कोरोना सङ्क्रमण दर ११ प्रतिशतभन्दा तल झर्‍यो

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घन्टामा थप एक हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार आठ हजार आठ सय ९८ पिसिआर विधि र तीन हजार ४६ एन्टिजेन विधिबाट परीक्षण गर्दा थप एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एक हजार आठ सय ४५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ७४ हजार पाँच सय ८७ जना पुगेको छ । मृत्यु हुनेको कुल संख्या १० हजार नौ सय तीन पुगेको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :