ओमिक्रोनबारे सतर्कता अपनाउन सबै प्रदेश र स्थानीय तहलाई इडिसिडीको ७ बुँदे निर्देशन

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन सम्बन्धी थप तयारी र सतर्कता अपनाउनका लागि सबै स्थानीय तहहरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ । इडिसिडीका निर्देशक डा. कृष्ण पौडेलले सबै स्थानीय तह, सबै जिल्ला कार्यलयहरु र सातवटै प्रदेश निर्देशनालयहरुलाई पत्राचार गर्दै कोभिड-१९ को नयाँ भेरियन्ट फैलिन नदिने सतर्कता अपनाउन निर्देशन दिएका हुन् । इडिसिडीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न, समुदायका जोखिम क्षेत्रहरु पत्ता लगाएर एन्टीजेन परीक्षण गर्न, पहिचान भएका कोभिड केसहरुको व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न निर्देशन दिएको छ । यसैगरी, कन्ट्याक्ट ट्रेसिङ…

दीर्घरोग र ६० र वर्षभन्दामाथिका लाई कोभिडको बुस्टर डोज दिने तयारी

स्वास्थ्यसमाचार/सरकारले कोभिड(१९ विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले खोपको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै अतिरिक्त डोज दिन लागिएको जानकारी दिए। सरकारले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप दिने तयारी गरेको छ। उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिले ६० वर्षभन्दामाथि र दीर्घरोग भएका व्यक्तिलाई अतिरिक्त डोज दिन सिफारिश गरेको थियो। सोही आधारमा सरकारले निश्चित समूहमा खोपको अतिरिक्त डोज दिने निर्णय गरेको हो। खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय समन्वय गरी भेरोसेल, कोभिशिल्ड र अस्ट्राजेनेका खोप लगाउने…

लुम्बिनीका ९ जिल्लामा भोलीदेखी विद्यार्थीलाई मोडर्ना खोप लगाईने

स्वास्थ्यसमाचार/सरकारले भोलिदेखि लुम्बिनी प्रदेशका ९ जिल्लाका १२वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले वताईन । लुम्बिनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप लुम्बिनी प्रदेशका ३ जिल्ला रुपन्देही वाके र दाडमा संञ्चालन भएको र अहिले दोश्रोमात्र लगाउने क्रम जारी रहेको स्वास्थ्यजनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

स्वास्थ्यसमाचार/बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउन सन् २०२० मा राष्ट्रिय योजना आयोगले सुरु गरेको पोषणको कमी पूर्तिसम्बन्धी अध्ययनमा सो निष्कर्ष निकालिएको होे । विश्व खाद्य कार्यक्रमको सहयोगमा गरिएको यस अध्ययनले पोषणलाई खाद्य प्रणालीको दृष्टिकोणबाट हेर्दै पोषिलो खाद्य पदार्थको उपलब्धता र उपभोगका लागि आर्थिकलगायत अन्य केकस्ता बाधा छन् भन्ने…

बुटबलको औद्योगिक प्रदर्शनीमा निःशुल्क दन्त शिविर र रक्तदान हुने

स्वास्थ्यसमाचार/ आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा निःशुल्क दन्त शिविर र रक्तदान गरिने भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा पुस २० गतेसम्म मेला हुन लागेको हो । मेलामा आउने दर्शकलाई निःशुल्क सेवा दिने उद्देश्यले दन्त शिविर र बुटवलमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मेलाका प्रवक्ता विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस्तै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडल, मम्मी डान्स, विद्यालयस्तरीय नृत्य र दोहोरी गीत प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले जानकारी दिए…

४ पुसदेखि बालबालिकालाई विद्यालयमै कोरानाविरुद्धको खोप

स्वास्थ्यसमाचार/सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई ४ पुसदेखि कोभिड– १९ विरुद्धको खोप लगाउने भएको छ । यो समूहका बालबालिकालाई लगाउन मिल्ने मोडर्नाको खोप ५७ जिल्लाका सम्पूर्ण विद्यालयबाटै दिन लागेको हो । लक्षित समूहमा पर्ने बालबालिकाको संख्या करिब ३४ लाख रहेको अनुमान छ । उनीहरूलाई लगाउन यसअघि आएका समेत गरी आइतबारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘खोप आइसकेको भोलिपल्टैबाट जिल्लामा पठाउने तयारी भइरहेको छ । पहिलो डोजका लागि आधा मात्रै खोप पठाइन्छ । ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ,’ स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर…

थप २११ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि हो । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छसोही अवद्यिमा देशभरबाट ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो…

रुपन्देहीमा कोरोनाका को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता

स्वास्थ्यसमाचार/ रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति ९डिसिसिएमसी०को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए । “विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ” उनले भने। बेलहिया नाकाबाट भारतलगायत,…

ओमिक्रोनबाट आतंकित हुनु पर्दैन, पहिलेजस्तै सावधानी अपनाए पुग्छ:भाइरोलोजिस्ट लुना भट्ट

स्वास्थ्यसमाचार/सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको थियो। मंसिर ३ गते नेपाल आएका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेटिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो। संक्रमण पुष्टि भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको सम्पर्कमा आएकाहरूमा संक्रमण नेगेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ। ३५ भन्दा बढी देशहरूमा भेरियन्टका संक्रमित फेला परिसकेकाले पनि पछिल्लो समय यसलाई लिएर विश्व नै तरंगित छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट फेला परेसँगै यसलाई लिएर धेरै जनालाई यसबारे चासो छ। भाइरोलोजिस्ट डाक्टर लुना भट्ट ओमिक्रोन भेरियन्टलाई…

ओमिक्रोन भेरियन्ट :भारतीय सीमा नाकाबाटै बढी जोखिम

पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस ९कोभिड–१९० को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास विश्वभर फैलिएको छ ।जोखिम न्यूनिकरणका लागि नेपालले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आफ्ना नागरिलाई अनुरोध समेत गरिसकेको छ । अन्य देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ । नयाँ भेरियन्टको जोखिमबारे विश्वभर चासो बढीरहेको सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनसँग गरिएको कुराकानीको संक्षिप्त अंशः…