हृदयाघात, मस्तिष्कघात र क्यान्सरबाट युवा अवस्थाको मृत्युदरमा वृद्धि

स्वास्थ्यसमाचार/नेपालमा हृदयाघात, मस्तिष्कघात, क्यान्सर जस्ता नसर्ने रोगहरू अत्यधिक मात्रामा बढ्दै गएको र युवा अवस्थाको मृत्युदरमा वृद्धि भइराखेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ ।

राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले केही वर्षयता अस्वस्थकर जीवनशैली, धुम्रपान, मद्यपान र चिल्लो पदार्थयुक्त खानपानका कारण विश्वमा बर्सेनि पाँच लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको जनाउँदै नेपाली जनता विशेष गरी युवापिढीलाई जोगाउन खाना माट्रान्स फ्याट ९हानिकारक चिल्लो पदार्थ०को मात्रालाई नियन्त्रण गर्नु अति आवश्यक भएको जानकारी गराएको छ ।

प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा ‘ट्रान्स फ्याट धेरै भएका खानेकुराहरू सकेसम्म खाँदै नखाऔं’, भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारणमा पुर्‍याउने दृष्टिकोणले प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने, प्रतिष्ठानको ट्रान्स फ्याट उन्मूलन परियोजनाका निर्देशक तथा कार्डियाक सर्जन डा। प्रेमराज वैद्य, प्रतिष्ठानका पूर्व(अध्यक्ष तथा राष्ट्रिय कार्यक्रम निर्देशक डा। प्रकाशराज रेग्मी, डा मोहनकृष्ण महर्जन, डा रोशन पोखरेललगायत जानकार तथा विज्ञहरूले आ(आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उहाँहरूले ट्रान्स फ्याट नियन्त्रण गर्न के(कस्ता खानेकुरा खानेरनखाने, ट्रान्स फ्याटको मात्रा नियन्त्रण गर्न नीति र कानुन निर्माणसँगै कार्यान्वयन चाँडो गर्न, खानेकुराको स्वच्छता उत्पादनदेखि उपभोक्तासम्म हुनुपर्छ, जुन हुन सकिराखेको छैन आदि विषयमा प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा खानेकुरामा ट्रान्स फ्याटको मात्रा नियन्त्रणसम्बन्धी तयारी अवस्थामा रहेको नीति तथा कानुन निर्माणमा आवश्यक पहल गरिदिन अनुरोध गर्दै प्रतिष्ठानले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि गुण नियन्त्रण विभागलाई छिटोभन्दा छिटो रिजल्ट पाउने आशा गर्दै बुँदागत अनुरोध पत्रसमेत हस्तान्तरण गरेको थियो ।

त्यसैगरी, विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा विश्व बजारमा उपलब्ध गराइने खाद्य पदार्थहरूमा औद्योगिक ट्रान्स फ्याटको मात्रा दुई प्रतिशत वा सोभन्दा कम बनाउन लक्ष्य तय गरेको छ जुन लक्ष्य विश्वमा ४० भन्दा बढी मुलुकहरूले नीति, कार्यक्रम र कानुनी प्रावधानमार्फत प्राप्त गरिसकेका छन् । नेपालमा पनि खानामा ट्रान्स फ्याट नियन्त्रण गर्ने नीति, कार्यक्रम बनाउन प्रतिष्ठानले विगत ६ महिनादेखि विभिन्न कार्यक्रममार्फत सम्बन्धित निकायहरूलाई घचघच्याउने र आवश्यक सहयोग पुर्‍याउने कार्य गर्दै आएको जानकारी कार्यक्रममार्फत गराएको छ ।

साथै, प्रतिष्ठानका अनुसार हालै मात्र नेपाल सरकारबाट नसर्ने रोगहरू नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१(२५ स्वीकृत भएको छ । उक्त प्रावधानहरू मध्ये खाद्य पदार्थहरूमा औद्योगिक ट्रान्स फ्याटको मात्रा दुई प्रतिशत कायम गर्ने लक्ष्य सन् २०२३ सम्ममा लागू गर्ने उल्लेख भएको छ ।

कार्यक्रममा प्रतिष्ठानले ट्रान्स फ्याटको नेपाली भाषाको नाम नभएकाले ‘अखाची’भन्ने नेपाली नाम दिइएको जनाएको छ । प्रतिष्ठानका अनुसार अबदेखि ट्रान्स फ्याटलाई ‘अखाची’ अति खराब चिल्लो भनिनेछ । कार्यक्रममा अखाचीको मात्रा जाँच्ने प्रयोगशाला र जनशक्तिको कमी रहेकोले सम्बन्धित निकायको ध्यानाकर्षित गर्दै अखाची नियन्त्रण कार्यमा प्रतिष्ठान सधैँ एक सहयोगीका रूपमा रहिरहने बताइएको थियो ।

ट्रान्स फ्याट खानामा पाइने एक प्रकारको चिल्लो पदार्थ हो । स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट चिल्लो पदार्थहरू मध्येको सबैभन्दा हानिकारक चिल्लो हो । धेरैबेर र धेरैपल्ट तताएको तेल एवं उद्योगहरूले उत्पादन गरेको वनस्पति घ्यूमा ट्रान्स फ्याटको मात्रा धेरै हुन्छ । यस्तो चिल्लोमा पकाएका खानेकुराहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

सम्बन्धित शिर्षक :