COVID-19 संक्रमणबाट शैक्षिक क्षेत्रमा सृजित चुनौती र अवसरहरू

सन् २०१९ को डिसेम्बरमा चीनको हुवान सहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण क्रमसः विश्वका सबै महादेश र प्रयास राष्ट्रहरूमा फैलियो | २०२१ को अगस्टको अन्त्यसम्म आइपुग्दा विश्वका २१६२२४३५१ मानिसहरू संक्रमित हुन् पुगे भने ४४९९१९१ (२.०८%) मानिसहरूले ज्यान गुमाई सकेका छन |

यो रोगको संक्रमणलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य संघ लगायत अन्य संघ-संस्थाहरू र सरकारहरूको आहवानमा विश्वका अधिकांश देशहरूले पूर्ण तथा आंशिक निषेधाज्ञा तथा यात्रा प्रतिवन्ध लगाउने कार्य गर्दै आइरहेका छन् जसबाट स्वास्थ्य, शिक्षा, यातायात, पर्यटन, कृषि, उद्ध्योग लगायत सबैजसो क्षेत्रहरू प्रभावित भैरहेका छन |

सरकारी तथा नीजि शैक्षिक संस्थाहररूबाट भौतिक उपस्थितिमा हुने पठनपाठनमा प्रतिबन्ध लगाइयो जसको परिणाम स्कुल, कलेज तथा विश्वविद्यालयहरूबाट हुने भौतिक पठनपाठन लगातार अवरुद्ध भइरहेको छ | केही नीजि स्कुलहरू तथा सुबिधा सम्पन्न कलेजहरू र विश्वविद्यालयहरूले Virtual Method बाट सैदान्तिक बिषयको पठनपाठन संचालन गरेता पनि विद्यार्थीहरूको शिप विकाश गर्ने प्रयोगात्मक पठनपाठन हुन सकेको छैन |

COVID -19 एक महामारीको रूपमा फैलिएको छ जसबाट करोडौं मानिसहरू संक्रमित भैरहेका छन | त्यसैगरी लाखौं मानिसहरूले ज्यान गुमाए | यसले विश्वलाई नै प्रयास गतिहीन बनायो तथापी COVID-19 को कारण विश्वका सरकारहरू लगायत आम जनसमुदाय यसको बैकल्पिक उपायहरू अबलम्बन गर्न बाध्य भैरहेका छन | सबैतिर भौतिक उपस्थितिको विकल्प खोजि गरी भर्तुअल मध्यबाट जनजीवनलाई गतिशील पर्ने प्रयासमा आम व्यक्तिहरू लागिरहेका छन |

COVID-19 ले शिक्षा क्षेत्रमा पनि थप रुपान्तरण (transformation) हुन शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवाला सबैलाई बाध्य परेको छ | सरकारी तथा नीजि विद्यालय, कलेज, क्याम्पस लगायत विश्वविद्यालयहरू आ-आफ्नो क्षेत्रमा प्रविधिको विकाश र उपयोगमा जोड दिई प्रविधि मैत्री भैरहेका छन | त्यसैगरी अभिभावकहरूले पनि छोराछोरीहरूको शिक्षाको लागि घरमा सुचना प्रविधिको व्यस्था गर्न र उनीहरू आफैलाई पनि सुचना मैत्री हुन थप दवाव सृजना गरेको छ |

COVID-19 बाट विद्यालय स्तर तथा उच्च शिक्षामा परेको असरलाई मध्यनजर गरी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयहरू, एकेडेमीहरू, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद जस्ता निकायहरूले पनि भौतिक रूपमा हुने पठनपाठन र मुल्यांकनको विकल्पमा भर्तुअल मध्यबाट पठनपाठन र मुल्यांकन क्रियाकलाप संचालन गर्न विभिन्न नीति-नियम तर्जुमा गर्ने र संचालन निर्देशिका जारी गर्ने कार्य निरन्तर गरिरहेका छन |

सहरी क्षेत्र तथा सुविधायुक्त ग्रामीणक्षेत्रमा रहेका अधिकांश नीजि तथा सरकारी स्कुल, कलेजहरूले थप पूर्वाधार विकास गरी गतवर्ष देखि नै भर्तुअल माध्यमबाट शैक्षिक क्रियाकलापहरू संचालन गर्दै आएका छन | यो विधि सहरी क्षेत्रमा बढी प्रभावकारी देखिएको छ तर नेपालका दुर्गम ग्रामीणक्षेत्रमा विद्धुत तथा इन्टरनेटको अनियमितताको कारण Virtual Teaching-Learning क्रियाकलापमा त्यति प्रभावकारीता देखिएको छैन |

उच्च शिक्षामा Virtual Teaching-Learning क्रियाकलाप बढी प्रभावकारी हुने विज्ञहरू बताउंछन |  तर Virtual Teaching-Learning को प्रभावकारी कार्यन्वयनको लागि स्थापित पूर्वाधार, प्रविधिको अनुभव भएको तालिम प्राप्त शिक्षक र सीमित विद्यार्थी संख्या भएमा बढी प्रभावकारी हुने देखिन्छ | नेपालका सबैजसो विश्वविधालयहरूले Virtual Teaching-Learning अपनाई रहेका छन तथापी सीमित विद्यार्थी भएका विश्वविद्यालयहरूको तुलनामा विद्यार्थी संख्या बढी भएका संस्थाहरूमा Virtual Teaching-Learning प्रभावकारी हुन सकेको छैन |

नेपालका शैक्षिक संस्थाहरू Virtual Teaching-Learning मात्र होइन Teaching-Learning क्रियाकलापको अभिन्न अंगको रूपमा रहेको मूल्यांकनलाई पनि भर्तुअल माध्यमबाट संचालन गर्न दवावमा रहेका छन | COVID-19 को संक्रमण पश्चात नेपालका प्रायजसो शैक्षिक संस्थाहरूमा भौतिक रूपमा मूल्यांकन हुन सकेको छैन | विद्यार्थीहरूको अध्यायन अवधि लम्बिएको छ |

COVID-19 को निरन्तर बढ्दो संक्रमण र यसबाट शैक्षिक क्षेत्रमा परेको असरलाई ख्याल गरी नेपालका विश्वविद्यालयहरूले Virtual Evaluation/Alternative Evaluation को अभ्यास अगाडि बढाउन बाध्य भएका छन | पुर्वान्चल, काठमाडौँ, मध्यपश्चिमाञ्चल लगायतका विश्वविधालयहरूले गतवर्षदेखि नै Virtual Evaluation को शुरूआत गरेका थिए भने त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायत ले भौतिक रूपमै परीक्षा संचालन गर्ने अनुकूलता पर्खिरहेका थिए |

यस वर्ष आएर त्रिभुवन विश्वविद्यालय विविध बाधा अड्चनका बिच पनि भौतिक उपस्थिति मै परीक्षा संचालनमा अडिग देखिन्छ भने काठमाडौँ विश्वविद्यालयले प्रायजसो मुल्यांकनमा भर्तुअल विधिलाई निरन्तरता दिई रहेको छ | त्यसैगरी अन्य कतिपय विश्वविद्यालयहरू के गर्ने भन्ने दुविधामा मै रहेको देखिन्छ |

यसवर्ष पोखरा विश्वविधालयले निरन्तर बढ्दो COVID-19 को  महामारी र आम विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाहरूको आवाजलाई मध्यनजर गरी आफ्ना Spring Semester का सम्पूर्ण स्नातक तथा स्नातकोत्तर तहका परीक्षाहरू “Pokhara University Directives for Alternative Evaluation-2021” जारी गरी निरन्तर संचालन गरिरहेको छ भने स्नातक तह अन्तिम सेमेस्टरका सम्पूर्ण कार्यक्रमहरूको परीक्षाफल पनि प्रकाशित गरिसकेको छ|विश्वविद्यालयले वैकल्पिक मुल्यांकनलाई विश्वसनीय बनाउन मिस्रित विधि Time-Bound Hybrid Written Exam र बाह्य परीक्षकबाट online-interview संचालन गरी मूल्यांकन गरी रहेको छ |

COVID-19 Corona virus बाट हुने अति संक्रमित रोग हो | यो virus जन्य रोग हुनाले यसको भरपर्दो उपचार छैन | त्यसैले हामीले यसको उपचार भन्दा पनि रोकथाममा जोड दिनु पर्दछ | निरन्तर प्रयास पश्चात वैज्ञानिक समाजले यस विरुद्धको खोप विकास गर्न सफल भएको छ त्यसैले यसको रोकथामको लागि हामीले यस विरुद्धको खोप लगाउन तर्फ जोड दिनु पर्दछ | नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको छ | त्यसैले राज्यले आफ्ना जनताहरूलाई आवश्यक पर्ने खोपको व्यवस्था गरी अविलम्ब खोप लगाउन अभिप्रेरित गर्नु पर्दछ |

राज्यले हाल शिक्षा क्षेत्रमा उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखी विद्यालय तथा उच्च शिक्षामा संलग्न सबै विद्यार्थी, शिक्षक तथा अन्य कर्मचारीहरूलाई प्राथमिकतामा राखी खोप लगाउने व्यवस्था मिलाउनु पर्दछ | हाम्रो जस्तो न्यून साधन-श्रोत तथा भौगोलिक विकटता भएको देशमा Virtual Teaching-Learning and Evaluation आफैमा चुनौतीपूर्ण छ | त्यसैले शैक्षिक गुणस्तर अभिबृधिको लागि सरोकारवाला सबै नागरिकहरूलाई पूर्ण खोप दिई भौतिक उपस्थिति मै पठनपाठन र परीक्षा संचालन गराउनु बान्छनीय देखिन्छ

|(डा.तुल्सीराम भण्डारी पोखरा विश्वविद्यालयका सह-प्राध्यापक तथा जनस्वास्थ्यविद् हुनुहुन्छ) 

 

 

सम्बन्धित शिर्षक :