लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ‘विस्तारित अस्पताल सेवा’ सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ‘विस्तारित अस्पताल सेवा’ सुरु भएको छ । बिस्तारित अस्पताल सेवाको बुधबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित चौधरीले सेवाको उद्घाटन गरे । अस्पतालमा उपलब्ध नभएका सेवाहरु थप गर्दै जाने योजना अनुसार बिस्तारित अस्पताल सेवा सुरु गरिएको हो । अस्पतालको सेवा समयभन्दा बाहिर (अरु समयमा) आएका बिरामीलाई सेवा प्रदान गरिने छ । सरकारले २०७७ चैतमा बिस्तारित सेवा कार्यविधि बनाएर यो सेवा सुरु गरेको थियो । संगै काठमाण्डौको टिचिङ, बिर, गंगालाल र चितनवमा पनि हालै यो सेवा सुरु भएको छ । पछिल्लो सयम…

लुम्बिनी प्रदेश एचआईभी एड्सको उच्च जोखिम कायमै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १२ जिल्लामा एचआईभी संक्रमित ३ हजार९ सय १२ रहेका छन। ।लुम्बिनी प्रदेश स्वाथ्य निर्देशनालय बुटवलद्धारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रदेशका १२ जिल्लामा ३९,१२ जना रहेको जानकारी दिईएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पान्डेले कार्यपत्र प्रस्तुत गर्दे लुम्बिनी प्रदेका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीमा १४८७ वाकेमा ५१० कपिलबस्तुमा ४७८ दाडमा ३२५ पाल्पामा २९४ नबलपरासी पश्चिममा २६६ गुल्मीमा १७५ वर्दियामा १३२ अर्घाखाचीमा १०९ प्युठानमा ९२ रोल्पामा ४४ जना एचआईभी संक्रमित रहेको बताएका छन । यस्तै सन् २०१० मा २१५ जना बालबालिकामा…

बौद्ध विश्वविद्यालयको स्वास्थ्य शिविरमा ५ सय जनाको उपचार

स्वास्थ्यसमाचार /लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मुटुरोग स्वास्थ्य शिबिरमा ५ सय जनाभन्दा बढीले उपचार सेवा लिएका छन् । बौद्ध विश्वविद्यालयको आयोजना, शहिद गंगाला हृदय उपचार केन्द्र र हर्ट टु हर्टको सहकार्यमा स्वास्थ्य शिबिर भएको हो । शिविरमा मुटुका बिरामीहरुको निशुल्क इको र इजिसी गरिएको थियो । गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको नेतृत्वमा १३ जनाको चिकित्सकको टोली उपचार सेवा प्रदान गरेको हो । शिबिरमा मुटुरोगका साथै प्रसुती, हाडजोर्नी तथा पेट रोगका विशेषज्ञ डाक्टरहरुले उपचार सेवा दिएका थिए । हृदय केन्द्रबाट अधिककारीको नेतृत्वमा रहेको टोलीमा…

रुपन्देहीका ५ पालिकामा १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप लगाईने

स्वास्थ्यसमाचार/ रुपन्देहीका ३ नगरपालिका र २ गाउँपालिकामा १८ बर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीका ५ पालिका तिलोत्तमा नगरपालिका, देबदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकामा कोरोना बिरुद्धको भेरोसिल खोप ९० हजार जनालाई लगाईने भएको छ । शर्माका अनुसार ५ पालिकाका ९० हजार जनालाई कोरोना बिरुद्धको पहिलो डोज खोपलगाउने लक्ष्य रहेको बताए ।१३ गते बाट सुरु भएको खोपको पहिलो डोजको पहिलो दिन १९ हजारले खोप लगाएको शर्माले बताए । रुपन्देहीका अहिलेसम्म कोभिशिल्ड,…

एचआईभी एड्स रोकथाममा सबैको भुमिका महत्वपूर्ण स्वास्थ्य निर्देशक :डा गिरी

स्वास्थ्यसमाचार/ विश्वभर फैलिरहेको एचआईभी संक्रमणको दर न्युनीकरणको लागि सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने कुरामा जोड दिइएको छ । लुम्बिनी प्रदेश स्वाथ्य निर्देशनालय बुटवल द्धारा आयोजना गरिएको विश्व एड्स दिवस डिसेम्बर १ को पुर्वसन्ध्यामा एचआईभी एड्स रोकथाम सम्बन्धी सचेतानमुलक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्न सकेमा शंक्रमित दर कम गर्न सकिने बताएका हुन । सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वाथ्य निर्देशक डा. विनोद कुमार गिरीले सचेतना वृद्धि नै संक्रमण दर रोक्ने प्रमुख उपाय भएको भन्दै सञ्चारकर्मी, सबैकोले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताएका हुन । उनले भने –‘हामी…

लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर बन्दै

स्वास्थ्यसमाचार/ रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२१/२२ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोवाइल भ्यान सम्म छन् । रोटरी क्लव अफ बुटवलको २९ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको…

थप देशभर २५९ जनामा कोरोना संक्रमण, २६४ संक्रमणमुक्त

स्वास्थ्यसमाचार / पछिल्लो २४ घण्टामा थप देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ सोही अवधीमा २६४…

बौद्ध विश्वविद्यालयले १७ औ स्थापना दिवसको अवसरमा रक्तदान

स्वास्थ्यसमाचार /लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औ विश्वविद्यालय दिवसको अवसरमा सोमबार रक्तदान गरेको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा नेपाल नियमित रक्तदाता संघको सहकार्यमा बुटवल सिटि कलेजमा सोमबार रक्तदान कार्यक्रमको विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले रक्तदातालाई ब्लड ब्याग वितरण गरि उद्घाटन गरे । दान दिएको कारण नै संसार राम्रो देख्छौ र यसले हौसला बढाउन मद्दत मिल्ने उनले बताए। कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य, नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य, नेपाल नियमित रक्तदाता संघका कार्यबाहक अध्यक्ष लेखराज भण्डारी, सिटि कलेजका संयोजक बल बहादुर पाण्डे, विश्वविद्यालयका अधिकृत चुरामणि…

तिलोत्तमामा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप लगाईने

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकामा १८ वर्ष माथिका सबै नागरिकलाई सोमबार र मंगलबार कोरोना विरुद्धको खोप लगाइँदै छ । यसअघि कोरोना विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । खोपको सहज व्यवस्थापनको लागि नगरपालिकाका १७ वटा वडामैं खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको परिपत्रअनुसार सोमबार र मंगलबार कोरोना विरुद्धको भेरोसेल खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाको भनाइ छ । तिलोत्तमा नगरपालिकामा १८ वर्षमाथि कोरोना विरुद्धको पहिलो खोप नलगाएका झण्डै २७ हजार नगरबासी रहेको अनुमान छ । नगरमा झण्डै ४८…

दोहोरी साँझका श्रमिक महिलाहरुलाई सेनेटरी प्याड वितरण

स्वास्थ्यसमाचार /महिलाका लागि महिला मञ्च नेपालले बुटवलमा रात्रीकालिन व्यवसायमा काम गर्ने महिला श्रमिकका लागि सेनिटरी प्याड लगायत प्राथमिक उपचारको सामग्री वितरण गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बुटवलमा संचालित दोहारी साँझमा काम गर्ने महिलाहरुलाई महिनावारी हुँदा सहज रुपमा सेनेटरी प्याडको व्यवस्था तथा अन्य प्राथमिक उपचारको व्यवस्था सहज रुपमा होस भन्ने उदेश्यले दोहोरी साँझका संचालक तथा प्रतिनिधिमार्फत सेनिटरी प्याड लगायत प्राथमिक उपचारको सामग्री प्रदान गरिएको हो । कार्यक्रममा हिमचुली दोहोरीका संचालक रेशम थापा, खस्योली रोधी क्लवका खिम सापकोटा, गोधुली रोधी घरकी प्रतिनिधि संगिता चितौरे र देउराली दोहोरी…