दीर्घ रोगीलाई मासिक पाँच हजार दिने सरकारको निर्णयले हर्षित छु पूर्व स्वास्थ्य मन्त्री : बोहरा

स्वास्थ्यसमाचार/पूर्व स्वास्थ्य मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले वर्तमान सरकारले क्यान्सर, मिर्गौला र गम्भिर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने पुनः निर्णय गरेकोमा आफू अत्यन्तै हर्षित भएको बताएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्मा स्वास्थ्यमन्त्रीको हैसियतले आफूले २०७४ पुस १३ गते दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता दिने जनमुखी निर्णय गरिसकेको बताए । तर, २०७४ सालको आम निर्वाचन पछि बनेको सरकारले उक्त जनमुखी निर्णयलाई खारेज गरेको बोहराको भनाइ छ ।

शनिबार विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री बोहराले भनेका छन्, वर्तमान सरकारसंग सो जनमुखी निर्णयको बारेमा निरन्तर परामर्शपश्चात सरकारले क्यान्सर, मिर्गौला रोग र गम्भिर मेरुदण्ड पश्चात बिरामीहरुलार्ए मासिक पाँच हजार भत्ता दिने पुनः निर्णय गरेकोमा प्रधानमन्त्री र वर्तमान सरकारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु, ।

दीर्घ रोगको बिरामीहरुलाई प्रदान गरिने भत्ता सुर्तिजन्य वस्तुबाट उठेको करको संचित रकमबाट वितरण गर्ने गरी सरकारलाई कुनै व्यभार नपर्ने व्यवस्था मिलाइएको र सो रोगहरुबाट प्रभावित नेपाली नागरिक अत्यन्तै हर्षित रहेको उनको भनाइ छ । पुनः यो निर्णय भएको अवस्थामा दीर्घ रोगीहरुको मुहारमा खुशी छाउने बोहराले विश्वास व्यक्त गरे । ‘यो निर्णयले निरन्तरता पाउने आशा एवं विश्वास व्यक्त गर्दछु, ’उनले भनेका छन् ।

 

सम्बन्धित शिर्षक :