी गरी पोलियोको खोप…
लुम्बिनी प्रदेश सरकारको प्राथामिकता कोरोना रोकथाम र नियन्त्रण हो: मन्त्री खडका
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताए । उनले भने, मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुराओस भन्ने उद्धेश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो । मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडी बढ्न प्रेरित गर्ने…
जापानबाट आयो थप २ लाख ८० हजार अस्ट्राजेनेका खोप
जापानबाट कोरोनाविरुद्को खोप नेपाल आइपुगेको छ। जापानले कभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो। यसअघि ९ लाख डोज खोप आइसकेको छ। अब बाँकी रहेको खोप ७ गते नेपाल आउने बताइएको छ।व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो। यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ। उक्त खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो…
म्याद गुज्रन लागेपछि एस्ट्राजेनेका खोप लगाउने समूहको दायरा बढाइयो
स्वास्थ्यसमाचार / सरकारले मिति सकिन लागेपछि एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको छ। सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरु र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ। अहिले गत चैतमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको रुपमा यो खोप दिइएको छ।।तर, यही अगस्ट महिनामा खोपको प्रयोग समय मिति सकिन लागेपछि लक्षित समूहको दायरा बढाउँदै १८ वर्ष पुर्याइएको छ। स्वास्थ्य सेवा विभाग, परिवाक कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले सबै प्रदेश निर्देशनालय र…