स्वास्थ्यसमाचार/गुल्मीको मालिका गाउँ पािलकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरिएको छ । संघीय सरकारको स्थानीय तह स्वास्थ्य कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिमका मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरिएको हो । बिहीबार जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषणा गरे । उनले स्थानीय तहले नागरिकको पक्षमा थुप्रै काम गरेको बताए । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा स्थानीय तहहरूले सञ्चालन गरेका योजना र बजेट निकै महत्वपूर्ण र समाजवादउन्मुख भएको पराजुलीले बताए । मालिका गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर छन् । वडा नम्बर ६ अर्जैबाट…
औषधीका-कुरा
गुल्मीमा अक्सिजन प्लान्ट अभियानमा एक करोड संकलन
स्वास्थ्यसमाचार / नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चार लाख १९ हजार ९८५ संकलन भएको छ। सङ्कलित केही नगद र अक्सिजन खरिद गरी जिल्ला अस्पताललाई प्रदान गरिएको अभियानका लेखा संयोजक रेशम कुँवरले जानकारी दिए। सो अभियान गत वैशाख ६ देखि जेठ १० गतेसम्म सञ्चालन गरिएको थियो। यसमा मुख्य २४ अभियान्ता सक्रिय रहेका थिए भने ७०२ जनाले सहयोग गरेको अक्सिजन अभियानका संयोजक जनार्दन घिमिरेले जानकारी दिए। अभियानपछि ‘अक्सिजन प्लान्ट अभियान’ मा रुपान्तरण गरिएको थियो। अभियानको आय–व्यय पहिले नै सार्वजनिक गर्न प्रयास गरे पनि विभिन्न माध्यमबाट…
लुम्बिनी प्रादेशिक अस्पतालमा नर्स र फार्मेसीको लिखीत परीक्षा असोज ७ गते हुने
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले स्टाफ नर्स र फार्मेसी सहायकको लागी लिखीत परीक्षाको लागी सूचना प्रकाशित गरेको छ । अस्पतालका नासु श्रीराम पान्डेका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालले केहि दिन अघि अस्पतालको लागी आवश्यक नर्स र फार्मेसी सहायकको लिखीत परीक्षाको सुचना स्टार्फ नर्सको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र शिद्धार्थ बहुमुखी क्यापस हाटबजार बुटवल र फार्मेसी सहायकका पनि शिद्धार्थ बहुमुखी क्यापस हाटबजार बुटवलमा हुने भएको बताए । उनीहरुको परीक्षा यहि असोज ७ गते बिहान १० र ३ बजे २ सिफट्मा हुने भएको अस्पतालले जनाएको छ । स्टार्फ नर्स र फार्मेसीसहायको यस्तो छ…
प्रतिमान निमा प्रतिष्ठानद्वारा लुम्बिनी प्रदेश सरकारलाई दुईकरोडको स्वास्थ्य सामग्री हस्तान्तरण
स्वास्थ्यसमाचार /प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई दुईकरोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।प्रतिष्ठानले सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री कुल प्रसाद के.सी.लाई उक्त सामग्री हस्तान्तरण गरेको हो । बुटवलमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले मुख्यमन्त्री के.सी.लाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । पूर्व स्वास्थ्यमन्त्री बोहराको बुवा स्व. प्रतिमानचन्द बोहरा र आमा स्व. नीमा बोहराको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले यस अघि लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा अस्पताललाई साढे २ करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरिसकेको कार्यकारी निर्देशक स्वाती…
बुटबलमा सिबिसिटी मेसिनबाट नाक, कान, घाँटी र अनुहारको डायग्नोसिस हुने
स्वास्थ्यसमाचार/ बुटवलमा सिबिसिटी मेसिनबाट नाक, कान, घाँटी सहित अनुहारको डायग्नोसिस सेवा सुरु हुने भएको छ । बुटवल डायग्नोष्टिक एण्ड इमेजिङ सेन्टरले थ्रीडी प्रविधिमा आधारित सिबिसिटी मेसिनबाट सुक्ष्म डायग्नोसिस सेवा सुरु गर्न लागेको हो । ३ जना डाक्टरहरु बिकास अग्रहरी, सन्दिप पौडेल र मुकेश सापकोटाको संयुक्त लगानीमा बुटवलको अस्पताललाईनमा सञ्चालन सुरु गर्न लागिएको उक्त डायग्नोष्टिक सेन्टरबाट दाँत, बंगारा, मुख तथा अनुहारको हड्डी, नाक, कान घाँटीमा भएको समस्याहरुको डायग्नोसिस गरिने डा. बिकास अग्रहरी वताए । यसअंगाडी कुनैपनि समस्या हेर्नको लागि ओपिजी टुडी प्रविधि मात्र रहेको र अहिले ल्याएको सिबिसिटी थ्रीडी प्रविधिमा आधारित…
लुम्बिनी प्रदेशवाट सातौँ संविधान दिवसमा स्वास्थ्य क्षेत्रबाट क कसले पाए कुन पदक ?
स्वास्थ्यसमाचार/ ७औँ संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गर्नुभएको छ ।यीमध्ये केही पदक डाक्टर, नर्स, प्रयोगशालाकर्मी लगायतका स्वास्थ्यकर्मीहरुले पदक पाएका छन । लुम्बिनी प्रदेशमा स्वास्थ्य सचिब डा बिकास देबकोटाले सुप्रबल जनसेवा पदक पाएका छन। भने लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग बिषेषज्ञ डा श्रीधर आचार्यले सुप्रबल जनसेवा पदक पाएका छन । भने प्रबल जनसेवाश्री डा लोकेन्द्र देव भट्ट, तिलोत्तमा नगरपालिका,डा नन्दुप्रसाद पाठक, लुम्बिनी प्रादेशिक अस्पताल ,गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बर्दिया,जनसेवाश्री महेश कुमार कक्षपति, प्युठान अस्पताल पाएका छन । यता लुम्बिनी प्रदेशबाट प्रदेश सेवा समर्पण…
आठौं राष्ट्रिय परिवार नियोजन दिवस,बुटवलमा पत्रकारसँग अन्तरक्रिया
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आठौं राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । कोभिड १९ को माहामारी ः परिवार योजना सेवामा सवैको पहुँच बराबरी भन्ने मुल नारा सहित पत्रकारहरुसँग शनिबार बुटवलमा अन्तरक्रिया गरि मनाएको हो । प्रदेश सरकारले परिवार नियोजन सम्बन्धमा विद्यालय तह, विभिन्न स्वास्थ्य संस्थाहरु मार्फत काम गर्दै आएको निर्देशक विनोद गिरीले बताए । उनले परिवार नियोजनले परिवारलाई व्यवस्थित बनाउने भन्दै यसबारे पत्रकारिता क्षेत्रले नागरिकहरुलाई सचेत बनाउनुपर्ने बताए । उक्त अवसरमा परिवार नियोजना विद डा. राजेन्द्र गुरुङले परिवारले धान्न सक्ने गरि बच्चाको संख्या र व्यवस्थापन गर्ने विधिलाई परिवार नियोजन…
लुम्बिनी अर्थोपेडिक एशोसियशनको अध्यक्ष :डा राजेन्द्र सञ्जेल चयन
स्वास्थ्यसमाचार/लुम्बिनी क्षेत्रमा कार्यरत अर्थोपेडिक सर्जनहरुको भेलाले ‘अर्थोपेडिक एशोसियशन लुम्बिनी’ च्याप्टर गठन गरिएको छ ।डा. राजेन्द्र सञ्जेल क्षेत्रीको अध्यक्षतामा नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी च्याप्टर गठन गरिएको हो । लुम्बिनी क्षेत्रका कार्यरत अर्थोपेडिक सर्जनहरुको शनिबार बुटवलमा भएको भेलाले शैक्षिक तथा अनुसन्धानात्मक कृयाकलाप सञ्चालन गर्नेगरी एशोसियशन गठन गरिएको महासचिव डा. गोपाल प्रसाद ज्ञवालीले जानकारी गराए । गठित समितिको वरिष्ठ उपाध्यक्षमा डा. जावेद अहमद खान, उपाध्यक्षमा डा. कृष्ण खरेल, महासचिवमा डा. गोपालप्रसाद ज्ञवाली, सहसचिवमा डा. सागर क्षेत्री पन्थी, कोषाध्यक्षमा डा. कपिलमणी केसी र सहकोषाध्यक्षमा डा. किशोरमान श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा…
दीर्घ रोगीलाई मासिक पाँच हजार दिने सरकारको निर्णयले हर्षित छु पूर्व स्वास्थ्य मन्त्री : बोहरा
स्वास्थ्यसमाचार/पूर्व स्वास्थ्य मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले वर्तमान सरकारले क्यान्सर, मिर्गौला र गम्भिर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने पुनः निर्णय गरेकोमा आफू अत्यन्तै हर्षित भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्मा स्वास्थ्यमन्त्रीको हैसियतले आफूले २०७४ पुस १३ गते दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता दिने जनमुखी निर्णय गरिसकेको बताए । तर, २०७४ सालको आम निर्वाचन पछि बनेको सरकारले उक्त जनमुखी निर्णयलाई खारेज गरेको बोहराको भनाइ छ । शनिबार विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री बोहराले भनेका छन्, वर्तमान सरकारसंग सो जनमुखी…
औषधी ब्यवसायी संघ रुपन्देहीद्धारा १० लाखको ब्यवसायिक हित कोष स्थापना
स्वास्थ्यसमाचार/ नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखाको आयोजनामा पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबारदेखि दुई दिने वार्षिक कार्य योजना कार्यशाला तथा ब्यवस्थापकिय क्षमता अभिवृद्धि तालिम लुम्बिनीमा शुरु भएको छ । गुणयुक्त असरयुक्त जनसुरक्षित औषधिको आपूर्ति हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको संघले ब्यवसायिहरुको दक्षता अभिवृद्धि गर्नेसंगै वर्षभरि संघबाट गरिने कार्यक्रमको योजना बनाउने उदेश्यका साथ शुक्रबारदेखि कार्यशाला गरेको हो । नेपाल औषधी ब्यसायी संघ केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले कार्यशालाको उद्घाटन गर्दै ब्यवसायसंगै सामाजिक कार्यमा संघको पहिचान भएको बताए । नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठले प्रदेश र जिल्लाका सदस्यहरु सहभागी भएको…